रिया कपूरको फिल्ममा शहनाज गिल बनिन् नायिका ! — OSNepal

रिया कपूरको फिल्ममा शहनाज गिल बनिन् नायिका !

LC (KTM) July 20, 2022 0

एजेन्सी :

बलिउडमा पछिल्लो समय व्यस्त रहन थालेकी छन् सहनाज गिल । प्रेमी सिद्धार्थ शुक्लाको निधन पछि एक्लिएकी उनलाई सलमानले साथ दिएपछि फिल्ममा काम गर्न पाइन् । उनलाई सलमानले राम्रो सहयोग गरे ।

बिगबोस १३ बाट चर्चामा आएकी शहनाज पंजावी फिल्म सत श्री अकाल एग्लेन्डबाट डेब्यु गरेकी थिइन् ।उनले सलमानको फिल्म कभी इद कभी दिवाली बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

फिल्मका तस्विर पनि भाइरल बनेका थिए ।सिद्धार्थ शुक्ला संगको मजबुत रिलेशनका कारण उनले लाखौ दर्शकको मन जितेकी थिईन् । सिद्धार्थको निधन पछि शहनाज एकदमै शुन्य जस्ती भएकी थिईन् । तर पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा उनको सक्रियता बढेर गएको छ ।

यसैबिच शहनाज गिलले फिल्म मेकर रिया कपुरले आफ्नो आउने वाला फिल्ममा काम गराउने भएकी छन् । गिलले फिल्ममा साइन गरिसकेको बताइएको छ । फिल्ममा रियाका पीता अनिल कपुर भुमी पेडनेकर पनि देखिने भएका छन् । फिल्ममा शाहनाज फरक अबतारमा देखिने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर