साम्राज्ञी र गरिमा शर्माले काम गर्ने पक्का भइसकेको फिल्म 'लण्डन टु पेरिस'मा यी ह्याण्डसम हिरो भित्रिए — OSNepal

साम्राज्ञी र गरिमा शर्माले काम गर्ने पक्का भइसकेको फिल्म ‘लण्डन टु पेरिस’मा यी ह्याण्डसम हिरो भित्रिए

LC (KTM) June 01, 2022 0

काठमाडौं । फिल्म ‘लण्डन टु पेरिस’का लागि अभिनेता कबिर खड्का भित्रिएका छन् । अभिनेत्री गरिमा शर्माले यस अघि नै काम गर्ने पक्का पक्की भइसकेको ‘लण्डन टु पेरिस’मा मुख्य अभिनेताको रूपमा खड्का फिल्ममा अनुबन्धित भएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए ।

निर्देशक लामिछानेका अनुसार फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् ।फिल्म ‘लम्फू’ बाट अभिनयमा डेब्यु गरेका गरेका कबिरले तरकारीवालीको रूपमा चर्चित कुसुम श्रेष्ठसँग काम गरेपछि चर्चा पाएका थिए ।

निर्देशक लामिछानेका अनुसार ‘लण्डन टु पेरिस’ असार दोस्रो साताबाट फ्लोरमा निस्कने तयारी थालिएको छ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् । फिल्म ठूलो लगानीमा बन्ने एता पनि लागतका विषयमा भने निर्माण यूनिटले उल्लेख भने अहिलेसम्म गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर