विवेक ओबराय पछि बलिउड अभिनेता सोनु सुद पनि नेपाली नयाँ वर्षमा नेपाल घुम्न आँउदै — OSNepal

विवेक ओबराय पछि बलिउड अभिनेता सोनु सुद पनि नेपाली नयाँ वर्षमा नेपाल घुम्न आँउदै

LC (KTM) December 27, 2022 0

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाल भ्रमण गर्ने भएका छन् । नेपाली नयाँवर्ष २०८० को छेको पारेर उनी नेपाल भ्रमणमा आउने बताइएको छ । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् ।

यस अघि अर्को चर्चित अभिनेता विवेक ओबरायन नेपालमा आएर १० दिनको भ्रमण सकेर भारत फकिइसकेका छन् । फिल्म निर्माणको तयारी समेत गरिरहेकी यादवले आफ्नो निम्तोमा नेपाल आएका बलिउड अभिनेता ओबरायले नेपालमा होटल र कृषि क्षेत्रमा लगानी इच्छा देखाएको बताएकी छन् ।

यता अब सोनु सुद पनि नेपालका भ्रमणका लागि पक्का भएको उनको भनाइ छ । डेट कन्फर्म भने भइनसकेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर