नेपाली भूमिमा आँखा गाडेको भारतीय दादागिरीलाई यसरी ठेगान लगाउँदै नेपाल सरकार, यि स्थानमा भारतीय सुरक्षा

काठमाडौँ – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
Read Moreआहा चन्द्रागिरी, हिउँपरेपछि यसरी सेताम्मै भयो
काठमाडौँ, मंसिर २७ । बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला काठमाडौँ आसपासका स्थानमा हिमपात भइरहेको छ । धार्मिक तथा
Read More

मखमली चोली भन्दै आइन गायिका लिजा लामा (भिडियोसहित)
काठमाडौं । पछिल्लो समय बिभिन्न सांस्कृतिक कार्यक्रममा ब्यस्त रहँदै आएकी गायिका लिजा लामाको मिठो स्वरमा
काठमाडौं । पछिल्लो समय बिभिन्न सांस्कृतिक कार्यक्रममा ब्यस्त रहँदै आएकी गायिका लिजा लामाको मिठो स्वरमा सजिएको आधुनिक गीत ‘मखमली चोली’को भिडियो सार्वजनिक भएको छ ।
सानु खतिवडा लगायतका कलाकारहरुको आकर्षक अभिनय रहेको भिडियोका निर्देशक राजु लामा हुन् । एकपछि अर्को गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार दिपक रमणको शब्द, संगित रहेको ‘मखमली चोली’ बोलको गीतको भिडियो एनएस डिजिटल मार्फत युट्युवबाट सार्वजनिक गरिएको छ ।

भोइस नेपालमा बिजेता भएपछि राम ट्रफी लिएर स्कुल पुगे, युवतीहरुले घेरेपछि भागेर निस्कनु पर्यो (भिडियो सहित)
झापा । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बनेका छन्
झापा । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बनेका छन् राम लिम्बु । उनि कोच प्रमोदको तर्फबाट अन्तिम चार प्रतिस्पर्धी भएर फाइनलको यात्रा तय गर्न सफल भएका थिए ।वास्तवमा ब्लाइन्ड अडिसनमा भने राम लिम्बु कोच दिपकोमा गएका थिए । तर पछी कोच दिपले इलिमिनेट गरेपछि उनलाई कोच प्रमोदले स्टिल गरेर शोमा फिर्ता गरेका थिए ।
त्यसपछि राम लिम्बुको हरेक एपिसोडमा एक पछी अर्को जबर्जस्त पर्फमेन्स हुदै आएको थियो ।‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बनेसंगै राम लिम्बुले नगद १२ लाख रुपैया र डेडसन् रेडी गो कार पनि पुरस्कार स्वरूप प्राप्त गरेका छन । त्यति मात्र हैन उनले वोर्ल्ड टुर र एक म्युजिक एल्बमको कन्ट्राक पनि प्राप्त गरेका छन । बिजेता भएपछि राम लिम्बु र कोच प्रमोद खरेल झापा आएका छन् । झापामा रामलाई भब्य स्वागत भएको छ । राम बिभिन्न स्कुलमा गएका छन् ।

साग विजेता खेलाडीहरूलाई यसरी गराइयो नगर परिक्रमा, पानीमा रुझेर पनि यती धेरै उत्साह
काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले
काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको छ । नगर परिक्रमा गर्नु अगाडि राखेपका पदाधिकारीहरूले खेलाडी तथा प्रशिक्षकलाई फूलमाला तथा अबिरले स्वागत गरेका थिए ।
नेपाली सेनाको ब्याण्ड बाजाको टोलीसहित खेलाडीहरूले नगर परिक्रमा शुरू गरेका थिए ।मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको थियो ।हेर्नुहोस् पुरा भिडियो

जापान अमेरिका गएर दु:ख पाएकाहरुलाई गतिलो उदाहरण हुन् मुस्ताङका यि कृषक, जसले एकै सिजनमा स्याउ बेचेर ६० करोड कमाए
मुस्ताङ । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ
मुस्ताङ । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।”
खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य रु १२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठेक्कामा बिक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ ।
म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ । स्याउ बिक्रीबाट रु एक लाखदेखि तीन करोडसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताउनुभयो ।
उहाँसँग ५० फल दिने र एक हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पु¥याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा दश गुणा बढी आम्दानी हुने उहाँले बताउनुभयो । स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुनेगर्छ ।
बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भए पनि किन्न आउने बढी भएकाले माग पु¥याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताउनुभयो । यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातका १९ हजार र रेड डेलिसियस जातका १३ हजार बिरुवाको माग आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ । पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने एकाइले जनाएको छ ।
परियोजनाले कृषकलाई अनुदानमा सिकेचर, नीलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेशिन उपलब्ध गराएको छ । एकाइका अनुसार एक शीत भण्डारगृह र हाइटेक प्रविधिको नर्सरी स्थापना गर्न लागिएको छ । स्थानीय तहले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ ।

दुनियाकै यि अनौठी बृद्ध, जो ७३ वर्षको उमेरमा पनि कम्मरमा ट्रली बाँधेर बेलायतबाट दौडेर सगरमाथाको देश नेपाल आउँदै
काठमाडौं, मंसिर २७ । कम्मरमा ट्रली बाँधेर बेलायतबाट दौडेरै नेपाल आउन सम्भव होला ? यसलाई
काठमाडौं, मंसिर २७ । कम्मरमा ट्रली बाँधेर बेलायतबाट दौडेरै नेपाल आउन सम्भव होला ? यसलाई सम्भव बनाउने अभियानमा छिन् बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप । जसले आफ्नो यात्रा सुरु गरिसकेकी छिन् । बेलायतबाट दौडेरै नेपाल आउने हिम्मत गरेकी यि बृद्ध महिलाले अहिलेसम्म १२ वटा देश पार गरिसकेको बताइएको छ ।
रोजीले इन्स्टाग्राम मार्फत आफ्नो यात्राको विषयमा जानकारी दिँदै काठमाडौंको यात्रा गर्न लागेको उल्लेख गद्र्यै अहिलेसम्म १२ वटा देश पार गरिसकेको उल्लेख गरेकी छिन् । रोजीले हरेक दिन २० किलोमिटर दौडिरहेको र मानिसहरुसँग मद्दत लिइरहेको जानकारी दिँदै आइरहेकी छिन् ।
उनी एक ट्रली बाँधेर दौडिन्छिन् जसमा उनलाई आवश्यक पर्ने सामान राखिएको बारेमा अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेकी छिन् । संसारभरी सम्बन्ध स्थापित गर्नका लागी भनेर उनले ७३ वर्षको उमेरमा पनि केही गर्न सकिन्छ भनेर संसारलाई सन्देश दिन चाहेको बताइन् । सन् २००४ मा च्यारिटीका लागि पैसा जुटाउनका लागि संसारभरी दौडिएकी उनले २०१५ मा पनि आफ्नो सारा देश दौडिएकी थिइन् ।

यि हुन् ममका लागि खरिद गरेर ल्याइएका भैँसी र पाडा, जसको पिडा देख्दा म:म खान मन लाग्दैन
काठमाडौँ, मंसिर २७ । ताप्लेजुङका ग्रामिण क्षेत्रबाट सदरमुकाम फुङलिङमा मासुका लागि खरिद गरेर ल्याइएका भैँसी

विद्यालयको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी मिच्न थाले
काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन
काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ ।
सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडा नं २का वडाध्यक्ष कृष्णबहादुर पण्डितले वताउनुभयो । उहाँले भन्नुभयो “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।
बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिनुभयो । विद्यालयमा हाल ४६० छात्र छात्रा अध्ययन गर्दछन् ।
धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले जानकारी दिनुभयो । नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरु गर्ने तयारी गरेको छ । (रासस)

बाजुराको रजालीमा परेको हिमपात, हिमपातका कारण चिसो ह्वात्तै बढ्यो
काठमाडौँ, मंसिर २७ । बाजुराको बडीमालिका नगरपालिका–३ रजालीमा शुक्रबार दिउँसो परेको हिमपात । हिमपातका कारण

Flights disrupted in Jumla due to snowfall
Snowfall has hit mountainous district Jumla since early this morning throwing life and daily routines
Snowfall has hit mountainous district Jumla since early this morning throwing life and daily routines of the people out of gear.
With it, regular flights from and to Jumla has been disrupted. The transpiration via different road sections are also disrupted today, said Min Bahdur Thapa.
On the other hand, farmers in the region are found pleased with the snowfall expecting betterment of their crops, said a local famer Ratiman Budha.
He added that the children and elderly people are living inside the house to protect them from chilling cold.

प्रताप र प्रविशाको आवाज रहेको ” तिमिलाई मुटु भित्र ” सार्वजनिक
सुन्दर सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला शिखर नगरपालिका क्षेत्रमा अवस्थित विभिन्न रमणीय तथा पर्यटकिय क्षेत्रमा छायांकन
सुन्दर सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला शिखर नगरपालिका क्षेत्रमा अवस्थित विभिन्न रमणीय तथा पर्यटकिय क्षेत्रमा छायांकन गरिएको लोकप्रिय गायक प्रताप दास र प्रविशा अधिकारीको आवाज रहेको ” तिमिलाई मुटु भित्र..सार्वजनिक भएको छ । साधुराम गुरुङको शब्द तथा राजकुमार बगर उत्कृष्ट संगित रहेको उक्त भिडियो पछिल्लो समय दर्सकबाट रुचाइएको जोडी सनम कठायत र समिक्षा पोखरेलको आकर्षक प्रेमिल चित्रण हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन, मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त गीतको निर्माण र व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । कला ,संस्कृती र पर्यटन क्षेत्रको बिकास र विस्तारको लागि सबै हातेमालो गरे मात्रै दिगो बिकास संभव छ भन्दै शिखर नगर पालिकाका बिकासप्रेमि नगर प्रमुख सिताराम जोशीले डोटी शिखर घुम्न पनि आव्हान गर्नु भएको छ ।

Training centre to be established in each province: Minister Yadav
Minister for Labour, Employment and Social Security Rameshwar Ray Yadav has said that the works
Minister for Labour, Employment and Social Security Rameshwar Ray Yadav has said that the works should get remuneration of their works.
Speaking in an interaction on ‘chances and challenges of using remittance in productive sectors’ here today Minister opined that he was working to ensure the equal remuneration of workers in comparison to other countries.
On the other hand, he said that the youth aspirant to go abroad should learn skill before leaving the country.
Minister Yadav also said that they were going to set up training centre in each province to impart the training to youths,

Leader Poudel stresses on quality education
Ruling Nepal Communist Party (NCP) General Secretary Bishnu Poudel has said that the schools would
Ruling Nepal Communist Party (NCP) General Secretary Bishnu Poudel has said that the schools would not face resources crunch if they maintained quality in education.
Speaking in a programme organized on the golden jubilee of Butwal-11 based Naharpur Secondary School here today, leader Poudel shared that the government would support the schools if they were committed to maintain quality education.
He further asked such determination from the community schools. Leader Poudel also committed to support the schools to enhance the quality.

Home Minister Thapa ask police to not avoid responsibility
Home Minister Ram Bahadur Thapa today has asked the police department to not stay away
Home Minister Ram Bahadur Thapa today has asked the police department to not stay away from fulfilling their responsibility. “Even a small mistake of police may become counterproductive to the whole police department, the government and the state.
You (police) do not have rights to stay away from your responsibilities,” he said at a concluding session of the police inspector basic training here. Praising Nepal Police’s work, he said they would have an important role in realising the country’s goals of ‘Prosperous Nepal, Happy Nepali’.
The Minister also directed those police inspectors who have successfully completed the training session, to discharge their duty with responsibility. On the occasion, a total of 91 police inspectors including nine women who underwent the training session comprising the programme of Post Graduate Diploma in Police Science were presented with certificates.

Parliamentary committee directs govt to resolve border issue
The International Relations Committee under the House of Representatives (HoR) has directed the government to
The International Relations Committee under the House of Representatives (HoR) has directed the government to issue a map of Nepal specifying its territories, Limpiyadhura, Lipulek, Kalapani and Susta belonging to the country, at the earliest.
The committee’s meeting today also asked the government to safeguard the territorial integrity of the country by removing Indian security force stationed on the areas and hold talks with Indian government on the issue.
The direction has been made amid placement of Nepal’s territories, Limpiyadhura and Lipulek in India’s new political map recently, which has drawn a widespread outcry from Nepali side.
The lawmakers attending the meeting suggested that the government hold talks with India at political and diplomatic levels at the earliest to strengthen Nepal’s sovereign rights and ownership of its territories encroached upon by India.
To this effect, they also directed formation of a joint coordination mechanism comprising the Home Ministry, the Ministry of Land Management, Cooperative and Poverty Alleviation, the Foreign Affairs Ministry and other concerned ministries and bodies. Lawmakers have urged the government to protect the national borders and manage security to the people border areas.
Speaking in the meeting, Minister for Home Affairs Ram Bahadur Thapa said that the Ministry was working to increase the security forces in the border areas. Similarly, Minister for Land Management Padma Aryal shared that the initiatives to resolve the border issues were going ahead positively.
President at the committee Pabitra Niraula, former Prime Minister Madhav Kumar Nepal, lawmakers Bhim Rawal, Prakash Man Singh, Mohan Baniya, Sarita Giri, Agni Sapkota and Uma Regmi have urged the government to hold diplomatic talks with government of India to resolve the issues.

सेल्फी किङ्गको गीतमा वपिनसँगै केकी अधिकारी र भीमफेदी गाईजको यस्तो डान्स, हेर्नुहोस भिडियो
अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले
अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किङ्ग उर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् ।
कथाअनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ’जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् ।
जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् । ‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।
गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन , बिनोद पौडेलको स्टील फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।
दिनेश राउत , निर्माता – फिल्ममा हामीले गीतलाई पनि कथा अनुसार नै बगाएका छौ । अर्थात् गीतकै लागि भनेर छुटै तडकभडक गरिएको छैन । गीत आउँदा फिल्म हेरिरहेका दर्शकलाई कथा र परिवेश भन्दा बाहिर नलगोस भनेर नै हामीले यसलाई गाउँमा हुने कार्यक्रमकै शैलीमा खिचेका हौँ । सोलुको सल्लेरीमा सांस्कृतिक कार्यक्रम हुँदा कसरी गरिन्छ र कास्तो हुन्छ भन्ने जस्ताको त्यस्तै गीतमा छ । आफु निर्देशक भएपनि मलाइ विशालको आइडिया मन परेर यसमा निर्माताको रुपमा रहेको छु । एक हाँस्यकलाकारको जीवनीमा आउने उतारचढावलाई यसमा देखाएका छौ । हामीले आफ्नो माटो सुहाउँदो कथामा फिल्म बनाएका छौ , जसको आभाष यसको ट्रेलर पनि दिनेछ ।
केकी अधिकारी – गीत आफैलाई मन परेर नृत्य गर्न राजी भएकी हुँ । गीत झट्टै मन पर्ने किसिमको छ । साथै यो गीतमा म केकी अधिकारी नै बनेर प्रस्तुत भएकी छु । कथा अनुसार नै गीत फिल्ममा आउने भएकोले पनि गीत गर्न राजी भएकी हुँ । साथै गीतको कोरियोग्राफी र यसलाई खिच्ने शैली पनि मन पर्यो । टिम राम्रो र छ गीतलाई लिएर आइडिया राम्रो लाग्यो त्यसैले गीतमा देखिएकी हुँ
।

बिहानैदेखि भएको भारी हिमपातका कारण जुम्लाको जनजीवन प्रभावित, यातायात र हवाई उडान नचल्दा अर्को समस्या
काठमाडौँ, मंसिर २७ । जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ ।
काठमाडौँ, मंसिर २७ । जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ । जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिनुभयो ।
मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताउनुभयो । जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताउनुभयो ।
हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनकारी दिनुभयो । जुम्लामा बिहानदेखि अहिलेसम्म करीब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ ।

नागरिकता विधेयक विवाद चर्किएपछि जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित
टोकियो – जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार
टोकियो – जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका उत्तरपूर्वी केही राज्यमा नागरिकता विधेयकको विषयलाई लिएर हाल जारी रहेको आन्दोलनका कारण सुरक्षाको अवस्थालाई मध्यनजर गरी सो भ्रमण हाललाई स्थगित गर्ने योजनामा जापानका प्रधानमन्त्री आबे रहनु भएको बताइएको छ ।
जापानी प्रधानमन्त्री आबेले आगामी आइतबारदेखि मङ्गलबारसम्म भारतको भ्रमण गर्ने योजना थियो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उत्तरपूर्वी राज्य असमको गुवाहाटीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । तर अहिले विवादास्पद नागरिकता विधेयकसम्बन्धी आन्दोलनको केन्द्रबिन्दू असम राज्यमा नै रहेकाले भ्रमणमा अन्यौल बढेको हो ।
जापानी प्रधानमन्त्री आबेले असमपछि छिमेकी राज्य मणिपुरमा शान्ति संग्रहालयको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । मणिपुरमा दोस्रो विश्वयुद्धका समयमा जापानी सेना र पश्चिमा मुलुकका सेनाबीच इम्फाल युद्ध नाम दिइएको भिषण युद्धका क्रममा ठूलो संख्यामा जापानी समेतका सैनिकको मृत्यु भएको थियो । उक्त क्षेत्रमा पनि हाल आन्दोलन जारी छ ।
जापानको सरकारी टेलिभिजन एनएचकेले भनेको छ– प्रधानमन्त्रीले आसन्न भारत भ्रमणका विषयमा सोचविचार गरिरहनु भएको छ । साथै उक्त टेलिभिजनले उहाँको अर्काे भ्रमण कहिले हुन्छ भन्ने बारेमा शुक्रबार नै अबेरसम्ममा प्रधानमन्त्री आबेले जानकारी दिनुहुने छ भनेको छ ।
भारतको गुवाहाटीमा पनि जारी आन्दोलनका क्रममा शहरमा दुबै नेताको स्वागतार्थ टाँगिएका ब्यानरहरु पनि आन्दोलनकारीहरुले च्यातेका छन् । ती दृश्यहरु भारतीय टेलिभिजनहरुले देखाइरहेका छन् । यस दृश्यका कारण पनि प्रधानमन्त्री आबेले सो भ्रमणका बारेमा पुनर्विचार गर्न लाग्नुभएको हो ।
शुक्रबार पनि भारतका विभिन्न राज्यमा आन्दोलन जारी छ । त्यस क्रममा आन्दोलन नियन्त्रणका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आन्दोलन जारी रहेको बताइरहेका छन् । भारतीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले गत बुधबार पारित गरेको नागरिकता सम्बन्धी विधेयकको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रस्तावित नागरिकता विधेयकमा बंगलादेश र पाकिस्तानबाट भारत प्रवेश गरेका गैर–मुस्लिम व्यक्तिहरुलाई मात्र भारतीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । उक्त विधेयकले भारतीय संविधानको मर्म विपरीत मुस्लिम समुदायलाई उपेक्षा गरेको नागरिक समाज, प्रबुद्ध वर्ग र पूर्वोत्तर भारतका जनताको आरोप छ । रासस/एएफपी

बिहीबार रातिदेखि भएको हिमपातले यि जिल्लाको जनजीवन प्रभावित, कहिलेबाट लाग्छन् घाम ? कहिले रोकिन्छ वर्षा र हिमपात ?
काठमाडौँ, मंसिर २७ । एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली
काठमाडौँ, मंसिर २७ । एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो । रातिदेखि शुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सवारी साधन सञ्चालन नआएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
यस वर्ष हिउँदयाममा समयमा वर्षा भएका कारण हिँउदेबाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् । यतिबेला परेको पानीले गहुँ, जौ लगायतका अन्नबाली तथा लगायतका फलफूललाई राम्रो गर्ने कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ । यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सड्क खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा उक्त सडकसमेत बन्द भएका छन् । तापक्रम घट्दै जानाका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवामा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न असहज भएको उग्रतारा यातायात प्रालिले जनाएको छ ।

काठमाडौँ महानगरपालिका प्रमुखले गरे नयाँ अभियानको घोषणा, कुमारीलाई मासिक १५ हजार भत्ता दिइने
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ ।
विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनापेक्षाबमोजिम सुधार गदैै लगिने बताउनुभयो ।
कामपा प्रमुख शाक्यका अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने छ ।
महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १० पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिने छ । गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।
विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसका अवसरमा शनिबार बिहान माइतीघरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना गरिने छ । (रासस)

चोरको पनि आइफोन बोक्ने यो कस्तो रहर ! ३ लाख बढीको मोवाइल यसरी गरे चोरी, चोर खोज्दै प्रहरी
काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित दोलखा तामाकोशी गाउँपालिका-३ घर भएका काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय विनोद
काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित दोलखा तामाकोशी गाउँपालिका-३ घर भएका काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय विनोद महतको ब्राइत फ्युचर मोबाइल पसलबाट शुक्रवार बिहान करिब ३ लाख ९ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न ब्राण्डका मोबाइलहरु चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विपद व्यवस्थापन आधारभूत तालिम समापन-
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १२औं समूहको विपद व्यवस्थापन आधारभूत तालिम शुक्रबार आयोजित एक समारोहबीच समापन भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक बसन्तराज रजौरेले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमको क्रममा प्राप्त गरेको ज्ञान, सिप र कला कौशललाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्दै व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
असोज १४ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३, प्रहरी सहायक निरीक्षक ३, प्रहरी हवल्दार ४ र प्रहरी जवान २० गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम संयोजक प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।

कलम समात्ने विद्यार्थीमाथि दमन गरेर सरकारले अन्याय गर्यो
काठमाडौं । सरकारले निर्दोष विद्यार्थीहरुमाथि अनाहक कारवाही गरेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन (सयुक्त) ले
काठमाडौं । सरकारले निर्दोष विद्यार्थीहरुमाथि अनाहक कारवाही गरेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन (सयुक्त) ले गम्भीर आपत्ति जनाएको छ । विद्यार्थीमाथि दमन गरेर सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको आरोप समेत लगाएको छ ।
राप्रपा (संंयुक्त) आवद्ध विद्यार्थी संगठनले दुई तिहाईको सरकारले बाँके कोहलपुरमा दुई दर्जनभन्दा बढी विद्यार्थीलाई सख्त घाइते बनाएको भन्दै प्रहरी प्रशासनको समेत निन्दा र भत्र्सना गरेको छ । दोषी प्रहरीमाथि कारवाहीको माग समेत गरेको छ ।
राप्रविसं (सयुक्त) का अध्यक्ष धनशुर शाहीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाँके कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयकी छात्रा प्रकृति चन्दलाई मालबाहक ट्रकले ठक्कर दिई गम्भीर घाइते बनाइरहँदा ट्रक चालकलाई कारवाही गर्नुको साटो उल्टै कलिला विद्यार्थीमाथि फासिष्ट दुई तिहाई सरकारको प्रहरी प्रशासनले निर्घात कुटपिट, लाठी चार्ज र गोलीको बर्षा गर्यो ।’राप्रविसं (सयुक्त) ले घाइते विद्यार्थीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशिघ्र उपचारको उचित प्रवन्धसहित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ ।घटनाका दोषी प्रहरीलाई कडाभन्दा कडा कारवाहीको जोडदार माग समेत गरेको छ ।

त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा, कालोपत्रको काम हुँदै
काठमाडौँ – काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न
काठमाडौँ – काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्काे तहको कालोपत्र भइरहेको छ ।
बाइस मिटर चौडाइ कायम गर्ने गरी सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि सडकसँगैका घरधनीले घर भत्काउन र जग्गा छाड्न नमान्दा सडक निर्माणको काम लामो समयसम्म ठप्प थियो । गत वर्ष मन्त्रिपरिषद्को बैठकले ‘उपलब्ध चौडाइमा सडक निर्माण गर्ने’ भनी निर्णय गरेसँगै सडक निर्माण अघि बढेको सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । गत कात्तिक मसान्तसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको थियो । बाँकी काम छिट्टै सम्पन्न हुने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माण सम्पन्न हुने क्रममा छ, बाँकी काम गर्न कुनै पनि अवरोध छैन ।”
त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको यो सडकको अधिकार क्षेत्र (राइट अफ वे) अनुसार २२ मिटर कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर सबै क्षेत्रफलमा त्यो चौडाइ कायम हुन सकेको छैन । थानकोट बजार, कालीमाटी, सोल्टीमोड, सतुङ्गललगायत स्थानमा मापदण्डभन्दा कम चौडाइमा सडक निर्माण भइरहेको छ । यीबाहेक पहिले नै चौडाइ पर्याप्त (२२ मिटर) भएका वा सार्वजनिक जग्गा भएका ठाउँमा मापदण्डअनुसार चौडाइ कायम भएको उहाँले बताउनुभयो । झण्डै ६५ प्रतिशत तोकिएको चौडाइ कायम भए पनि बाँकी सडक त्योभन्दा कम चौडाइमा कालोपत्र भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कुनैकुनै ठाउँमा १०÷११ मिटर चौडाइमा कालोपत्र भइरहेको छ । उहाँले भन्नुभयो, “कति सडकमा डिजाइनअनुसारको काम भयो भन्ने विस्तृत विवरण हामीले काम सम्पन्न भएपछि नै निर्माण व्यवसायीबाट पाउनेछौँ ।”
सरकारले विस्तारका क्रममा रहेका सडकमध्ये चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुङ्गामा निर्माण अघि बढाउन सहज बनाउने गरी निर्णय गरेको थियो । चाबहिल–साँखु सडकभन्दा यस सडकमा प्रगति बढी रहेको छ । यो सडकमा विस्तार गर्नुभन्दा पहिले नै चौडाइ उपत्यकाका अन्य सडकमा भन्दा बढी भएकाले यहाँ कम समस्या आएको श्रेष्ठको भनाइ छ । “कलङ्कीबाट नागढुङगा राजमार्ग भएकाले फराकिलो थियो” उहाँले भन्नुभयो, “अरु स्थानमा पनि कम्तीमा आठ÷नौ मिटरसम्म चौडाइ थियो ।”
आयोजनाले विसं. २०७२ मा काठमाडौँ उपत्यकाका नौ सडक विस्तार शुरु गरेको थियो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले चिह्न लगाएसँगै आयोजनाले सडक निर्माणका लागि ठेक्का सम्झौता गरे पनि सडक खाली हुन नसक्दा लामो समयसम्म निर्माण ठप्प थियो । सडक क्षेत्रमा परेका घर भत्काउन प्रक्रिया अघि बढाउँदा स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिले गतिमा काम भइरहेकाले सम्पन्न हुन लामो समय नलाग्ने आयोजनाले जनाएको छ ।
कतिपय साँघुरा सडकमा काम गर्दा वर्षाको पानी जाने पाइप (स्ट्रङ वाटर ड्रेन सिस्टम) जडान गर्न गाह्रो भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कालीमाटीदेखि सोल्टीमोडसम्मको सडकमा ढल हाल्न समस्या भएको छ । उहाँले भन्नुभयो, “चौडाइ पर्याप्त भएका सडकमा जसरी फुटपाथ, पाइपलगायतका संरचना बनाउन सकिन्छ, साँघुरा सडकमा सकिँदैन ।”
काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको हो । त्यससँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन सम्बन्धित कार्यालयहरुलाई पटकपटक ताकेता गर्नुपरेको उहाँको भनाइ छ । विद्युत्, खानेपानी, वन कार्यालयलगायतले सडकमा रहेका संरचना हटाउन पर्याप्त सहयोग नगरेको आयोजनाले बताउँदै आएको छ ।
त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक निर्माणको जिम्मेवारी तीन निर्माण कम्पनीलाई दिइएको थियो । सबै कम्पनीले काम गरिरहेको क्षेत्रफलमा भौतिक प्रगति ९०÷९० प्रतिशत छ । विसं २०७२ असारमा दुई र असोजमा एउटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मेवारी दिइएको हो । तीमध्ये दुईवटा कम्पनीको अवधि गत असारमा सकिएको छ भने एउटा कम्पनीको पुसमा सकिँदैछ । बज्रगुरु बिरुवा सिएम जेभी, शर्मा शैलुङ कान्छाराम जेभी र लुम्बिनी शैलुङ साप जेभीले सडक निर्माण गरिरहेका छन् ।
आयोजनाले काठमाडौँमा तीन, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये कतिपयमा निर्माण सुस्त छन् भने कति त ठप्प नै छन् । ललितपुरका पाँच सडकमध्ये चार सडकको काम सुस्त छ भने ढोलाहिटि–सरस्वतीकुण्ड सडकमा यथास्थितिमा कालोपत्र भइरहेको छ । रासस

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने नेकपा महासचिव पौडेलको भनाई
रुपन्देही – पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो
रुपन्देही – पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताउनुभएको छ । बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यालयको स्वर्णमहोत्सवका अवसरमा उहाँले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताउनुभयो ।
उहाँले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । “विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौंं । यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अङ्ग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली विषयमा दक्ष बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “यहाँका विद्यार्थी भाषा र दक्षताका हिसाबले उत्कृष्ट हुनुपर्छ । पढेर पास गर्ने तर केही नजान्ने हुनुभएन ।”
महासचिव पौडेलले बुटवलका तिनाउ र दानव आसपासका बस्ती व्यवस्थापनको तयारीमा सरकार रहेको जानकारी गराउँदै यसका लागि तिनाउ–दानव करिडोर सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँले बुटवलको बेलवासदेखि नहरपुर हँुदै बेथरीसम्म चार लेनको सडक निर्माणमा केही ढिलाइ भए पनि निर्माण कार्य पूरा हुँदा यो क्षेत्रको विकासले फड्को मार्ने उल्लेख गर्नुभयो । “भौतिक विकासका दृष्टिकोणले यो क्षेत्रलाई अगाडि बढाउने गरी काम अगाडि बढेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले विद्यालयको भौतिक विकासका लागि यस क्षेत्रका सांसदसमेत रहनुभएका पौडेलको प्रयासमा भवन निर्माण, कम्प्युटर ल्याब निर्माण, खेल मैदान निर्माण कार्य गरिएको जानकारी गराउँदै यो वर्ष सबैको सहयोगमा विद्यालयको भौतिक सुधार वर्षका रूपमा काम अगाडि बढाएको बताउनुभयो । (रासस)

आगलागीबाट ५० तोला चाँदी सहित सुन जलेर नष्ट
काठमाडौं, २७ मंसिर-सुनसरी, दुहबी नगरपालिका-२ शाहु टोल बस्ने दुर्गालाल शाहको फुसको छानो भएको घरमा बिहीबार
काठमाडौं, २७ मंसिर-सुनसरी, दुहबी नगरपालिका-२ शाहु टोल बस्ने दुर्गालाल शाहको फुसको छानो भएको घरमा बिहीबार साँझ आगलागी हुँदा नगद १० हजार, चाँदी ५० तोला, सुन चार आना र भाँडावर्तन लगायत जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, रुपनी गाउँपालिका-२ पौवा बस्ने सुतहरु खंङगको कच्ची घरमा खाना पकाउने क्रममा बिहीबार साँझ आगलागी हुँदा घर, भाँडावर्तन र लत्ताकपडा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।