प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश

काठमाडौँ, १४ फागुन : सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को
Read Moreसंसद बैठक फागुन २२ / २३
काठमाडौं १४ फागुन । सरकारले आगामी फागुन २२ वा २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने बुझिएको छ । सर्वोच्च अदालतले मागुन २४
Read More
दोस्रो मगर महोत्सब पर्वतमा आजबाट सुरु हुँदै, देखियो यस्तो रमाइलो दृश्य
पर्वत । पुन यूवा क्लव पर्वतले ३९ औँ मगर दिवशको अवसरमा आयोजना गरेको दोस्रो राष्ट्रिय
पर्वत । पुन यूवा क्लव पर्वतले ३९ औँ मगर दिवशको अवसरमा आयोजना गरेको दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी ९० प्रतिशत पुरा गरेको छ । महोत्सवका लागि आवश्यक स्टल निर्माण, खेलकुदको मैदान निर्माण, मञ्च निर्माण, विभिन्न खालका आयोजक समिति परिचालन, प्रचारप्रसार र निमन्त्रणा लगायतका व्यवस्थापकिय कार्यहरु लगभग पुरा भएको हो ।
बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको अहिले सम्मको तयारी र महोत्सव अवधिभर हुने मूख्य कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ । पुन यूवा क्लवका अध्यक्ष कृष्ण पुनले पत्रकार सम्मेलनमा दोस्रो राष्ट्रिय मगर महोत्सवमा २ सय स्टल बुकिङ भएको जानकारी दिनुभयो । खुल्ला पुरुस भलिवलमा १० देखि १२ टोलि आउने अनुमान गरिएको आयोजकले जनाएको छ । मगरहरुको सांस्कृतिक नृत्यका ४ टोलि दर्ता भएको जानकारी दिईएको छ ।
बिधालय स्तरिय प्रतियोगितामा १० टोलि सहभागिताका लागि दर्ता भैसकेको पुनले बताउनुभयो । उहाँले महोत्सवमा सुरक्षाको लागि प्रसासन संग निरन्तर छलफल गरि आवश्यक व्यवस्था भैसकेको बताउनुभयो । कार्यक्रम स्थलमा सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको पनि पुनले बताउनुभयो । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सव स्थलमा ड्रममा पानी र साबुनको व्यवस्था गरिने भएको छ ।
महोत्सव प्रबेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाईलो खेल सहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवका आकर्षण हुन । ।स्थानिय खानाका परिकार खुवाउने गरि खानाको स्टल समेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ ब्यबस्थापन हुने भएको छ । महोत्सव फागुन १५ गते देखि २५ गते सम्म आयोजना हुँदैछ ।
स्थानीय उत्पादनको विक्री वितरण, प्रवर्दन र प्रचार प्रसारमा पनि मगर महोत्सव सफल हुने आयोजकले अपेक्षा लिएको छ । मगर महोत्सवको साँसद पदम गिरीले उद्घाटन गर्ने र प्रत्येक दिन विशिष्ठ व्याक्तिहरुलाई अतिथीको रुपमा आमन्त्रण गरेर कार्यक्रम सञ्चालन गर्दै जाने तयारी रहेको आयोजकले जनाएको छ ।

चर्चित गायक बद्री पंगेनीलाइ मिलन नेवारले बिर्सिएपछि गरिन यस्तो गुनासो (भिडियो)
नेपाली लोकदोहोरी क्षेत्रका सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायक बद्री पंगेनी र मिलन नेवारले
नेपाली लोकदोहोरी क्षेत्रका सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायक बद्री पंगेनी र मिलन नेवारले आवाज दिएको निकै बहुप्रतिक्षित लोकदोहोरी गीत ‘बिर्सियौ’ बजारमा आएको छ। पछिल्लो समय सबैले खोजिरहेका बद्री पंगेनीको धेरै जसो गीतहरु चेतना भावमा जोडिएकै हुन्छ।उनका गीतको प्रतीक्षा धेरैले गरिरहेको हुन्छ सोहि बिचमा यो गीत बजारमा आएको हो।
गीतमा बद्री पंगेनी आफैले शब्द तथा संगीत भरेका छन।पंगेनी नेपाली दोहोरी क्षेत्रका एक सफल गायक मात्र हैनन् धेरैका अभिभावक पनि हुन्। बद्री पंगेनीकै प्रस्तुतिमा बजारमा आएको उक्त गीत बद्री पंगेनी युटुब च्यानलबाट सार्बजनिक भएको हो।गीतमा अभिनय भने चर्चित मोडल तथा निर्देशक सुनिल छेत्री र प्रिया अधिकारीको रहेको छ।गीतको निर्देशन पनि सुनिल छेत्रीले नै गरेका छन।
एक प्रेमी प्रेमिकाको कहानीलाई जोडेर बनाइएको गीतमा कतै मलाइ भुलेउ कि भन्ने प्रश्न उतर जोडिएको गीत भएर बजारमा आएको हो।गीतको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका छन।अमृत सपागाईको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।भर्खरै सार्बजनिक भएको गीतले चर्चा बोटुल्ने पक्का निर्माण टिमको रहेको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ।हेरौ भिडियो :

प्राकृतिक बासस्थानमा बढेनन् घडियाल, संरक्षणमा चुनौती थपिँदै
काठमाडौं-सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।चितवन राष्ट्रिय
काठमाडौं-सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक बासस्थानमा घडियालको सङ्ख्या बढाउन सकिएको छैन ।प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०३५ सालमा स्थापना भएको केन्द्रले १० वर्षपछि निरन्तर रूपमा प्राकृतिक बासस्थानमा घडियाल छोड्दै आएको छ ।यो केन्द्रमा प्रजनन् र हुर्काइएका घडियालका बच्चा विभिन्न नदी र तालतलैयामा छोडिँदै आएको भए पनि ती प्राकृतिक बासस्थानमा गोहीको वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन । केन्द्रले हालसम्म विभिन्न नदीका एक हजार छ सयभन्दा बढी गोही छोडिसकेको छ । तर प्राकृतिक बासस्थानमा केवल दुई सयको हाराहारीमा मात्र गोही भेटिने गरेको छ ।
प्राकृतिक बासस्थानबाट गोहीको अण्डा सङ्कलन गरी कृत्रिम ह्याचिङ प्रविधि अपनाएर बच्चा उत्पादन गर्ने र ती बच्चा आहारा खोज्नसक्ने बनेपछि प्राकृतिक बासस्थानमा छोड्ने उद्देश्यले केन्द्र स्थापना गरिएको थियो ।घडियालका लागि अनुवांशिक कोष अर्थात् जिन बैङ्कका रूपमा रहेको संरक्षण केन्द्र घडियाल गोहीको सङ्ख्यात्मक उत्पादनमा सफल भए पनि प्राकृतिक बासस्थानमा भने घडियालको सङ्ख्या वृद्धि गराउन सकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ

झापामा कुहिने फोहोरबाट ग्यास उत्पादनकाे तयारी
झापा, १५ फागुन । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम
झापा, १५ फागुन । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।
यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लास्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहाइन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुन्छ । उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने प्रमुख चौधरीले बताए ।

न्यायाधीशलाई ध म्क्याए उपप्रधानमन्त्री पोखरेलले
काठमाडौं-उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्या एका छन्। अदालतका न्यायधीशले भन्दा
काठमाडौं-उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्या एका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन्।
‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भा ग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ।’
ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने पनि बताएका थिए। ‘म चुनौती दिन चाहन्छु, सरकारविरुद्ध अविश्वास ल्याए हुन्छ। प्रधानमन्त्रीले डटेर सामना गर्नुहुनेछ’, पोखरेलले भने।
उनले अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणाम स्वीकार गर्ने पनि बताए। ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन्। त्यहाँ सामना गर्छन्। तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले। केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छ,’ पोखरेलले नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।

मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै
चितवन, १५ फागुन । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै
चितवन, १५ फागुन । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक बासस्थानमा घडियालको सङ्ख्या बढाउन सकिएको छैन ।प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०३५ सालमा स्थापना भएको केन्द्रले १० वर्षपछि निरन्तर रूपमा प्राकृतिक बासस्थानमा घडियाल छोड्दै आएको छ ।
यो केन्द्रमा प्रजनन् र हुर्काइएका घडियालका बच्चा विभिन्न नदी र तालतलैयामा छोडिँदै आएको भए पनि ती प्राकृतिक बासस्थानमा गोहीको वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन । केन्द्रले हालसम्म विभिन्न नदीका एक हजार छ सयभन्दा बढी गोही छोडिसकेको छ । तर प्राकृतिक बासस्थानमा केवल दुई सयको हाराहारीमा मात्र गोही भेटिने गरेको छ ।

संसदभित्रको खेलोमेलो झन् जटिल बन्ने
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए ओलीले स्वाभाविक रुपमा नैतिकताका आधारमा राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिएका पनि थिए । तर ज्ञवालीले भनेको नैतिकता बचाएर ओलीले राजीनामा दिएनन्, बरु सर्वोच्च अदालतले भनेअनुसार १३ दिनमै अर्थात आउँदो फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्टपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेका छ् । उत्पन्न जुनसुकै परिस्थितिलाई प्रतिनिधिसभाभित्रै सामना गर्ने ओलीले भनिसकेपछि संसद्भित्रको खेलोमेलो जटिल बन्ने देखिन्छ । कसरी ? कारणको सुरुवात नेकपाको संसदीय दलभित्रैबाट गरौँ ।
संघीय संसद्का दुवै सदनका सांसदले संसदीय दलको नेता छान्ने कानुनी प्रावधान छ । नेकपामा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र तीन जना मनोनीतबाहेक प्रतिनिधिसभाका १ सय ७२ र राष्ट्रिय सभाका ४५ गरी २ सय १७ जनालाई संसदीय दलको नेता चुन्ने अधिकार छ । कानुनतः अहिले संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली छन् । ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउन संसदीय दलको नेताबाट हटाउने विकल्प पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षीय नेकपाका नेताहरूका लागि सुल्टो र सजिलो हो । त्यसका लागि २५ प्रतिशत सांसदले बैठक राख्न माग गर्दै दलका उपनेतालाई निवेदन दिनुपर्छ । सांसदहरूले निवेदन दिएपछि उपनेताले प्रमुख सचेतकमार्फत संसदीय दलको बैठक बोलाउनैपर्छ, बोलाउँदिन भन्न नेकपाकै संसदीय दलको विधानअनुसार पनि मिल्दैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘यो माया नै हो’मा श्वेता र सिमरनको अभिनय
काठमाडौँ । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको
काठमाडौँ । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् । प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ ।
अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणीले निर्देशन गरेका हुन् । युवाबर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एकसमय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ । सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।

अक्षय कुमारसंग रोमान्स गर्न ज्याकलिन फर्नाडिन्ज र अभिनृेत्री कृति सेननको टक्कर
मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकाएकी छन्। जैसलमेरमा उनले यो
मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकाएकी छन्। जैसलमेरमा उनले यो फिल्मको अन्तिम छायांकन गरेकी हुन्। अहिले युनिट मुम्बई फर्किएको छ।
फिल्ममा ज्याकलिनको साथमा कृति सेनन पनि छिन्। दुई नायिका रहेको खबर बाहिरिएपछि यो फिल्ममा अक्षयको जोडी को हो भन्ने चासो सुरु भएको छ।
सूत्रका अनुसार दुवै नायिकासँग अक्षय कुमार रोमान्स गर्दै देखिएका छन्। ‘ज्याकलिनको प्रवेश अक्षयको विगत स्मरण गर्दै हुन्छ। अक्षयको जवानीमा ज्याकलिन साथमा हुन्छिन्। अक्षय जुँगा पालेको गेटअपमा ज्याकलिनसँग रोमान्स गर्दै देखिने छन्।अन्नपुणस् पोष्टमा खबर छ । यो जोडीमाथि एउटा गीत पनि खिचिएको छ’, सूत्रले भन्यो।
कृतिको भूमिका अक्षयको वर्तमानमा छ। कृतिसँग अक्षय दाह्री पालेको गेटअपमा देखिएका छन्। ज्याकलिन र अक्षय कसरी अलग भए भन्ने कुरा भने सस्पेन्स छ। फिल्मको निर्देशन फरहाद सामजीले गरेका छन्।
यो पनि पढ्नुहोस्
नेपाली चलचित्रमा मात्र होइन अब दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा पनि अभिनय गर्दै स्वस्तिमा खड्का
काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।
नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्यापाने चलचित्रमा स्वस्तिमा अनुबन्धित भएको बताएका छन । चलचित्रलाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।सौर्य दैनिकमा खबर छ ।
चलचित्रको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ । राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । चलचित्रमा खड्काको भूमिकाबारे खुलाइएको छैन ।
यो पनि पढ्नुहोस्
घुम्टेको विकास र मुर्तिकला सङ्ग्रहालय बनाउन बहस
बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस शुरु भएको छ ।
गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन भएको छ । दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुने गरी काम थाल्न गलकोट नगरपालिकाले सर्वपक्षीय छलफल थालेको हो । टेउवामा अन्तक्र्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०÷४० को अवधारणाअनुसार बजेट विनियोजन गरेको छ । दुवै योजनाका लागि रु सात करोड विनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिकरुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ ।
घुम्टे र मूर्तिकला सङ्ग्रहालयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले मूर्तिकला सङ्ग्रहालय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताउनुभयो । सङ्ग्रहालय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डिपिआरअनुसार कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।
गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले सरकार तथा आमनागरिकको साझा लगानीमा निर्माण गरिएकाले सङ्ग्रहालयको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताउनुभयो ।

विनयले छोरी भनि भनि सपनाको गो प्य तस्विर मोबाइलमा राखेको प्रहरीले भेटे पछी (भिडियो हेर्नुहोस)
काठमाडौं- बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिला को सूचीमा परेकी सपना रोकाले दिएको उजुरीका
काठमाडौं- बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिला को सूचीमा परेकी सपना रोकाले दिएको उजुरीका आधारमा पक्राउ परेका विनयजंग बस्नेतको मोवाइलमा सपनाका नराम्रा तस्बिर फेला परेका छन् । प्रहरीले सपनाका ति तस्बिर विनयजंगले कसरी प्राप्त गरे भन्ने विषयमा थप अनुसन्धान सुरु गरेको छ ।वेवारिसे श व ब्यवस्थापनमा केही समय संगै काम गरेकी सपनाका बारेमा विनयजंगले अनावश्यक टिप्पणी गर्दै अ श्लि ल तस्बिर आफुसंग भएको र त्यो सार्वजनिक गरिदिने चेतावनी दिएपछि सपनाले उजुरी दिएकी थिइन् ।
विनयको नेतृत्वमा रहेको बेवारिसे श व व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेर सपना बेवारिसे श व ब्यवस्थानको काम गर्थिन्। उनी विनयलाई बुबा भन्थिन्। विनयले पनि छोरी नै भनेर चिनाउँने गरेका थिए ।तर एकाएक उनीहरूको सम्बन्ध बिग्रियो। सपनाले पनि आफ्नै संस्था दर्ता गरेर त्यस्तै काम अघि बढाउन थालिन् । त्यस पछि विनयले केही युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै सपनाका न ग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने चेतावनी दिए। त्यसपछि सपनाले उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन्। भिडियो हेर्नुहोस

घुम्टेको विकास र मुर्तिकला सङ्ग्रहालय बनाउन ७ करोड
बलेवा, १५ फागुन – बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन
बलेवा, १५ फागुन – बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस शुरु भएको छ । गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन भएको छ ।
दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुने गरी काम थाल्न गलकोट नगरपालिकाले सर्वपक्षीय छलफल थालेको हो । टेउवामा अन्तक्र्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०÷४० को अवधारणाअनुसार बजेट विनियोजन गरेको छ । दुवै योजनाका लागि रु सात करोड विनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिकरुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ ।
घुम्टे र मूर्तिकला सङ्ग्रहालयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले मूर्तिकला सङ्ग्रहालय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताउनुभयो । सङ्ग्रहालय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डिपिआरअनुसार कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।
गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले सरकार तथा आमनागरिकको साझा लगानीमा निर्माण गरिएकाले सङ्ग्रहालयको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताउनुभयो ।(रासस)

नेपाली चलचित्रमा मात्र होइन अब दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा पनि अभिनय गर्दै स्वस्तिमा खड्का
काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र ‘थिरिमाली’मा
काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।
नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्यापाने चलचित्रमा स्वस्तिमा अनुबन्धित भएको बताएका छन । चलचित्रलाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।सौर्य दैनिकमा खबर छ ।
चलचित्रको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ । राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । चलचित्रमा खड्काको भूमिकाबारे खुलाइएको छैन ।
यो पनि पढ्नुहोस्
घुम्टेको विकास र मुर्तिकला सङ्ग्रहालय बनाउन बहस
बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस शुरु भएको छ ।
गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन भएको छ । दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुने गरी काम थाल्न गलकोट नगरपालिकाले सर्वपक्षीय छलफल थालेको हो ।
टेउवामा अन्तक्र्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०÷४० को अवधारणाअनुसार बजेट विनियोजन गरेको छ । दुवै योजनाका लागि रु सात करोड विनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिकरुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ ।
घुम्टे र मूर्तिकला सङ्ग्रहालयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले मूर्तिकला सङ्ग्रहालय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताउनुभयो । सङ्ग्रहालय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डिपिआरअनुसार कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।
गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले सरकार तथा आमनागरिकको साझा लगानीमा निर्माण गरिएकाले सङ्ग्रहालयको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताउनुभयो ।

यसरी गर्नुहोस बिधिका साथ् स्वस्थानी माताको ब्रत समापन (भिडियो)
अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष
अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।
अहिलेको आधूनिक यूगमा र यस यूगले गर्नेखालका तर्कमा आधारीत रहेर पुराना संस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि बढ्ने ति हरेक पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत् पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।
हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाउँमा भेलाभई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूतबाट शुरु हुने यो कथा’ ‘उपनयतु सकल जगनमङ्गलाय’ मन्त्रका साथै समापन हुन्छ ।
यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि अाएको छ । सबै उमेर समूहको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ ।

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे
काभ्रेपलाञ्चोक, १५ फागुन- जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल
काभ्रेपलाञ्चोक, १५ फागुन- जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् ।
एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना सङ्क्रमण भएका थिए ।
काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्र मणबाट मृ त्यु भएको छ । सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन् ।
कोरोना सङ्क्रमणविरुद्ध कोरोना–खोप (कोभिसिल्ड)को पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन् । पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँले काभ्रेपलाञ्चोकमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताउनुभयो ।
खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिकित्सकका अनुसार कोरोना सङ्क्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ । (रासस)

ओलीविरुद्ध अविश्वासको प्रस्ताव, तानातानमा सांसद
काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल
काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्।
फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ।
प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ। दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो
उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन्।
‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने पनि बताएका थिए। ‘म चुनौती दिन चाहन्छु, सरकारविरुद्ध अविश्वास ल्याए हुन्छ। प्रधानमन्त्रीले डटेर सामना गर्नुहुनेछ’, पोखरेलले भने।
उनले अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणाम स्वीकार गर्ने पनि बताए। ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन्। त्यहाँ सामना गर्छन्। तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले। केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छ,’ पोखरेलले नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने।

भरतपुर महानगरमामा रेणुदाहालसँग हारेका देवी ज्ञवाली भन्छन पुण्य कमाउने काम गरौ
नुवाको । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई
नुवाको । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई जग्गाबिहीनका पक्षमा निष्पक्षरुपमा काम गर्न आग्रह गर्नुभएको छ ।आयोगको जिल्ला समितिको कार्यालय आज उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले वास्तविक भूमिहीनको पहिचान गरी काम गरेर पुण्य कमाउन आग्रह गर्नुभएको हो ।उहाँले जग्गासम्बन्धी धेरै समस्या रहेकोले काम गर्न त्यति सहज नभए पनि अहिले कानून, नियमावली र कार्यविधि बनाएर सरकारले आयोग स्थापना गरेकोले निर्धक्क भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जिल्लामा स्थानीय प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, स्थानीय तहसँग सहकार्य गरेर वास्तविक भूमिहीन तथा भूमि भएर भूमिहीन भएकाको विवरण सङ्कलन गरी पूर्जा वितरणको वातावरण बनाउन आग्रह गर्नुभयो ।जिल्ला समितिका अध्यक्ष विन्दा ढुङ्गानाले जिल्लाका १२ वटा स्थानीयतहमध्ये १० वटासँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।

नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने
काठमाडौँ, १५ फागुन – नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ ।
काठमाडौँ, १५ फागुन – नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।
एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न लागिएको जानकारी दिनुभयो । “एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रबद्र्धनमा लाग्नेछ”, उहाँले भन्नुभयो ।
एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ । एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । (रासस)

मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
मेषः– अस्थिरता बढ्नेछ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा
मेषः– अस्थिरता बढ्नेछ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।
वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक जीवन शुरु हुनसक्छ ।
मिथुनः– समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।
कर्कटः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
सिंहः– काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।
कन्याः– मनलाई नियन्त्रणमा राखेर काम गर्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । समयमा कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ ।
तुलाः– विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।
वृश्चिकः– कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।
धनुः– घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला । व्यापार घट्नेछ ।
मकरः– समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । पठन पाठनमा भने प्रगति हुनेछ ।
कुम्भः– घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।
मिनः– समयले साथ दिनेछ उपयोगिताको सिद्धान्त नछोड्नु होला । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
काठमाडौँ, १५ फागुन । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक
काठमाडौँ, १५ फागुन । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत शनिबार विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि शनिबारदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ ।
सय रोटी ब्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनःमिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो ।
शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताउनुभयो ।
उपत्यकाको पूर्वीभेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण ब्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ ।
महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक ब्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण ब्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रीद्वारा दरबार हाई स्कूलको निरीक्षण
काठमाडौँ, १५ फागुन- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार
काठमाडौँ, १५ फागुन- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नुभएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको थियो । भूकम्पले भत्किएको दरबार हाई स्कूल चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिनुभयो ।
नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले उद्घाटन समारोहका अवसरमा कात्तिक ५ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ । भवनमा भानु र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालन भइरहेका छन् ।
विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालयपछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाई स्कूललाई विसं २०२४ देखि भानु माध्यमिक विद्यालय नामाकरण गरिएको हो ।
पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो । विद्यालय भवन उद्घाटनका बेला कोरोना महामारीका कारण अनलाइन माध्यमबाट पढाइ भइरहेकामा गत माघदेखि महानगरपालिकाले भौतिकरुपमा विद्यालय सञ्चालन गर्न थालेपछि दुवै विद्यालयका पठनपाठन नवनिर्मित विद्यालयमा भइरहेको छ । (रासस)

नेकपामा अबको विकल्प : पार्टी फुटाउने अध्यादेश कि पार्टी एकता ?
काठमाडौं, १५ फागुन । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल
काठमाडौं, १५ फागुन । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न तरिकाका कसरत भइरहेका छन्। कानुनी रूपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुवै समूहलाई पिरोलेको छ।
नेकपा दाहाल–नेपाल समूह खुला रूपमा सत्ता समीकरणका लागि प्रयासरत छ भने ओली समूहले गुप्त रूपमा रणनीति तय गरिरहेको छ। दाहाल–नेपालको बिहीबार दिनभरिको कसरत हेर्दा नेकपाभित्र पुनः एकता हुनुपर्ने, एकता हुन नसके दल फुटाउने अध्यादेश ल्याएर मात्र निकास निस्कने अवस्था देखिएको छ। वर्तमान अवस्थामा ओली समूहले संसदीय दलमा ४० प्रतिशत पुर्याए पनि केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन नसक्ने भएका कारण पार्टी विभाजन गर्न अध्यादेश नै ल्याउनुपर्ने अवस्था छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।
कांग्रेसले नेकपा कानुनी रूपमा नफुटेसम्म सत्तामा सामेल हुने सन्दर्भमा कुनै निर्णय नलिने बताएको छ भने जनता समाजवादी पार्टीको निष्कर्ष पनि यही छ। यी दुई पार्टीले निर्णय दिन नसक्नुका पछाडि नयाँ बन्ने प्रधानमन्त्रीको अनिश्चिततामै समस्या भएको स्रोतले बताएको छ। नेकपा पुनः एकतामा फर्किए समस्या जसरी सरल तरिकाले हल हुन्छ, अन्य विकल्पमा जाँदा त्यति नै जटिल बन्दै जाने नेकपा ओली समूहका एक नेताले बताए। उनका अनुसार पार्टी फुटाउने अध्यादेश ल्याएपछि पनि कांग्रेससँग सत्ता समीकरण हुन्छ भन्ने निश्चितता देखिएन, त्यसैले नेकपाकै दुवै समूह मिलेर सरकार गठन गर्नैपर्ने अवस्थासमेत आउन सक्छ।
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएर जाने खेल सुरु हुन पनि सक्ने स्रोतले बताएको छ। ‘तर यो धेरै नै कम सम्भावना हो, सरकार बन्नै नसकेर प्रक्रियागत रूपमै संसद् विघटन हुने अवस्था आए मात्र यो विकल्पमा एकपटक छलफल होला,’ स्रोतले भन्यो।

नुवाकोटको लिखुमा छहरे महोत्सव शुक्रबारदेखि शुरु
त्रिशूली, १५ फागुन – ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ
त्रिशूली, १५ फागुन – ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्दै मेला तथा महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सहयोग पुग्ने भएकाले यसलाई सफल बनाउन आग्रह गर्नुभयो । सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटको छहरे बजार काठमाडौँसँगको छोटो दूरी, मध्यपहाडी राजमार्ग, कृषि उब्जनीको भण्डारणस्थल, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार तथा महत्व बाहिर ल्याउन महोत्सवलाई माध्यमको रुपमा लिएर सफल हुुनुपर्ने सुझाव दिनुभयो ।
महोत्सव चलाउन रु ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवद्र्धकमा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो । महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागी जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभयो ।
फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ । महोत्सवमा हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्डसम्म पुग्न र शिवपुरीको सुइरेचउरबाट छहरेसम्म प्याराग्लाइडिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।(रासस)

वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी
वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी काठमाडौँ, १५ फागुन
वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी
काठमाडौँ, १५ फागुन । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।
व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन्। ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ।
कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय (साउन, भदौ र असोज)मा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँबराबरको ठगी भएको उजुरी परेको थियो। कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ। निर्देशक नेउपानेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि तुलनात्मक रूपमा ठगीको उजुरी बढेको छ।