शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी, एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गरेको खुल्यो — OSNepal

शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी, एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गरेको खुल्यो

LC (KTM) November 27, 2022 0

काठमाडौँ -काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो ।

खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ ।

उक्त स्थानको एक पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन् । उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ । तीनैवटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशङ्का रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर