'सम्झना गाउँ घरकै' बोलको गीतको भिडियोमा दशैँका कुरा, हेर्नुहोस् भिडियो — OSNepal

‘सम्झना गाउँ घरकै’ बोलको गीतको भिडियोमा दशैँका कुरा, हेर्नुहोस् भिडियो

LC (KTM) September 27, 2022 0

काठमाडौँ ।

शिव हमालको शब्द संगीतमा तयार सम्झना गाउँ घरकै बोलको गीतको भिडियो बाहिरिएको छ ।

नेपालीहरुको महान पर्व दशैँ घर आँगनमा आइसकेका बेला सार्वजनिक गरिएको यो गीतको सर्वत्र चर्चा सुरु भएको छ । जसमा बिमल परियार र सबिता परियारको स्वर रहेको छ भने संगीत संयोजन बिमल परियारको रहेको छ ।

रमेश बाबु थापा, शरद एलजी, अस्मिता रानपाल र सरिता धनकुटीको अभिनय रहेको सार्वजनिक गीतको भिडियोमा कोरियोग्राफी राजेश घिमिरेको रहेको छ भने भिडियाको निर्देशन राजकुमार मगरले गरेका हुन् ।

राजकुमार मगरकै छायांकन रहेको भिडियको सम्पादन र कलर पनि उनकै रहेको छ ।

दशैँको यो रमाइलो माहोलमा दशौको महत्व र घर गाउँ बाहिर रहेकाहरुले मनदेखि गाउँ घर र त्यहाँको रमाइलो माहोललाई सम्झिरहने कुरालाई केलाइएको गीतको यो रमाइलो भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर