रातो हाब्रेको छाला र भालुको पित्तसहित यि तीन जना समातिए — OSNepal

रातो हाब्रेको छाला र भालुको पित्तसहित यि तीन जना समातिए

LC (KTM) July 11, 2021 0

बाँके- बाँकेमा प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको बसपार्कस्थित राप्ती गेष्ट हाउसको १० नम्बर कोठाबाट शनिबार राति रेडपाण्डाको छाला एक थान र भालुको पित्त चार थान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङका भक्तबहादुर पुन, केशव पुन र रोविन बुढाको साथबाट रेडपाण्डाको छाला र भालुको पित्त बरामद गरेको हो । पक्राउ परेका व्यक्तिको साथमा रहेको कालो झोलाभित्र रेडपाण्डाको छाला र भालुको पित्त फेला परेको थियो ।

प्रहरीले पक्राउ परेका व्यक्ति, रेडपाण्डाको छाला र भालुको पित्तलाई आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पक्राउ परेका व्यक्तिलाई रु पाँचदेखि १० लाखसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर