‘कांग्रेसले अब कम्युनिष्ट सरकारको सत्ताच्युत गरेरै छाड्छ’

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता किरण गिरीले नेपालको कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक नहुने बताएका छन् । नेता गिरीले आज काठमाडौंको नागाजुर्न
Read Moreरिसाएका खगराजले भने हामीलाई कुहिएको फर्सी भन्ने ओली कुहिएको मोही हुन्
काठमाडौं-प्रधानमन्त्री केपी ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटिका सह(इन्चार्ज खगराज भट्टले कुहिएको मोही जस्तो भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको
Read More
राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी
काठमाडौँ, ८ माघ – राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा
काठमाडौँ, ८ माघ – राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले खेलको १४औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । उसका लागि भण्डारीले पहिलो गोल गर्नुभएको थियो । खेलको २२औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थिया । मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गर्नुभएको थियो । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गर्नुभयो । खेलको ७१ औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गर्नुभयो भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गर्नुभएको थियो ।
वालिङ र विराटनगरले अङ्क बाँडे
राष्ट्रिय महिला लिगकै आज भएको अर्को खेलमा विराटनगर र वालिङबीचको खेल बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा दुवै टोलीले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा वालिङका लागि सञ्जना शर्माले गोल गर्नुभएको थियो । यस्तै मध्यान्तरपछिको खेलमा विराटनगरका लागि खेलको ६२औँ मिनेटमा आशा कुमारीले गोल गर्नुभयो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि विराटनगर र वालिङले एक एक अङ्क बाँडेका छन् ।
(रासस)

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
कास्की, ८ माघ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ
कास्की, ८ माघ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ ।
पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल सङ्घका पदाधिकारीले स्वागत गर्नुभयो । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहनुभएको छ ।
विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ । (रासस)

प्रधानमन्त्री कप क्रिकेट : विभागीय टोली पुलिस क्लब र एपिएफ क्लब विजयी
काठमाडौँ, ८ माघ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र
काठमाडौँ, ८ माघ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेल्नुभयो । उहाँले १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गर्नुभयो ।
यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा छ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिनुभयो । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाउनुभयो । शर्राफले छ छक्का तथा एक चौका प्रहार गर्नुभयो । बलिङतर्फ लुम्बिनीका लागि कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक एक विकेट लिनुभयो ।
जवाफी ब्याटिङ गर्ने क्रमा लुम्बिनीका लागि देव खनालले ४९, सन्दीप रजालीले ४०, राजविर सिंहले २४, कृष्ण कार्कीले अविजित ४० तथा सौरभ खनालले ७४ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका रासिद खान र पवन सर्राफले दुई÷दुई विकेट लिनुभयो ।
यसैगरी मुलपानी क्रिकेट मैदानमा आजै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । टस जितेर एपिएफले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै गण्डकीले ४६ ओभरमा सवै विकेट गुमाउँदै १०६ रन बनायो । एक सय सात रनको विजयी लक्ष्य एपिएफले १७ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । एपिएफका लागि आसिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै सुमित महर्जनले १८ रन बनाउनुभयो ।
बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई÷दुई विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै दिनेश बुढामगरले १२, विष्णु पाण्डेले १५ तथा दीपेश खत्रीले पनि १५ रन नै बनाउनुभयो । बलिङतर्फ एपिएफका लागि कमलसिंह ऐरीले चार तथा अविनास बोहोरा र शरद भेषवाकरले दुई ÷दुई विकेट लिनुभयो । (रासस)

दिल्ली क्यापिटल्सबाट सन्दीप भए फुकुवा
काठमाडौँ, ८ माघ – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी
काठमाडौँ, ८ माघ – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ ।
दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उहाँले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिनुभएको थियो ।
दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।(रासस)

फुटबलमा प्रदेशस्तरीय प्रशिक्षणका लागि सम्झौता
वाग्मती, ७ माघ – वाग्मती प्रदेश खेलकूद विकास परिषद् तथा नेपाल फुटबल सङ्घ (एन्फा)बीच आज
वाग्मती, ७ माघ – वाग्मती प्रदेश खेलकूद विकास परिषद् तथा नेपाल फुटबल सङ्घ (एन्फा)बीच आज प्रशिक्षणका विषयमा एक सम्झौता गरिएको छ । प्रदेशस्तरीय रेफ्री प्रशिक्षणका लागि प्रदेश खेलकूद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच सम्झौता गरिएको हो ।
प्रदेश सरकारले १३ जिल्लामा हुने सम्पूर्ण खेलकूद गतिविधिलाई प्रशिक्षक र रेफ्री सहज वातावरणमा उपलब्ध गराउने उक्त सम्झौताले सहयोग पुग्ने परिषद्का सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो । प्रदेशमा हुने सबै खेलकूदका गतिविधिमा सङ्घको पनि संलग्नता हुने गरी सम्झौता गरिएको उहाँले बताउनुभयो । एन्फाले फुटबल प्रशिक्षक कोर्ष गराउने तथा परिषद्ले क्रिकेटको क्यानसँग र बक्सिङ सङ्घसँग मिलेर प्रदेशस्तरीय प्रशिक्षणको तयारी गर्ने पनि भण्डारीले जनाउनुभयो ।
प्रदेशमा फुटबल प्रशिक्षक आवश्यक सङ्ख्यामा रहे पनि क्रिकेट र बक्सिङका लागि सहजरुपमा प्रशिक्षक तथा रेफ्री उपलब्ध नभएको बताइएको छ । प्रदेशस्तरीय फुटबल, क्रिकेट तथा बक्सिङका लागि प्रशिक्षक र रेफ्री कोर्ष गराउने कार्यक्रमअन्तर्गत फुटबल खेलका लागि एन्फासँग सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख छ । (रासस)

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ ब्याटिङमा
काठमाडौँ, ७ माघ ःचौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका
काठमाडौँ, ७ माघ ःचौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन् । त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच अहिले खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ ले ब्याटिङ गरिरहेका छन् ।
मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ब्याटिङमा उत्रेको हो । प्रदेश १ ले २६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ८६ रन बनाएको छ । उपाधिको दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि उसले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ । आर्मी चार अङ्कसहित लिगको शीर्ष स्थानमा छ ।
यसैगरी अर्को खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिस क्लब र सुदूरपश्चिमबीच भइरहेको छ । टस हारेपछि अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले २९ ओभरको खेल सकिँदा सात विकेट गुमाएर १०४ रन बनाएको छ । दुबै टोली पहिलो जितको खोजीमा छन् । (रासस)

प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र लुम्बिनी विजयी
काठमाडौँ, ६ माघ – चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश
काठमाडौँ, ६ माघ – चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव पाँच ओभरमा भेट्टायो । उसका लागि हिमांशु शाहीले ६८, विपीन रावलले ४९, हेमन्त ओलीले २९ तथा राज शाहले ३२ रन बनाउनुभयो ।
बलिङतर्फ गण्डकीका विपीन खत्रीले चार तथा सुवास भण्डारीले एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि अर्जुन कुमालले ४६, राहुल उपाध्यायले ५३, कप्तान विपीन खत्रीले ३२, दिनेश बुढामगरले १० तथा विशाल पौडेलले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रविन्द्र शाहीले एक विकेट लिनुभयो ।
यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाएर २५७ रन बनायो । लुम्बिनीका लागि सन्दीप रजाइलीले सर्वाधिक ८३ रन बनाउनुभयो । यस्तै सौरभ खनालले ५६, विक्रम भुषालले ३६, सन्दीप सुनारले ११ तथा कृष्ण कार्कीले १० रन बनाउनुभयो ।
बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले तीन तथा दिव्यांशु मल्लिकले दुई विकेट लिनुभयो । २५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनायो । प्रदेश–२ का लागि सुधीर चौधरीले ४२, हरिशङ्कर साहले २२, मेहबुब आलमले ३१ तथा विवेक यादवले ५१ रन बनाउनुभएको थियो । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले चार, दीपेन्द्र रावतले दुई तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले एक एक विकेट लिनुभयो ।
तेह्रौँ सागका सबै समिति विघटन
गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि गठित विभिन्न समिति विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री दावा तामाङको अध्यक्षतामा बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।
तेह्रौँ साग आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ को परिच्छेद–३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समिति, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३औँ साग कार्यकारी समितिको सचिवालय सोमबारदेखि विघटन गर्ने निर्णय गरिएको हो ।
बैठकले १३औँ सागको सफलताका लागि सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद् तथा युवा तथा खेलकूद, अर्थ, गृह, रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ लगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई आयोजक समितिका तर्फबाट धन्यवाद ज्ञापन गरिएको राखेप प्रचारप्रसार शाखाले जनाएको छ । कूल २६ खेल समावेश १३औँ साग २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक प्राप्त गरेको थियो ।(रासस)

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य
काठमाडौँ, ६ माघ ः चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा
काठमाडौँ, ६ माघ ः चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ६४ बल खेल्दै तीन छक्का र ६ चौका हान्नुभयो । यस्तै अर्जुन कुमालले ४६, विपीन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रन बनाउनुभयो ।
बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रवीन्द्र शाहीले एक विकेट लिनुभयो । अहिले कर्णालीले ब्याटिङ गरिरहेको छ ।
यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश नं २ बीच खेल भइरहेको छ । लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । उसका लागि सन्दीप रिजालले ८३, सौरभ खनालले ५६, विक्रम भुसालले ३६, सन्दीप सुनारले ११, अमित तामाङले ११ तथा कृष्ण कार्कीले १० रन बनाउनुभयो ।
बलिङतर्फ प्रदेश नं २ का लागि हरिशङ्कर शाहले तीन, दिब्याङशु मल्लिकले दुई तथा शैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुश्लिङले एक एक विकेट लिनुभयो । अहिले प्रदेश नं २ ले २५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ । (रासस)

ललितपुर फुटबल सङ्घका अध्यक्ष थापाको निलम्बन फुकुवा
काठमाडौँ, ६ माघ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको
काठमाडौँ, ६ माघ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उहाँलाई कारवाही गरेको हो ।
एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो । आफूमाथि गरिएको कारवाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) मा समेत उजुरी दिनुभएको थियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारणसभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिनुभयो ।
एन्फाको साधारणसभा आजदेखि शुरु भएको छ । एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारणसभामा प्रस्ताव प्रस्तुत गरेको छ । साधारणसभाले सो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको सङ्ख्या ४८ पुग्नेछ । यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ । (रासस)

सन्दीप अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन
काठमाडौँ, ५ माघ – नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो
काठमाडौँ, ५ माघ – नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहनुभएको छ । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहनुभएका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुक्नुभयो । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उहाँले सो ओभरमा छ रन खर्चिनुभयो ।
आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिनुभयो । तेस्रो ओभरमा उहाँले पाँच रन मात्र खर्चिनुभयो भने चौथो ओभरमा लामिछानेले आठ रन दिनुभयो । होबार्टका लागि उहाँले चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो ।
यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहनुभएको थियो । उक्त खेलमा उहाँले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिनुभएको थियो । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिनुभएको छ । लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ । योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।(रासस)

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट :प्रदेश एक विरुद्धको खेलमा गण्डकी विजयी
काठमाडौँ, ५ माघ – चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा
काठमाडौँ, ५ माघ – चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाउनुभयो । यसक्रममा उहाँले पाँच चौका हिर्काउनुभयो । यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिनुभयो । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाउनुभयो ।
बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बनाउनुभयो । यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाउनुभयो । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिनुभयो ।
विशाल पौडेलको ह्याट्रिक
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक विकेट लिनुभएको छ । उहाँले आफ्नो सातौँ ओभर तथा प्रतियोगिताको २८ औँ ओभरमा प्रदेश १ का तीन खेलाडीलाई लगातार पेभेलियन फर्काउनुभएको हो । पौडेलले खेलको २८औँ ओभरको दोस्रो बलमा राजन मगरलाई चार रनमा, तेस्रो बलमा मनोज तामाङलाई शून्यमा तथा चौंथो बलमा हेमन्त राईलाई पनि शून्य स्कोरमै पेभेलियन फर्काउनुभयो । हाल जारी चांैथो संस्करणको प्रधानमन्त्री कपमा उहाँ ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएको छ । पौडेलले ६ दशालव ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर चार विकेट लिनुभयो ।
यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो । वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमको अवस्था अत्यन्त कमजोर रहेको छ । सुदूरपश्चिमले केही बेरअघि ६ ओभरमा पाँच विकेट गुमाएर मात्र १८ रन बनाएको छ । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिनुभयो ।(रासस)

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन, ५ माघ – अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ
ब्रिस्बेन, ५ माघ – अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ ।
ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।
यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए ।
पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ ।
यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ । (रासस–एएफपी)

राष्ट्रिय महिला कप्तान अरुणा शाहीलाई प्रदेश सरकारको प्रोत्साहन स्वरुप नगद एक लाखसहित सम्मान
कास्की- नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही पोखरामा सम्मानित हुनुभएको छ । नेपाल
कास्की- नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही पोखरामा सम्मानित हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी हुनुभएका उहाँलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो ।
पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गर्नुभयो । अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उहाँलाई सो सम्मान अर्पण गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले व्यक्तिगतरुपमा अरुणालाई नगद रु ११ हजार सहयोग गर्नुभयो । सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकूद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पोखरा रङ्गशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकूदको तयारीका लागि जुट्न आग्रह गर्नुभयो । यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’ बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ ।अभियानबाट बचत रकम रु तीन लाख ७३ हजार ७०५ हस्तान्तरण गरिएको हो । सङ्कलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण प्रसाद शर्माले कूल १६ लाख ७३ हजार ७०५ सङ्कलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापनलगायतमा रु १३ लाख खर्च जानकारी दिनुभयो ।

प्रधानमन्त्री कप क्रिकेट : एपीएफद्वारा प्रदेश–१ पराजित
काठमाडौँ, ३ माघः प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपीएफ क्लब विजयी भएको
काठमाडौँ, ३ माघः प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपीएफ क्लब विजयी भएको छ । एपीएफले प्रदेश–१लाई १३५ रनले पराजित गरेको हो ।
कीर्तिपुर त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफ क्लबले ४८ दशमलव चार ओभरमा सबै खेलाडी गुमाएर २४३ रन बनायो । उसका लागि आशिफ शेखले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गर्नुभयो । सुवास खकुरेलले १९, कप्तान शरद भेषवाकरले २०, प्रदिप ऐरीले सात, सुमित महर्जनले १४, बसन्त रेग्मीले ४०, भुवन कार्कीले सात, कमलसिंह ऐरीले पाँच र किशोर महतोले १९ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश नं १ का लागि फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवण यादवले दुई दुई विकेट लिनुभयो ।
दुई सय ४४ रनको विजय लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनायो । प्रदेश एकका लागि दिपक पासवानले १३, मनिश थापाले १८ र फिरदोस अन्सारीले १७ रन बनाउनुभयो । बलिङतर्फ एपीएफका अभिनाश बोहोरा एक्लैले पाँच विकेट लिनुभयो । यस्तै बसन्त रेग्मीले दुुई विकेट लिनुभयो ।
जितसँगै समूह ’ए’मा रहेको एपीएफले दुई अङ्क जोडेको छ । यही समूहमा रहेको त्रिभुवन आर्मी क्लबको पनि दुई अंक छ । आर्मीले शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको थियो । (रासस)

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि सञ्चालन हुने
काठमाडौँ, ३ माघ- ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि
काठमाडौँ, ३ माघ- ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ । सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक तौल समूहका विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही रु चार हजार पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई नगरप्रमुख बस्नेतले एक थान स्कुटर प्रदान गर्ने घोषणा गर्नुभएको छ । उत्कृष्ट पुरुष खेलाडीलाई भने आयोजकले एक थान मोटरसाइल प्रदान गर्नेछ । (रासस)

विश्व ब्याडमिन्टनको बरियतामा नेपालका प्रिन्सले मारे छलाङ
काठमाडौँ, ३ माघ- विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ ।
काठमाडौँ, ३ माघ- विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो ।
दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहनुभएको छ । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिनुभएको छ । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहनुभएको थियो । नेपालका जुनियर खेलाडी दाहालले पाउनुभएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताउनुभयो । उहाँ पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा हुनुहुन्छ । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गर्नुभएको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध हुनुभएको छैन । उहाँ आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आउनुभएको छ । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो ।
विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिनुभएको थियो । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत हुनुहुन्छ । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ । (रासस)

प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी
काठमाडौँ, २ माघः कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री
काठमाडौँ, २ माघः कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले अविजित १११ रनको पारी खेलेपछि आर्मी ९८ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि भण्डारीले ७३ बल खेल्दै चार छक्का र नौ चौका प्रहार गर्नुभयो । यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाउनुभयो । बलिङतर्फ गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले दुई दुई विकेट लिनुभयो ।
आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि समिर कँडेलले ५०, कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ तथा दीपक डुम्रेले २६ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका लागि राजेश पुलामी एक्लैले ५ विकेट लिनुभयो । उहाँले नौ ओभरमा एक मेडन राख्दै २५ रन मात्र खर्चिनुभयो । यस्तै भीम सार्कीले तीन तथा आकाश चन्द र रोहित पौडेलले एक एक विकेट लिनुभयो । शतक प्रहार गर्नुभएका आर्मीका भण्डारी म्यान अफ दी म्याच घोषित हुनुभयो ।
शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर १ बीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।
दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता भइरहेको छ । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ । (रासस)

भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन
ब्रिसबेन, २ माघ – भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा
ब्रिसबेन, २ माघ – भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन बनाएको छ ।
पटक पटक जीवनदान पाएका मार्नस लाबुसानेको १०८ रनको मद्दतले अस्ट्रेलिया ठूलै स्कोरतर्फ अग्रसर भएको हो । अस्ट्रेलियाका अन्य खेलाडीहरुमा डेभिड वार्नरले १, मार्कस ह्यारिसले ५, स्टिभेन स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाएका थिए ।
क्यामरुन ग्रीन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये दुबै टिमले १–१ खेल जितेर बराबरीको स्थिति छ । एक खेल भने बराबरीमा समाप्त भएको थियो । बोर्डर–गावस्कर ट्रफी जित्न यो टेस्ट अस्ट्रेलियाले जित्नै पर्दछ ।
भारतका प्रमुख बलरहरु जसप्रित बुमराह र रविचन्द्रन आश्विन घाइते भएकाले दुई जना नयाँ खेलाडीले यस टेस्टमा मौका पाएका छन् । अर्का तिब्र गतिका भारतीय बलर नवदीप सैनी पनि चोटका कारण दोस्रो सत्रबाट मैदानमा देखिएका छैनन् ।
तुलनात्मक रुपमा कमजोर क्षेत्र रक्षण गरेको भारतले शतक प्रहार गरेका मार्नस लाबुसाने समेतका केही क्याच छोडेपछि भारतीय टीम निराश भएको थियो । (रासस–एएफपी)

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै
काठमाडौँ, २ माघ ः प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा
काठमाडौँ, २ माघ ः प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा तीन विकेट गुमाउँदै ९६ रन बनाएको छ । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४५ रन बनाउनुभयो । यस क्रममा उहाँले एक छक्का र चार चौका प्रहार गर्नुभयो ।
यस्तै हरिकृष्ण झा १४ रन बनाएर पवेलियन फर्किनुभयो । उहाँले ४८ बल खेल्दै एक चौका हान्नुभयो । यसैगरी रोहित पौडेलले १० रन मात्र बनाउनुभयो । अहिले कप्तान विनोद भण्डारी र भीम सार्कीले ब्याटिङ गरिरहनुभएको छ ।
यस्तै बलिङतर्फ गण्डकीका लागि यही माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।
दुवै समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ । (रासस)

सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ, २ माघ – सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल
काठमाडौँ, २ माघ – सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो । ब्वाइजतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी गल्र्सतर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् । ब्वाइजतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रोले रु पाँच हजार तथा गल्र्सतर्फ पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु आठ हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ । (रासस)

सिन्धुपाल्चोकको बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान
बाह्रबिसे (सिन्धुपाल्चोक), २ माघ -भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म
बाह्रबिसे (सिन्धुपाल्चोक), २ माघ -भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माण शुरु भएको थियो । खेलमैदान निर्माणका लागि तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले पहल गर्नुभएको हो ।
चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरका नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत सम्पन्न भएको छ । अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको पर्खाल निर्माण गर्न करिब रु १० करोड नै खर्च भएको छ । विभागले रु सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३/२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो ।
भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन । निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताउनुहुन्छ । भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार भएको छ । पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको हो । खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवावर्ग खुसी भएका छन् ।
भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर उचाइको छ । यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो
खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर (दृश्यावलोकन स्तम्भ) समेत निर्माण गरिने योजना छ । योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामै आकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको छ ।
खेलमैदान निर्माणमा अहोरात्र खटिनुभएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्न पोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताउनुहुन्छ । ठूलाका लागि पाँच फिट उचाइ र सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको छ । पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानी झारिएको छ । झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट पौडी पोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ ।
स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतले सहयोग गर्नुभएको छ । स्वास्थ्यचौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेत सहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको छ ।
जिल्लामा खेलकुद एवं खेलाडीको विकास गर्ने उद्देश्यले यो खेलमैदान निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि पहिलोपटक जिल्लाव्यापी फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितमा जिल्लावासीले मात्र भाग लिन पाउने नियम बनाइएको थियो । “जिल्लाका १२ स्थानीय तहमध्ये नौ वटाले भाग लिएको प्रतियोगितका खेलाडीको नागरिकता हेरेर सहभागी गराइयो, जिल्लामा खेलको विकास होस् भन्ने उद्देश्यले जिल्लाका खेलाडी समावेश गरिएको हो, जिल्लाव्यापी अन्तरपालिका स्तरीय खेल गरिएको हो”, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुखसमेत रहनुभएका पूर्वमन्त्री बस्नेतले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा विशेष योगदान दिँदै आउनुभएका उहाँले आफ्ना मातापिता कोमलमायाँ र खड्ग बस्नेतको नाममा स्मृति कप फुटबल प्रतियोगिता आयोजना गर्नुभएको हो । जिल्लाका नौ स्थानीय तहले भाग लिएको प्रतियोगिता हेर्न हजारौँ दर्शक उपस्थित भएका थिए ।
ठूलो पलाँती बाह्रबिसेबाट गौरीशङ्कर हिमाल, विगु गुम्बा, कालिञ्चोकलगायत पर्यटकीय स्थलमा पैदल जाने मार्गसमेत भएकाले खेल पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने भएको छ । बाह्रबिसेबाट छ किमीमाथि पर्ने यो स्थल पैदल मार्गका क्रममा पहिलो आराम गर्ने ठाउँ हो । स्थानीयवासी शेखरबहादुर भण्डारी खेलमैदान बनाउने समयमा दुःख भए पनि बनिसकेपछिको संरचना हेरेर आराम भएको सम्झनुहुन्छ । खेलमैदानका केही संरचना अझै निर्माण गर्न बाँकी छ ।
खेलमैदान निर्माणसँगै वडा कार्यालयसँगको सहकार्यमा सानासाना बालबालिकालाई खेल प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक जना प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ यस्ता खेलमैदानलाई उपयोग गरेर नियमितरूपमा खेल प्रशिक्षण गर्न सहयोग गरिने बताउनुहुन्छ । वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठ खेलमैदानले स्थानीय युवालाई खेल अभ्यास गर्न सहज भएको बताउनुहुन्छ । बालबालिका एवं युवावर्गलाई खेल प्रशिक्षण दिन वडाका तर्फबाट सक्दो सहयोग गरिने उहाँको प्रतिबद्धता छ ।(रासस)

Cricket team announced for PM Cup tournament
Bagmati province has announced the team to represent the province in the Prime Minister Cup
Bagmati province has announced the team to represent the province in the Prime Minister Cup Men’s Cricket tournament. The tournament is being held from coming January 15.
A 25-member team was announced following a closed camp training held for the tournament. The team includes former national captain Paras Khadka and current captain Gyanendra Malla. In the team, Ram Naresh Giri, Rijan Dhakal, Takchak Simkhada and Bishal Phunyal are selected in the team from Makwanpur.
The tournament is being held at the TU Cricket ground and Mulpani Cricket ground from January 15. Seven provinces and three departmental teams are taking part in the tournament. The ten teams have been divided into two groups.

नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीको निधन, आजै दाहसंस्कार गरिने
काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का
काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।
लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहनुभएको थियो ।
सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उहाँ टोलीको महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । शाहीले चार पटक साफ खेल खेल्नुभएको थियो । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उहाँ गोल रक्षक रहनुभएको थियो । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिनुभएको हो ।
उहाँ २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित हुनुभएको थियो । पछिल्लो पटक उहाँ नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहनुभएको थियो । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घको संस्थापक अध्यक्षमा चयन हुनुभएको थियो ।

मेस्सी चम्किएपछि बार्सिलोनाको अपराजित यात्रा कायमै, एउटै खेलमा गरे आर्कषक २ गोल
एजेन्सी । ला लिगाको अर्को खेलमा बार्सिलोनाद्धारा ग्रानाडा पराजित भएको छ । कप्तान लियोनेल मेस्सी
एजेन्सी । ला लिगाको अर्को खेलमा बार्सिलोनाद्धारा ग्रानाडा पराजित भएको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्सिलोनाले शानदार जित दर्ता गरेको हो । खेलको ३५ औँ र ४२ औँ मिनेटमा गोल गर्दै मेस्सी चम्किएको खेलमा ग्रिजमानले पनि आर्कषक २ गोल गर्दै बार्सिलोनाको अपराजित यात्रा जारी राखेका हुन् ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा साबिक विजेता रियल म्याड्रिडले भने ओसासुनासँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ११ खेलमा जितविहीन ओसासुना रेलिगेसन क्षेत्रमा रहेको छ । यससँगै पहिलो स्थानमा रहेको एथ्लेटिकोको ३८ अंक छ भने दोस्रो स्थानमा रहेको रियलको १८ खेलपछि ३७ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ अंक छ ।