सर्वोच्च अदालत झेली रेफ्री, आँफैले गोल गर्न खोज्यो भन्दै सर्वोच्चलाई गम्भिर आरोप लगाए केपी आलीले — OSNepal

सर्वोच्च अदालत झेली रेफ्री, आँफैले गोल गर्न खोज्यो भन्दै सर्वोच्चलाई गम्भिर आरोप लगाए केपी आलीले

LC (KTM) July 14, 2021 0

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट बाहिरिँदै गर्दा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको फैसलाको कडा आलोचना गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओलीले सर्वोच्च अदालतप्रति आक्रोश पोखेका हुन् ।

प्रधानमन्त्रीका रूपमा देशवासीका नाममा अन्तिम सम्बोधन ओलीले सर्वोच्च अदालतले राजनीति गर्दै फैसला गरेको आरोपसमेत लगाए । तैपनि फैसलालाई आफूले मान्ने र पालना गरेर अघि बढ्ने बताए ।

सर्वोच्चको फैसलाप्रति टिप्पणी गर्दै ओलीले विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो ।

ओलीले भने ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’ उनले जनादेश नै ठूलो शक्ति भए पनि त्यसलाई अहिले लत्याउने काम गरिएको बताए ।राजधानि दैनिकमा खबर छ ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित रहेर सर्वोच्च अदालतबाट जेजस्ता फैसला गरिएका छन्, तिनका असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहनेछन्,’ ओलीले भने । ओलीले फैसलाका कतिपय प्रावधान र यसमा प्रयुक्त भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई अत्यन्त चिन्तित तुल्याएको बताए ।

म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी उनले गरे । यो फैसलालाई इतिहासले अग्निपरीक्षा लिने चेतावनी पनि उनले दिए । शक्ति पृथकीकरणको सिद्धान्तलाई फैसलाले नकारेको तथा राज्यका अंगहरूको सन्तुलन खल्बल्याइएको टिप्पणी उनको थियो ।

ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारबाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाए । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुसी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो ।

एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताए । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उनको दाबी थियो । अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाए । यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति उनले चिन्ता व्यक्त गरे ।

ओलीले सरकारका उपलब्धीहरूको संक्षिप्त चर्चा गरेका थिए । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामको विवरण सुनाएका ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धिका रूपमा देखाउने दाबी गरे ।

ओलीले आफ्नै पालामा सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गरे । ओलीले शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकार र संसद्को भविष्यलाई लिएर सन्देह व्यक्त गरे । सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शंका रहेको उनले बताए ।

ओलीले भने, ‘बाँकी अवधि संसद् चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् शुभकामना छ । तर, मलाई यसमा शंका छ । जेजस्ता घटनाक्रम विकास हुँदै छन् त्यसले संसद् पनि सही सलामत अगाडि जाला र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका छ ।’

पार्टी पंक्तिलाई संयम रहन सन्देश : ओलीले जाँदाजाँदै आफ्नो पार्टी पंक्तिका नेता कार्यकर्ताले हौसला बढाउनुपर्ने आवश्यकता आंैल्याए । कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने, ‘फेरि बादल हटेर सूर्य उदाउनेछ । हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान् त्यसपछि त जनतामा जानैपर्ला । जनताबाट रोक्न कसले सक्छ रु’

विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्नो पार्टीका नेताहरूप्रति ओलीले फेरि एकपटक आक्रोश व्यक्त गरे । यस्तो गतिविधिलाई अनुशासनहीनता र अपराधको संज्ञा उनले दिए ।ओलीले भने, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोस्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर