‘कांग्रेसले अब कम्युनिष्ट सरकारको सत्ताच्युत गरेरै छाड्छ’

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता किरण गिरीले नेपालको कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक नहुने बताएका छन् । नेता गिरीले आज काठमाडौंको नागाजुर्न
Read Moreरिसाएका खगराजले भने हामीलाई कुहिएको फर्सी भन्ने ओली कुहिएको मोही हुन्
काठमाडौं-प्रधानमन्त्री केपी ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटिका सह(इन्चार्ज खगराज भट्टले कुहिएको मोही जस्तो भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको
Read More
जलवायु परिवर्तनको प्रभावले बालबालिकामा कुपोषण बढ्दो
पेरिस ८ माघ- गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर
पेरिस ८ माघ- गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ । विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी तापक्रम वृद्धि र प्रतिकुल मौसमका कारण न्यून पोषणको समस्या सन् २०१५ पछि बढेको बताइएको छ ।
संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार सन् २०१९ मा विश्वका पाँच वर्ष मुनिका १४ करोड ४० लाख बालबालिकामा लामो समयसम्म खानामा अत्यधिक पोषण तत्वको कमीका कारण स्वभाविक शारीरिक विकास हुनसकेको छैन । त्यस्तै थप चार करोड ७० लाख बालबालिकाको खानामा न्यून पोषण तत्वको कारण स्वभाविक शारीरिक विकास प्रभावित भएको छ ।
बढ्दो क्षेत्रहरूमा आवश्यक पोषक तत्वहरूको कमीले यो शताब्दीको मध्यसम्ममा १० अरब मानिसहरूलाई उचित भोजन व्यवस्थापन क्षमतामा चुनौती आउनसक्ने विज्ञहरूले बताएका छन् । हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भर्मन्ट विश्वविद्यालयको नेतृत्वको अनुसन्धानकर्ताहरूको एक टोलीले एशिया, अफ्रिका र दक्षिण अमेरिकाका निम्न आय भएका १९ देशहरूका पाँच वर्षमुनिका एक लाख बालबालिकाहरूको विविध खानाको परीक्षण गरेको र यसलाई ३० वर्षको तापक्रम र वर्षाको तथ्याङ्कसँग जोडेर हेरिएको बताइएको छ ।
उनीहरूले अध्ययन गरिएको छ मध्ये पाँच क्षेत्रहरूमा उच्च तापमान आहारको गुणस्तरमा उल्लेखनीय कटौतीसँग सम्बन्धित रहेको पाइएको बताएका छन् । वातावरणीय अनुसन्धानमुलक प्रतिवेदन प्रकाशित गर्दै उक्त टोलीले मौसम परिवर्तनले बाल विकासमा विश्वले गरेको ठूलो प्रगतिलाई अवरोध पु¥याउनेतर्फ सचेत गराएको छ ।
“पक्कै पनि, भविष्यको जलवायु परिवर्तनले कुपोषण समस्यालाई थप प्रभावित गर्ने पूर्वानुमान गरिएको छ तर आश्चर्यको कुरा उच्च तापक्रमका कारण अहिले नै कुपोषणको समस्या थप जटिल भएको देखिएको छ,” भर्मन्टका पोषण र खाद्य सेवाका सहायक प्राध्यापक मेरीडिथ नाइल्सले भन्नुभयो ।
गहन प्रभाव
यस अध्ययनले विशेष गरी आहार विविधता र सूक्ष्म पोषकतत्वको मापन गर्ने राष्ट्रसंघीय एकाइद्वारा सङ्कलित आहार विविधतामा ध्यान दिएको बताइएको छ । फलाम, फोलिक एसिड र जिङ्क, साथै भिटामिन ए र डी जस्ता सूक्ष्म पोषण तत्वहरू बच्चाको शारीरिक र मानसिक विकासको लागि महत्वपूर्ण हुन्छन् । बढ्दो कार्बन प्रदूषणले गहुँ, चामल, भटमास, सिमी तथा फलफूल लगायतका धेरै बालीहरूमा यी आवश्यक सूक्ष्म पोषकतत्वहरूको तह घटाउने गरेको अध्ययनले देखाएको छ ।
औसतमा, अध्ययनमा समावेस भएका बालबालिकाहरूले सम्भावित १० मध्ये ३.२ ले मासु र माछा, अन्न र गाढा प्रकारका पातका सागहरू जस्ता खाद्यान्न समूहहरूबाट बनेका खानाका परिकारहरू अध्ययनको अघिल्लो २४ घण्टामा खाएका थिए । अध्ययनका शिलशिलामा चिनियाँ बच्चाहरूले उक्त खाना समूहको सङ्ख्याभन्दा दोब्बर अर्थात् औसत ६.८ प्रतिशतभन्दा बढी खाने गरेको भेटिएको थियो । यो विकसित मुलुकको हकमा पनि मिल्दोजुल्दो आँकडा हो । बढी तापक्रम रहेको र मौसमको अनियमित संरचना रहेको क्षेत्रमा बाल आहार विविधतामा गहिरो र अल्पकालीन–दीर्घकालीन प्रभाव रहने अध्ययनले बताएको छ ।
उच्च तापक्रमले बाल पोषण सेवनलाई असर गर्ने विश्वव्यापी रूपमा महत्वपूर्ण मानिएका मुख्य बालीहरूको उत्पादन र पशुपालन उत्पादकता घटाउने गर्छ । यी दुबै बाल पोषण सेवनलाई असर पार्ने खाद्य स्रोतहरू हुन् । साथैे बढी तापक्रमको प्रभावका कारण गर्मी मौसममा गर्भ बोक्ने तथा गर्मी स्थानमा बस्ने एक महिलाले औषतभन्दा कम शिशुको जन्म दिन सक्छिन् ।
अध्ययनमा सम्लग्न अनुसन्धान्नमुलक लेखका लेखकहरूले कुनै पनि देशको सरकारहरूलाई सबै भन्दा कमजोर बच्चाहरूको लागि आहार सुधार गर्ने योजनाहरूमा मौसम परिवर्तनलाई पनि समावेश गर्न आग्रह गरे ।“यो विश्वव्यापी अनुसन्धानमा हामीले बारम्बार फेला पार्दछौं,” भर्मोन्टको पर्यावरण संस्थानका लागि गुन्ड संस्थानका विश्वविद्यालयका निर्देशक तथा अध्ययन प्रतिवेदनका सह–लेखक टेलर रिकेट्सले भन्नुभयो । “हाल विश्वमा देखिएको वातावरणीय प्रदुषण र जलवायु परिवर्तनले विगत ५० बर्षको प्रभावशाली विश्वव्यापी स्वास्थ्य लाभलाई कमजोर पार्न सक्ने क्षमता राख्छ,” उहाँले थप्नुभयो । (रासस÷एएफपी)

लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
टीकापुर, ८ माघ- कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका
टीकापुर, ८ माघ- कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो भनेर कचकच सुनाउँछन् ।
छोराको आसमा सात पटकसम्म गर्भ परीक्षणपछि भु्रण हत्या गराइसकेकी यी महिलालाई अब गर्भवती बन्ने इच्छा पटक्कै छैन तर छोरा चाहियो भन्ने कचकचले भने छाडेको छैन । “गर्भावस्थामा निकै कमजोर हुन्छु, छोरी राम्रा छन्, पढाइमा पनि राम्रै तर पतिले छोरा नभइ हुन्न भन्नुहुन्छ”, उनी भन्छिन्, “मैले सातपटकसम्म गर्भपतन गराइसकेँ, आजभोलि नियमित रगत बगिरहेको छ । अब त स्वास्थ्य पनि के रहला ? तर फेरि पनि छोरा जन्माउनु छ, पतिले मान्नेवाला छैनन् ।”
कैलालीकै अर्की महिलाको पहिलो सन्तान छोरी छिन् । उनलाई पनि अर्काे सन्तान छोरा चाहिएको छ । घरपरिवार र पतिले पनि अब छोरी नजन्माउने भनेका छन् । एक्काइस वर्षमा पहिलो छोरी पाएकी यी महिलाले ३१ वर्ष पुग्दासम्म गर्भ परीक्षणपछि पाँचौँपटक गर्भपतन गराइसकेकी छिन् । उनले पाँच पटकसम्म भारतमा गएर गर्भपतन गराएकी हुन् ।
“शुरुमा दुई पटकसम्म त म पनि सहमत थिएँ, एक छोरी छिन्, एक छोरा पाऊँ भन्ने थियो, तर पछि यो कार्य निरन्तर भयो”, उनी भन्छिन्, “अहिले त चिकित्सकले पाठेघरमा घाउ छ भनेका छन्, अब सन्तान जन्मन नसक्ने जोखिम बढेको छ । पारिवारिक र सामाजिक दबाबले मैले स्वास्थ्य बिगारेँ ।” उनलाई अहिले अब पतिले दोस्रो विवाह गर्छन् कि भन्ने तनावले पिरोलेको छ । “म भर्खर विवाह गर्ने उमेरमा पुगेकी छु, मेरो स्वास्थ्य पनि बिग्रिसक्यो, पतिले पनि खासै वास्ता गर्दैनन्”, उनले चिन्ता व्यक्त गरिन्, “म त बर्बाद भएछुजस्तो लाग्छ । छोरा नपाए त मैले दुःख पाउँछु । अब पाठेघरको समस्या ठीक नभए के होला ?”
महिला पटकपटक गर्भपतन गर्दा शारीरिक र मानसिकरूपमा निकै कमजोर भइरहेका छन् । छोराछोरी समान हुन्, समान व्यवहार गर्नुपर्छ भने पनि अझै समाजमा छोरा नै हुनुपर्छ भन्ने मानसिकता बोकेका केही परिवारका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पटकपटकको गर्भपतनपछि समस्या भोगेकी अर्की महिलाको पीडा झन् पीडादायी छ । दुई छोरीकी आमा उनी भर्खर ३३ वर्ष लागिन् । चौध वर्षको कलिलो उमेरमा विवाह गरेकी उनका विवाहलगत्तै तीन छोरी जन्मिए । दुई छोरी किशोरावस्थामा पुगिसके, एक छोरी बिरामी भएर बितिन् । शुरुमा उनका पतिले छोरा चाहिन्न, यिनै सन्तान हुन् भनेर राम्रै व्यवहार गरे तर केही वर्षयता उनको व्यवहार फेरियो । “पतिले सन्तान चाहियो, छोरीहरु त विवाहपछि पराइघर जान्छन् भन्न थाले, अनि म दुई पटकसम्म गर्भवती भएँ, परीक्षण गर्दा छोरी भएपछि गर्भपतन गरियो”, उनी भन्छिन्, “अर्कोपटक प्रयास गर्दा गर्भ रहन सकेन, उपचार गर्दा पनि बच्चा रोकिएन, त्यसपछि पतिले दोस्रो विवाह गरेर गए ।”
कक्षा ६ मा पढ्दापढ्दै विवाह गरेकी यिनले न पतिविरुद्ध मुद्दा दायर गरिन्, न त झगडा गर्ने हिम्मत गरिन् । उनले मुद्दा दायर गरे छोरी र उनलाई खर्च नदिने धम्की दिइरहन्छन् । “अब म सन्तान पाउन सक्दिनँ, मुद्दा मामिला गरौँ भने आफ्नो कमाइ छैन, छोरी कसरी पाल्नु, पढाउनु ? उनी कमाउँछन् र घर चलेको छ”, उनले भनिन्, “पेट पाल्नु छ । छोरीको भविष्य पनि बनाउनु छ । मेरा सपनाहरु अब रहेनन् ।”
महिला सन्तान जन्माउने मेसिनका रूपमा प्रयोग भइरहेका महसुस कतिपय महिलाले गरिरहेका छन् । छोराको आसमा महिलाको शरीरमाथि खेल्ने काम भइरहेको छ । सत्र वर्षमा विवाह गरेकी अर्की महिला अहिले शारीरिकरूपमा अस्वस्थ छिन् । तीन छोरीकी आमा उनले पनि छोराको आसमा छ पटकसम्म गर्भपतन गरिन् । छोराको आसमा गर्भपतन गरेकी उनले छोरा होइन, पाठेघर नै फाल्नुप¥यो । स्वास्थ्यमा समस्या भएपछि हाल पतिले पनि वास्ता गर्न छोडे । “पति भारतमा छन्, उनी घर फर्कँदैनन्, मेरो स्वास्थ्य कमजोर छ । म जोखिमपूर्ण काम गर्न पनि सक्दिनँ”, उनले पीडा पोखिन्, “अहिले अर्काको बारीको तरकारी किनेर हाटबजारमा बेच्छु, त्यहीबाट खर्च चलेको छ । छोरीहरुलाई पनि राम्रो शिक्षा दिन सकेको छैन ।”
अंश र वंशको हकदार छोरामात्र हुन् भनी सम्झने समाजमा छोरा चाहिन्छ भन्ने गलत अभ्यास पालेको समाजमा महिलामाथि यस्ता अनेकन हिंसा भइरहेका छन् । छोरा नपाउनुको दोष पनि महिलालाई दिने गर्नाले महिलाले समान दर्जा पाउन नसकेको पनि कतिपय महिलाको बुझाइ छ ।
लिङ्ग पहिचानपछि गर्भपतन गर्नु कानूनीरूपमा अपराध भए पनि प्रविधिको विकासपछि लिङ्ग परीक्षण गरेर गरिने गर्भपतन बढेको छ । भु्रण परीक्षणपछि यसरी गरिने गर्भपतनको न कुनै तथ्याङ्क राख्ने गरिएको छ न त कसैले जोखिम नै व्यहोर्छ । यसरी गरिने गर्भपतनले महिलाको ज्यान पनि जान सक्छ ।
“महिलाले स्वास्थ्यमा समस्या भए वा इच्छाबिनाको गर्भ भएमा गर्भपतन गर्न पाउने अधिकार छ तर गर्भ परीक्षण गरेर गर्भपतन गर्न मिल्दैन”, वरिष्ठ अनमी हेमा ज्ञवाली भन्नुहुन्छ, “यसरी लुकिछिपी गरिने गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा मात्र होइन, ज्यान पनि जानसक्छ ।”
सबैले छोरा नै खोजेमा छोरीहरु कहाँ पाइएलान् ? समाज चलाउन त छोराछोरी दुवै चाहिन्छ । “जन्माउँदा छोरा खोज्ने तर बुहारी असल र शिष्ट खोज्ने चलन छ”, अधिकारकर्मी निर्मला कडायत भन्नुहुन्छ, “सबैले परीक्षण गरेर छोरा मात्र जन्माए पछि बुहारी कहाँ पाइएलान् ? सृष्टि चलाउन त महिला नभइ हुन्न । हरेक कार्यमा महिला अर्थात् छोरी चाहिन्छ ।”
उहाँ छोरीको महत्व बुझाउन नसकेकै कारण समाजले छोरालाई प्रश्रय दिइरहेको छ । “प्रजनन अधिकार महिलाको अधिकारभित्र पर्छ तर कति महिलाले अधिकार प्रयोग गर्न सकेका छन्, यो चिन्ताको विषय भएको छ”, कडायत भन्नुहुन्छ, “छोरीहरु आत्मनिर्भर नभएका कारण पनि महिलालाई बच्चा जन्माउने मेसिनका रूपमा लिने गरिएको छ ।”
गर्भपतनका कारण महिलाको ज्यान जोखिममा पर्नसक्छ । गर्भपतनका कारण अत्यधिक रगत बग्ने, पाठेघरमा घाउ हुने तथा पाठेघरको मुख खुकुलो हुने, बाँझोपनको समस्या हुनसक्ने, रक्तअल्पता हुने, शरीर कमजोर हुने, एक्लोपन महसुस हुने, जीवन बोझ लाग्ने, एक्लै बस्न रुचाउने र आत्महत्या गर्न मनलाग्ने जस्ता मानसिक असर देखापर्ने टीकापुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा गौरी रिजाल बताउनुहुन्छ ।
“अत्यधिक रक्तश्रावका कारण महिलाको ज्यानसमेत जान सक्छ । अर्को बच्चा नरहन सक्छ, गर्भपतनले महिलालाई फाइदा गर्दैन । सबैतिरबाट बेफाइदा नै हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ”, स्त्रीरोग विशेषज्ञ डा रिजाल भन्नुहुन्छ, “सरकारले तीन महिनासम्मको गर्भपतन सेवा निःशुल्क दिने गरेको छ । हामीले भ्रुण परीक्षण गरेर गर्भपतन गर्न अनुमति दिदैनौँ । यहाँ महिनामा तीन÷चार महिला भ्रुणको लिङ्ग छनोटपछि गर्भपतनका लागि आउनुहुन्छ । हामी सेवा दिदैनौँ ।”
टीकापुर अस्पतालले छ महिनासम्मको गर्भपतन सेवा दिन पाउने अनुमति पाएको छ तर यहाँ विशेषज्ञको सेवा नभएका कारण तीन महिनासम्मको मात्र गर्भपतन सेवा दिइने गरिएको छ । टीकापुर अस्पतालबाट महिनामा ५० जना जति महिलाले गर्भपतन सेवा लिइरहेको तथ्याङ्क छ । लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु कानूनी अपराध हो । कुनै विशेष कारणले गर्भपतन गर्नुपरे चिकित्सकको सल्लाहमा आधिकारिक स्वास्थ्य केन्द्रमा मात्रै गर्नुपर्ने कानूनी अधिकार छ । लिङ्ग छनोट गरेर गर्भपतन गर्नेहरु जिल्ला बाहिर सेवा लिन जाने वा भारत सेवा लिन जाने गरेका छन् ।
“गर्भ परीक्षणपछि गर्भपतन गर्दा आर्थिक खर्च पनि बढ्छ, महिलाको स्वास्थ्य पनि जोखिममा पर्छ”, डा रिजाल भन्नुहुन्छ, “हामी त लिङ्ग छनोटपछि आउनेलाई सेवा दिदैनौँ, उहाँहरु अन्त गएर पनि गर्भपतन गर्नुहुन्छ, हामी सम्झाउँछौँ तर मान्नुहुन्न । गर्भपतन महिलाको स्वास्थ्यको वाधक बन्दै गएको छ ।”
कैलालीको अत्तरियास्थित मेरी स्टोप्स सेन्टरको तथ्याङ्क हेर्दा जिल्लामा आव २०७५÷७६ मा ९५८, २०७६÷७७ मा ८६६ र चालू आवको पहिलो चौमासिकमा ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
तथ्याङ्कमा सुदूरपश्चिममा पनि २० वर्षमुनिका सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या घटेको देखाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क हेर्दा आव २०७४÷७५ मा सुरक्षित सेवा लिनेको सङ्ख्या सात दशमलव पाँच प्रतिशत रहेकामा आव २०७५÷७६ मा पाँच दशमलव आठ प्रतिशत र आव २०७६÷७७ मा पाँच दशमलव सात प्रतिशत रहेको छ ।
निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी प्रदेशमा पुरुषको भन्दा महिलाको स्वास्थ्य अवस्था कमजोर रहेको बताउनुहुन्छ । “सानै उमेरमा विवाह गरेर सन्तान जन्माउनु, पोषणयुक्त खानेकुराको कमी, बेरोजगारी, आर्थिक परनिर्भरताका कारण महिलाको स्वास्थ्य कमजोर हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैमाथि गर्भपतन गरेका महिला थप जोखिममा हुने भए ।” प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की लिङ्ग छनोटका आधारमा गरिने गर्भपतन गैरकानूनी भएकाले प्रदेशका कुनै पनि स्वास्थ्य केन्द्रमा यस्तो अवैध काम भए कानूनीरूपमा सजाय दिइने बताउनुहुन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेको सङ्ख्या धेरै भए पनि कानूनी न्यायका लागि उजुरी आउने वातावरण नभएको बताउनुहुन्छ । नेपालमा विसं २०५९ मा गर्भपतल सेवा उपलब्ध गराउनका लागि कानूनी व्यस्था भएको थियो । विषेश अवस्थामा गर्भपतन गर्न पाइने कानूनी व्यवस्था भए पनि यहाँ गर्भपतन मनपरी हुँदा महिलाको स्वास्थ्य जोखिममा परेको हो । गर्भपतन सेवा सूचीकृत स्वास्थ्य संस्थाले मात्र दिन पाउने व्यवस्था गरिएको छ तर लुकीछिपी गरिने गर्भपतन समस्या बन्दै गएको छ ।
नेपालको संविधानको धारा ३८ को उपधारा (१) मा प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ भनी उल्लेख छ । त्यसको उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा (८) को खण्ड (क) मा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भू्रणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद सजायको व्यवस्था छ ।
त्यसैको खण्ड (ख) मा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद हुनेछ भनिएको छ । उपदफा (३) को खण्ड (क) मा बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र रु १० हजार जरिवाना, खण्ड (ख) मा १२ हप्तादेखि २५ हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना र खण्ड (ग) मा २५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
छोरी जन्मनुको दोष महिलालाई दिने प्रचलन नेपालमा अझै छ । गर्भको बच्चाको लिङ्ग मानव शरीरको क्रोमोजमले निर्धारण गर्दछ । “तर हाम्रो समाजले छोरी जन्माएको दोष महिलालाई दिन्छ, पुरुष निर्दोष सावित हुन्छ”, उहाँ भन्नुहुन्छ, “सन्तानलाई बराबरी व्यवहार र हेराइ नभएसम्म सन्तान जन्माएकै कारण महिलाले सहनुपर्ने हिंसा रहिरहनेछ ।” (रासस) :

यसकारण हुन्छ आ,त्मह,त्या, सातौँ स्थानमा नेपाल
स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी आ,त्मह,त्या हुने मध्ये सातौँ स्थानमा पर्ने देश
स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी आ,त्मह,त्या हुने मध्ये सातौँ स्थानमा पर्ने देश हो नेपाल । विश्वमा को,रोना म,हामारी फैलिएको केहि समय पछि देशमा भएको लकडाउन अवधिभर मात्रै ११ सय बढि मानिसले आ,त्मह,त्या गरेको तथ्याङ्क केन्द्रिय प्रहरी विभागले सार्वजानिक गरेको थियो ।
पछिल्लो समय विभिन्न किसिमका रो,गहरुका कारण मानिसहरुको जीवनशैली समस्यामा पर्ने गरेको छ । यस मध्ये डि,प्रेशन सबै भन्दा धेरै मानिसमा देखिएको समस्या हो ।
डि,प्रेशन, मा,नसिक रो,ग र देशमा बढो क्रममा रहेको आ,त्म,ह,त्या बीचको सम्बन्धका विषयमा हामीले बि.जी. अस्पताल पोखराका मनोरोग विशेषज्ञ डा. निर्मल लामिछाने संग प्रश्न गरेका थियौं । यस बारे खुलस्त पार्दै उहाँले भन्नु भएका महत्वपुर्ण कुराहरु भिडियोमा हेर्नुहोस् ।
ढल्यो एउटा बलियो खम्बा, कृष्ण कंडेल पनि ढोगेर गरे अन्तिम बिदाइ (भिडियोसहित)
काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।
तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।
बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । बानियाँको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बिजीले बताए ।
लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन् ।

डम्पिङ साइटबाट निस्कने फोहरको दुर्गन्धले स्वास्थ्यमा नकारात्मक असर
वाग्मती, ७ माघ – हेटाँैडा उपमहानगरपालिका क्षेत्रभित्रको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा फैलिएको दुर्गन्धका कारण
वाग्मती, ७ माघ – हेटाँैडा उपमहानगरपालिका क्षेत्रभित्रको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा फैलिएको दुर्गन्धका कारण वरपरको वातावरणीय प्रदूषण बढ्नुको साथै जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । हेटौँडा बजार क्षेत्र नजीक डम्पिङ साइट रहेकाले बजारको सौन्दर्यमा समेत असर परेको व्यापक गुनासो पाइएको छ ।
वन विज्ञान अध्ययन संस्थानको पश्चिम तथा उत्तरपट्टीको वन क्षेत्र र राप्ती खोला नजिकैमा फोहर राख्ने डम्पिङ साइटका कारण राप्ती खोला तथा आसपासका बस्ती समेतमा समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ । डम्पिङ साइटमा पटकपटक हुने आगलागीबाट उत्पन्न वायु प्रदूषणले स्थानीयवासी थप मारमा परेका छन् ।
बजारभित्रका घर, होटल, पसल तथा उद्योग व्यवसायबाट फोहर सङ्कलन गरी थुपारिएको ठाउँमा आगलागी हुँदा बजार क्षेत्रसम्म दुर्गन्ध फैलिने गरेको छ । डम्पिङ साइटबाट निस्कने फोहरको दुर्गन्ध तथा प्रदूषणले उपमहानगरपालिका–११ स्थित सिमलटारको एक हजार ५०० घरधुरीलाई प्रत्यक्ष असर परेको बताइएको छ । सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले त्यहाँबाट डम्पिङ साइट हटाएर बस्तीभन्दा टाढा लैजानु पर्ने बताउनुहुन्छ ।
त्यसैगरी पटकपटक डम्पिङ साइटमा हुने आगलागीबाट निस्कने प्रदूषणले न्यूरेनी, सिमलटार, चाइना क्वाटर, डागङ्डुगे, थानाभञ्याङ नयाँबस्ती १४ घरे, कर्रा, भूटनदेवी मन्दिर टोल, वन क्याम्पसलगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको जनगुनासो रहेको छ । साथै आगलागीले गर्दा त्यहाँका बस्ती नै जोखिममा रहेको बताइएको छ । डम्पिङ साइट बजार एवं बस्ती नजिकै भएकाले त्यसलाई अन्यत्र सानुपर्ने न्यूरेनीका समाजसेवी रामप्रसाद भण्डारीको भनाइ रहेको छ ।
यसैगरी भुटनदेवी मन्दिर टोल विकास संस्थाका स्थानीयवासी सविन माक्तानले डम्पिङ साइटलाई व्यवस्थित गरेर तारबार गर्नुपर्ने बताउनुभएको छ । फोहरमा हुने आगलागीलाई नियन्त्रण नगरेमा त्यहाँबाट निस्कने प्रदूषणले बालबालिका तथा वृद्धवृद्धाको श्वासप्रश्वास र स्वास्थ्यमा असर पर्ने उहाँको भनाइ छ । शहरीकरण, बढ्दो जनसङ्ख्या र बसाइँसराइले गर्दा उपमहानरपालिकाबाट उत्पादित फोहरको परिणाम दिन प्रतिदिन बढ्दै गएको छ ।
केही दिनअघि डम्पिङ साइटमा तीन दिनसम्म आगलागी हुँदा हेटौँडा उपमहागनगर पालिकाको दमकले आगो नियन्त्रण गर्नु परेको थियो । प्रदूषित धुवाँ र गन्ध आउने कारणले कोठा थुनेर बस्दा समेत घरमा बस्ने अवस्था थिएन । यो समस्या पटकपटक आइरहेको हेटाँैडाका बासिन्दाको गुनासो छ भने हेटौँडा उपमहानगरपालिकालाई पनि फोहरको दिगो व्यवस्थापन कसरी गर्ने चिन्ताले सताएको छ ।
वन विज्ञान अध्ययन संस्थानको १५८ बिघा जमीनमा कार्यालय भवन सङ्ग्रहालय, खेल मैदान, होस्टल र क्वाटर तथा अन्य भागमा वन जङ्गल रहेको छ । हाल त्यसको पछाडिपट्टी वन क्षेत्रमा डम्पिङसाइट अर्थात हेटाँैडाको फोहर फाल्ने गरिएको छ । त्यो डम्पिङसाइटसँगै राप्ती खोला बगेको छ ।
डम्पिङ साइटमा राख्ने फोहर पानी, सडेगलेका अन्नपात, लुगा कपडा, प्लाष्टिक र अन्य मरेर सडेगलेका जीवजन्तुको हाडखोरलगायत अन्य प्रदूषित सामग्रीले खोलाको अवस्था सङ्कटमा परेको पाइएको छ । होहरले खोलाको पानी पानी प्रदूषित भएको छ । पानीको प्रदूषणले कृषिबाली, खानेपानी तथा नुहाउनेलगायतको काममा समस्या भएको छ । प्रदूषणलाई नियन्त्रण गर्न डम्पिङ साइटलाई खोलाभन्दा टाढा लैजानुपर्ने स्थानीयवासी हरिप्रसाद रिजालले बताउनुभयो । तत्कालै सार्ने पर्र्ने अवस्था नभए त्यसलाई व्यवस्थित गर्नु पर्ने उहाँको भनाइ छ ।
यता जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल डम्पिङ साइटबाट आएको दुर्गन्धित फोहर तथा दूषित पानीबाट राप्ती खोलालाई जोगाउनु पर्ने बताउनुहुन्छ । खोलाबाट हुने गिटी बालुवाको उत्खनन रोक्नुपर्ने आवश्यकता रहेको रिजालको भनाइ छ । गैरकानूनी रुपमा गिटी बालुवाको ढुवानी गर्ने व्यक्ति तथा संस्थालाई जरिवाना गरेर छोड्ने प्रवृत्तिले अवैध काम नरोकिएको प्रमुख पौडेल भन्नुहुन्छ ।
वन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र रहेका मृग र चित्तल डम्पिङ साइटमा जाँदा छाडा तथा भुस्या कुकुरले मार्ने गरेको संस्थानका प्रमुख विजय यादवले जानकारी दिनुभयो । एकहप्ता अगाडि दुई वटा चित्तललाई कुकुरले मारेको भन्नुभयो । डम्पिङ साइटमा भुस्या कुकुर धेरै रहेको, चित्तल देख्नासाथ आक्रमण गर्ने गरेको उहाँको भनाइ छ । विगतमा सो अध्ययन संस्थानको वनमा १५० भन्दा बढी मृग तथा चित्तल रहेको थियो । असुरक्षाको कारण त्यसको सङ्ख्या घटदै गएको प्रमुख यादवले भन्नुभयो ।
विसं २०२४ मा भारत सरकारबाट निर्माण गरिएको सो अध्ययन संस्थानको भौतिक पूर्वाधारको मर्मतसम्भारको अभावका कारण पर्खाल भत्केको र ठाउँठाउँमा तारबार टुटेको छ । अतिक्रमणले वन जङ्गलको क्षेत्र घटदै गएको र अनधिकृत व्यक्तिको प्रवेशले चित्तल, मृगजस्ता वन्यजन्तु मारिने समस्या बढेको छ ।
डम्पिङ साइट र मृग तथा चित्तल मारिएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आवश्यक जानकारी लिनुभएको प्रमुख यादवले जानकारी दिनुभएको छ । डम्पिङ साइटका कुकुरको हुल त्यहाँ वन अध्ययन संस्थानको हाताभित्र आउने गरेको बताइएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन घिमिरेले सङ्कलित फोहर फाल्ने अर्थात डम्पिङ साइटको उचित व्यवस्थापन आवश्यक रहेको बताउनु भएको छ ।
हाल हप्ताको दुई पटक प्रत्येक वडा र टोलबाट उपमहानगरपालिकाले फोहर सङ्कलन गर्ने गरेको छ । मघेश आन्दोलन पश्चात् खासगरी बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा र महोतरी जिल्लाका धेरै मानिस हेटौँडामा बसाइँसराइ आएका छन् । अहिले यहाँ वाग्मती प्रदेशको राजधानी समेत घोषणा भई कार्यान्वयन भइसकेको र शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राम्रो भएकाले जनसङ्ख्या वृद्धि स्वभाविक रहेको वडाध्यक्ष नवीन सिग्देल बताउनुहुन्छ ।
हेटौँडा औद्यौगिक व्यवस्थापन क्षेत्रमा रहेको १११ उद्योग, सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग, रिद्धिसिद्धी सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र एशिएन पेन्टस्लगायतका उद्योग र कलकारखानाले रोजगारी तथा जनसङ्ख्या बढेको छ । रोजगारीका लागि भारतबाट समेत मजदूर आउने गरेको छ । यस सबैलाई ध्यानमा राखी उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरलाई प्रदूषणमुक्त तथा हराभरा बनाउने अभियानअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको जानकारी दिनुभयो । हेटाँैडालाई प्लास्टिकमुक्त क्षेत्र घोषण गरिएअनुरुप कालो प्लास्टिक प्रयोग तथा बिक्री बन्द भई सेतो प्लास्टिक प्रयोगमा ल्याइएको छ । रासस

सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु
सप्तरी, ७ माघ- सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा
सप्तरी, ७ माघ- सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताइएको छ ।
सप्तकोशी नगरपालिकास्थित स्वास्थ्यचौकी फत्तेपुरमा २४ घण्टे आकस्मिक सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख उत्तम शर्माले बताउनुभयो । यसअघि पाँच श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु भएपछि सप्तकोशी नगरपालिकाको ११ वटै वडा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी गढी र बेलका नगरपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने स्वास्थ्यचौकी प्रमुख राजकुमार दासले जानकारी दिनुभयो ।
नगर प्रमुख शर्माले चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याइने बताउनुभयो । नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको र फागुनभित्र शिलान्यास गरिने नगर प्रमुख शर्माले प्रतिबद्धता जनाउनुभयो । शर्माले भन्नुभयो, “अस्पतालका लागि चाहिने आवश्यक उपकरण स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने आश्वासन दिएको छ ।” कुनै पनि व्यक्ति पैसा र सवारी साधनको अभावमा आकस्मिक सेवा लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले २४ घण्टे आकस्मिक सेवा कार्यक्रम शुरु गरिएको नगरपालिकाकी उपप्रमुख आशा चौधरीले बताउनुभयो । (रासस)

महिलामा मात्र नभई पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर
पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ
पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ ।
अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा। उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताए ।
उहाँका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ ।
अर्का अन्कोलोजिस्ट डा। अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताए । उनका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछन्, जसले गर्दा पुरुषको मृत्युदर उच्च हुन्छ ।
६० देखि ७० वर्षका पुरुष स्तन क्यान्सरको उच्च जोखिम समूहमा पर्छन् । उनले कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुने बताए । यसबाट पीडित हुने पुरुषको यकिन तथ्याङ्क नभए पनि बर्सेनि करिब १० जनाको शल्यक्रिया हुँदै आएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०को प्रतिवेदनअनुसार क्यान्सरका बिरामीको सङ्ख्या अहिलेकै दरमा बढ्दै जाने हो भने आगामी सन् २०३० सम्म संसारमा ७५ वर्ष उमेर पुग्नुअघि नै पाँचमध्ये एक जना पुरुषलाई स्तन क्यान्सर हुनेछ । साथै आठमध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुनेछ ।

भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु
चितवन, ६ माघ- भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा
चितवन, ६ माघ- भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पता विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उहाँले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताउनुभयो ।
निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले साधारण सेवाबाट शुरु गर्छाैं, पछि विशिष्ट सेवा दिन्छौं ।” हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उहाँले बताउनुभयो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३आँैं विभागको रुपमा आँखा विभाग स्थापना भएको बताउनुभयो ।
यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । (रासस)

ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ, ६ माघ -जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ
खोटाङ, ६ माघ -जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो ।
वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा संयोजक पवन पोखरेलले जानकारी दिनुभयाो । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था गर्न गाउँपालिकाको तर्फबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य उहाँले बताउनुभयो ।
स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः सबै वडामा विस्तार गरिने छ”, उहाँले भन्नुभयो, “अभियानका क्रममा गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउन उनीहरुको तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको छ ।”
गाउँपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका स्थानीय बासिन्दा यसअघिसम्म घण्टौँ पैदल हिँडेर चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका थिए ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दा स्वास्थ्य जाँच गराउनकै लागि छिमेकी जिल्ला उदयपुरको गाईघाट धाउनुपर्ने बाध्यता छ । राष्ट्रिय सडक सञ्जालको पहुँचसमेत नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय हिउँदको समयमा भने यातायात सञ्चालन हुन थालेको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि विशेष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवतीका लागि आइरन चक्की घरैमा उपलब्ध गराउनुका साथै यातायात भाडामा छुट दिँदै आएको छ । हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले गर्भवतीको निःशुल्क गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उक्त दुई स्थानीय तहले स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँच गर्ने सुविधा विस्तार गर्न वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको हो ।(रासस)

वीर अस्पताललाई ‘हेल्थ डेस्क क्लिनिक’ हस्तान्तरण
काठमाडौँ, ५ माघ – वीर अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेस्क क्लिनिक ९ज्वरो नाप्ने कोठा०
काठमाडौँ, ५ माघ – वीर अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेस्क क्लिनिक ९ज्वरो नाप्ने कोठा० अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिड–१९ को महामारी फैैलिएसँगै हेल्प नेपाल नेटवर्क, न्यू डाइमेन्शन तथा रत्नाग्य संस्थाको सहयोगमा निर्माण गरिएको उक्त क्लिनिक आज औपचारिकरुपमा वीर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको विषयमा जानकारी प्रदान गनुपर्ने तथा कोभिड–१९ को सङ्क्रमित छुट्याउनुपर्ने भएकाले वीर अस्पतालमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्कका सचिव लता घिमिरेले जानकारी दिनुभयो ।
हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार गरेर सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ । उक्त ज्वरो नाप्ने कोठा रु तीन लाख ७५ हजार लागतमा निर्माण गरिएको रत्नाग्य संस्थाका उपाध्यक्ष खड्क केसीले जानकारी दिनुभयो । उहाँले कुनै पनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गर्नुभएको छ । (रासस)

नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण
भजनी, ५ माघ- नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।
भजनी, ५ माघ- नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले संयुक्त रुपमा अस्पताललाई शव वाहन हस्तान्तरण गरेका हुन् ।
समूहका संयोजक सञ्चारकर्मी प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउदले शव वाहनको साँचो अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई आइतबार हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकामा खुशी लागेको र आगामी दिनमा टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष रावलले शव वाहन खरिद गरी हस्तान्तरण गरेकामा दुवै संस्थालाई धन्यवाद दिँदै स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औल्याउँनुभयो । टीकापुर क्षेत्रमा शव वाहन नहँुदा समस्या हुँदै आएको थियो । अब भने पहिलेको जस्तो ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यताको अन्त्यभएकोे छ ।

एचआइभी एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षीया अमैयाको एचआइभीले लियो ज्या,न
राजविराज, ५ माघ- सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृ,त्यु भएको छ ।
राजविराज, ५ माघ- सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृ,त्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिनुभयो ।
एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृ,त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो ।
उहाँका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृ,त्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृ,त्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ । (रासस)

ऐलोपेथिक उपचारबाट हैरान भएका बिरामीको होमियोपेथिकतर्फ आकर्षण बढ्दो
विराटनगर, ४ माघ – ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोपेथिकतर्फ आकर्षित भइरहेका छन् । दीर्घ
विराटनगर, ४ माघ – ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोपेथिकतर्फ आकर्षित भइरहेका छन् । दीर्घ किसिमका रोगले ग्रस्त भएका मानिस होमियोपेथिक उपचारबाट निको भएर सामान्य जीवन बिताइरहेको कुरा सुनेर खुशी लागेको होमियो चिकित्सक डा आविद हुसेनले बताउनुभयो । उहाँ लामो समयदेखि विराटनगरस्थित ज्योति होमियो क्लिनिकमा सेवा प्रदान गर्दै आउनुभएको छ ।
ऐलोपेथिक उपचारबाट निराश भएका मानिस आउने गरेका उहाँले बताउनुभयो । त्यति बेलासम्ममा रोगले मानिसलाई पूर्णरुपमा च्यापिसकेको हुनाले उपचारमा ढिलाइ हुने डा आविदको भनाइ छ । उपचारबाट सन्तुष्ट हुने मानिसले आफ्ना छरछिमेकमा कुरा गर्दा यसको प्रचारप्रसार बढी हुने गरेको र उपचार गराउन आउने मानिसकै सङ्ख्या पनि बढ्न थालेको उहाँको अनुभव छ ।
खासगरी, जाँड, रक्सी, चुरोट, खैनी नखाने मानिसलाई यो औषधिले छिट्टै काम गर्ने उहाँले बताउनुभयो । दम, ग्यास्ट्रिक, पित्तथैली तथा मिर्गौलामा हुने पत्थरी, टाउको दुख्ने, शरीरमा मुसो निस्कने, सेतो दाग निस्कने, महिलाको आन्तरिक रोग जस्ता धेरै रोगको उपचार यो पद्दतिबाट हुने गरेको चिकित्सक बताउँछन् ।
विराटनगर महानगरपालिका– २ मा होमियोपेथिक उपचार गरिरहनुभएको डा नरहरि थपलियाले होमियापेथिकबाट सबै किसिमका पुराना रोगको उपचार हुने जानकारी गराउनुभयो । “म कहाँ खासगरी पुराना रोगमा पेट सम्बन्धिका बिरामी, मानसिक रोग, चर्म रोग भएका आउने गरेका छन्”, उहाँले भन्नुभयो ।
होमियोपेथिक उपचार गराउने बिरामीहरुले आफ्नो रोगअनुसार नियमित तीन देखि चार महिनासम्म औषधि खानुपर्ने उहाँ बताउनुहुन्छ । होमियोपेथिक उपचार गराउन बिरामी धनकुटा, तेह्रथुम, झापा, सुनसरीबाट समेत आउने गरेका डा थपलियाले जानकारी गराउनुभयो ।(रासस)

कोरोनाको उपचारमा अचुक बन्दै आयुर्वेदिक औषधि, यसो भन्छन् बिरामी
डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन्। सोही अस्पतालमा कार्यरत डा.श्रेष्ठ गत
डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन्। सोही अस्पतालमा कार्यरत डा.श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए।
‘मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,’ उनले भने। श्रेष्ठकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हुँदा पनि आयुर्वेदिक औषधिले निको भयो।
यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।
‘म एलोपेथिक चिकित्सक हुँ, तर कोरोनाकालमा आयुर्वेदिक औषधि धेरै सङ्क्रमितलाई वरदान हुन पुगेको छ । कतिले विश्वास गर्छन्, कतिले गर्दैनन् । मेरो लागि आयुर्वेदिक औषधिले धेरै सुधार ग¥यो । म अरूलाई पनि आयुर्वेदिक औषधि प्रयोगका लागि भन्ने गर्छु,’ श्रेष्ठले भने।
श्रेष्ठजस्ता धेरै एलोपेथिक चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत कोरोनाको औषधिका रूपमा आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफूले पनि आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्दै अरूलाई प्रयोग गर्न सुझाव दिए।
आयुर्वेदिक औषधिले आफूलाई धेरै राम्रो गरेको जानकारी दिँदै उनले उक्त औषधि प्रयोग गर्न अरू सङ्क्रमितलाई पनि सुझाव दिए।
त्यसो त नरदेवी आयुर्वेदिक चिकित्सालयबाट हालसम्म ७० हजार व्यक्तिले कोरोना उपचारका लागि औषधि लगिसकेका छन्। ‘हाम्रो तथ्याङ्कमा ६० हजार जनाले औषधि लगेका छन्, यो तथ्याङ्कबाहेक २० हजार जनाले आयुर्वेदिक औषधि प्रयोग गरेका छन्,’ नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा.प्रदीप केसीले भने।
चिकित्सक, नर्स, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, नेता सबैले कोरोना उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको केसीको भनाई छ। नरदेवीमा नै उत्पादन गरेको ज्येष्ठवासादी मिश्रण औषधि कोरोना निको बनाउन सहयोगी भएको उनको दाबी छ।
कोरोना कोषबाट अस्पताललाई प्राप्त एक करोड रुपियाँबाट उक्त औषधि निःशुल्क वितरण गरिएको थियो । डा.केसीका अनुसार एक केजी आयुर्वेदिक औषधि बनाउन अस्पतालले एक हजार तीन सय रुपियाँ खर्च गरेको थियो।

चार वर्षदेखि काठमाडौँमा डायलासिस गराएका दुवै मृगौला पीडित कृष्ण खत्री उपचारमा आर्थिक अभाव
काठमाडौ । दुवै मृगौला पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका ५२ वर्षीय कृष्ण खत्री । चार
काठमाडौ । दुवै मृगौला पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका ५२ वर्षीय कृष्ण खत्री । चार वर्षदेखि वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा डायलासिस गराइरहनुभएका खत्रीको उपचारमा आर्थिक अभाव भएको छ ।
माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्ने बढे
दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न माघीको अवसरमा सङ्ग्रहालय पुग्नेको भीडभाड बढेको हो । दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित सङ्ग्राहलय पुग्नेको सङ्ख्या थामी नसक्नु रहेको महतवा महासङ्घका केन्द्रीय अध्यक्ष तथा सङ्ग्राहलय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहनुभएका चौधरीले भन्नुभयो, “हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन यो सङ्ग्राहलयलाई निर्माण ग¥यौँ, अहिले कला, संस्कार, संस्कृति बुझ्न माघीको अवसरमा यहाँ आउनेको सङ्ख्या निकै धेरै रहेको छ ।” माघ १ गते करिब तीन हजारको हाराहरीमा सङ्ग्राहलय अवलोकन गरेको थियो भने माघ २ गते करिब पाँच हजारले अवलोकन गरेको उहाँले जानकारी दिनुभयो । माघीको अवसरमा झनै धेरैले अवलोकन गरेको उहाँको भनाइ छ ।
थारू समुदाय मात्रै नभई हरेक समुदायले थारू सङ्ग्रहालय अवलोकन गर्ने गरेको भन्दै यसले थारूको कला, संस्कृति, परम्परा जीवन्त राख्न मद्दत पुग्ने उहाँको भनाइ छ । सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री राखिएका छन् । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।
थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको प्रदेशसभा सदस्य चौधरीले बताउनुभयो ।
सङ्ग्रहालय राना, डंगौरा, देउखुरी, चितवन, कैलाली, कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याएको उहाँको भनाइ छ । यसलाई थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बनाउने गरी तयारी थालिएकोसमेत उहाँको भनाइ छ । थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन रहेकाले केही परम्परागत सामग्री भेट्टाउनसमेत मुस्किल परेको उहाँले बताउनुभयो ।
सो सङ्ग्राहलय पाँच बिघा क्षेत्रफलमा निर्माण भएको सङ्ग्राहलय सञ्चालक समितिका संयोजक नरेन्द्र चौधरीले बताउनुभयो । जसमा अहिले रु ५० करोड बढीका संरचना थप गरिएको छ । पहिलोपटक दाङ जिल्लामा थारू जातिको आफ्नै पुर्खाको मूर्ति बनाएर सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएकाले यसले दाङ जिल्ला धेरै पाठ सिकाउने उहाँको भनाइ छ ।

चार वर्षदेखि दुवै मिर्गौलापीडित कृष्णको उपचारमा समस्या
खोटाङ, ३ माघ – दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको छ ।
खोटाङ, ३ माघ – दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका खत्रीको औषधि उपचारमा समस्या देखिएको हो । हप्तामा दुईपटक मिर्गौलाको डायलासिस गराइरहनुभएका खत्रीका दुवै मिर्गाैला काम नलाग्ने भएको छ । “वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षदेखि डायलासिस गराइरहेको छु”, उहाँले भन्नुभयो । चार वर्षदेखि दुवै मिर्गौला फेल भएका उहाँले शुरुका करिब डेढ वर्ष आफ्नै खर्चमा डायलासिससहित सम्पूर्ण उपचार गराएपनि अहिले निःशुल्क डायलासिस गराउँदै आउनुभएको छ । घरभाडा, आउजाउ गाडीभाडा र औषधि गरी मासिक रु ३५ हजारभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ ।
काठमाडौँको स्वयम्भूस्थित एउटा घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आउनुभएका खत्रीको श्रीमती र दुई छोरा छन् । कान्छा सुदीप नेपाली सेनामा कार्यरत छन् भने जेठा आसन गाईघाटस्थित घरखेती सम्हाल्दै आएका छन् । नेपाली सेनाको युद्ध कवाज गण सीतापाइला काठमाडौँमा कार्यरत सुदीपले आफ्नो तलब तथा साहुको ऋण काढेर बुबाको उपचार गराइरहेको छ । “कान्छा छोराको तलब नहुने हो त यसअघि नै मरिसक्थे होला !” उहाँले भन्नुभयो, “दुवै मिर्गाैला काम नलाग्ने भएपछि कम्तीमा एउटा फेर्नैपर्ने हुँदोरहेछ ! फेर्नका लागि आफूहरुसँग खर्च छैन । कसैले सहयोग गरे एउटा फेरेर भए पनि बाँच्ने थिएँ ।”
मिर्गाैला फेर्नका लागि अहिलेसम्म आफूलाई कसैले सहयोग गर्ने टुङ्गो नभएको पीडित खत्रीले बताउनुभयो । “मिर्गाैला दिन आफन्त नै चाहिने रहेछ !”, उहाँले भन्नुभयो, “श्रीमती पनि बिरामी छिन् । उनी स्वस्थ रहेको भए दिने थिइ । छोराहरु आफैँले गरिखानुप¥यो ! यदि कसैले दिने नै भए पनि फेर्दा लाग्ने खर्च छैन ।”
घरखेती गरेर जीवन निर्वाह गर्दै आउनुभएका काका कृष्णको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको पीडित खत्रीका भतिज पत्रकार दिलीप खत्रीले बताउनुभयो । “काका सैनिक परिवारको भएकाले अस्पतालले वार्षिक रु एक लाख १० हजार बराबरको औषधिमा छुट दिने गरेको छ”, उहाँले भन्नुभयो, “अहिले भाइ सुदीपको तलबले खर्च नधानेर घरखेतसमेत बिक्री गरिसक्नुभएको छ ।”
विसं २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यसमेत हुनुभएका कृष्ण व्यवसायका लागि उदयपुरको गाईघाट झर्नुभएको थियो । पछिल्लो समय गाईघाटस्थित त्रियुगा नगरपालिका–११ प्रगतिग्राममा बस्दै गर्दा बिरामी परेर उपचार गराइरहनुभएका कृष्णलाई बिरामी भएपछि अहिलेसम्म पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले भेटेका छैनन् ।
आफू बिरामी भएपछि पार्टीका नेता तथा कार्यकर्तालाई पनि आफूले सम्पर्क नगरेको मिर्गाैला पीडित कृष्णले जानकारी दिनुभयो । “सहयोद्धाहरु सबैलाई सम्झन्छ !”, उहाँले भन्नुभयो, “अहिले आफूले आस्था राखेकै पार्टी सरकारमा छ । तर अहिलेसम्म सञ्चो÷बिसञ्चोको बारेमा कसैले सम्पर्क गरेर सोधेका छैनन् । दुःख लागेर आउँछ ।” रासस)

चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा
चितवन- चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको
चितवन- चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताउनुभयो । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”,उहाँले भन्नुभयो, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।”
विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ । चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उहाँले बताउनुभयो ।

खुशीको खबर : सरकारद्वारा कोरोनाविरुद्धको खोप प्रयोगका लागि नेपालमा अनुमति
काठमाडौँ, २ माघ ः सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ
काठमाडौँ, २ माघ ः सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो ।
विभागको आज बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो ।
सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ । उक्त खोप भोलिबाट भारतीय नागरिकलाई लगाउने तयारी भएको जनाइएको छ । (रासस)

दक्ष जनशक्तिको अभावमा चलेन लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष
लमजुङ, २ माघ – गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना
लमजुङ, २ माघ – गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ । गत मङ्सिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो ।
गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको दुई महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालका हेमन्त श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनशक्तिको अभावले सघन उपचार कक्ष सञ्चालनमा आउन नसक्दा कोभिडका बिरामी मर्कामा परेका छन् ।” प्रदेश सरकारको रु एक करोड ६९ लाख आर्थिक सहयोगमा आवश्यक मेशिन खरिद गरे पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष दक्ष जनशक्ति तथा आवश्यक चिकित्सकको अभावमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “दुई वटा भेन्टिलेटर बल्बल्ल जोड्याँै तर सघन उपचार कक्ष जोड्ने र सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न ढिलाइ भइरहेको छ ।” हामीले प्रदेश सरकारलाई समेत जानकारी गराउँदै आवश्यक जनशक्ति माग गरिए पनि प्रदेशबाट केही सुनुवाइ हुन नसक्दा सघन उपचार कक्ष सञ्चालन अन्योलमा रहेको उहाँको भनाइ छ । अस्पताल प्रमुख श्रेष्ठका अनुसार भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनका लागि फिजिसियन चिकित्सक, एनेस्थोसियोलोजिस्ट, तालिम प्राप्त आठ÷नौ जना नर्सको आवश्यकता पर्छ । ती जनशक्ति अस्पतालमा छैनन् ।
सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या छ । अस्पतालमा कार्यरत डा र नर्सले सघन उपचार कक्ष सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । त्यति मात्र नभई अस्पतालमा रहेका चिकित्सक तथा नर्ससमेत सघन उपचार कक्षका लागि खटाउनुपरेमा अन्य बिरामीका लागि डाक्टरको कमी हुने अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो । सघन उपचार कक्ष सञ्चालनमा नआउँदा जटिल खालका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । जिल्लाका कोभिड सङ्क्रमित बिरामी सघन उपचार कक्षको अभावमा बाहिर गएर उपचार गर्न बाध्य भइरहेका छन् । बाहिर गएर उपचार गर्नुपर्दा आर्थिकरुपमा समेत निकै भार ब्योहोरेको उनीहरुको भनाइ छ ।
यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अस्पतालमा जतिसक्दो चाँडो सघन उपचार कक्ष सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताउनुभयो । सघन उपचार कक्षका लागि आवश्यक पर्ने जनशक्तिदेखि स्वास्थ्य क्षेत्रकै विषयमा गम्भीर रहेकाले केही समयमै आइसियु कक्ष सञ्चालनमा आउने उहाँको विश्वास छ ।
नेपाल सरकारको स्वामित्वमा विसं २०५८ मा १५ श्ययाबाट शुरु भएको यस जिल्ला अस्पताल हाल ६० शय्याको छ । त्यस्तै सङ्घीय सरकार आएपछि गत वर्षदेखि प्रदेश सरकारको मातहतमा रहेको यस अस्पतालको आकस्मिक भवनमा १५ शय्याको आइसोलेशन निर्माण गरिएको छ । हालसम्म यस आइसोलेशनमा ४५० जना कोरोना सङ्क्रमित बिरामीले उपचार गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जना वृद्धको भने यहाँ मृत्यु भएको थियो । हाल यहाँको आइसोलेशनमा दुई जना कोरोना सङ्क्रमित पुरुषले उपचार गराइरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
जिल्लामा हालसम्म ८५० जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक महिला र छ पुरुष गरी सात जनाको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यतिबेला चिसोका बिरामी बढेको अस्पतालले जनाएको छ । निमोनिय, रुघाखोकी, पेटसम्बन्धी, लडेर आउने बिरामी दैनिक १०० देखि १५० सम्म आउने गरेका छन् । यस आर्थिक वर्षको चौमासिकसम्म १० हजार बिरामीले अस्पतालबाट सेवा लिइसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष ५५ हजारलाई सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरामीले यस अस्पतालमा सेवा लिन आउने गरेका छन् ।

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
चितवन, २ माघ :जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको
चितवन, २ माघ :जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।
मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौँको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरिइसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिनुभयो ।
अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ ।
कलेजको मुटु विभागमा रेग्मीसहित प्रा डा श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत हुनुहुन्छ । यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । राजधानी काठमाडौँबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
सबै उमेर समूहका बिरामी आउने गरेको उहाँको भनाइ छ । अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गर्नुभयो । विगत सात वर्षयता राजधानी काठमाडौँसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उहाँको भनाइ छ । न्यौपानेले भन्नुभयो, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौँ ।” यो शल्यक्रिया सेवा शुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु एक लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ ।
कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र अर्काे २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ । न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताउनुभयो । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो ।(रासस)

डिएसपी केसीको क्यान्सरबाट नि धन, परिवारमा रुवाबासी
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको नि’ धन भएको छ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको नि’ धन भएको छ । उनको गएराती प्रहरी अस्पताल महाराजगञ्जमा नि ‘धन भएको हो । उनी पेटको क्यान्स रबाट पि डीत थिए ।
पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका केसीको गतराति निध’ न भएको हो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए ।
बाग्लुङका स्थानिय रहेका उनलाई कोरोना भाइ रस पोजे टिभ देखिएको थियो । केसीको नि’ धन पछि परिवार शो’ कमा परेको छ ।

स्थानीयको मत जित्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्ला, १ माघ-जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न
जुम्ला, १ माघ-जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न थाल्यो । यस प्रतिष्ठानले पश्चिम नेपालमा अब्बल स्वास्थ्य सेवा दिँदै आएको छ । विशेषत दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विस्तारै गति लिन थालेको छ ।
स्थापनाको एक दशकको अवधिमा स्वास्थ्य सेवामा कर्णालीका पाँच र सुदूरपश्चिमका चार जिल्लाको प्रमुख भरोसा बनेको कर्णाली प्रतिष्ठानले गति लिन थालेपछि यहाँका सेवाग्राही पनि खुशी भएको बताउने गरेका छन् । विशेषज्ञ जनशक्तिसँगै अत्याधुनिक उपकरण र सेवा थप हुँदै गएपछि प्रतिष्ठानले पनि यहाँका स्थानीय सेवाग्राहीको मन जित्दै गएको हो ।
यस्तै लामो प्रतिक्षापछि कर्णाली प्रतिष्ठानले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (पिजी) अध्ययन शुरु गर्ने अनुमति पाएको छ । प्रतिष्ठानका निर्देशक डा मंगल रावलका अनुसार अब छिट्टै एमबीबीएस र स्नातक तहका कार्यक्रम पनि शुरु हुँदैछन् । कर्णाली प्रतिष्ठानमा ३०० शययाको अस्पताल पूर्णरुपमा सञ्चालनमै रहेको छ । सधैँ छ÷सात विशेषज्ञ र सात÷आठ जना मेडिकल अधिकृतको भरमा चलेको प्रतिष्ठानमा हाल ७०÷८० जना चिकित्सक कार्यरत छन् ।
निर्देशक डा.रावलका अनुसार चौबिसै घण्टा इमर्जेन्सी, रक्तसञ्चार सेवा, प्रयोगशाला, फार्मेसी, सिटी स्क्यानजस्ता महत्वपूर्ण सेवा विस्तार भएका छन् । दश शययाको आइसियू, १४ वटा भेन्टिलेटरसँगै एनआइसियू र पिआइसियु सेवासमेत शुरु भइसकेको छ । केही दिनमै हाइडिपेन्डेन्सी युनिट (एचडियू) बेडसमेत थपिँदैछ । अहिले सेवा विस्तारसँगै विगतको तुलनामा बिरामीको चाप पनि दोब्बर भएको उहाँले बताउनुभयो । अस्पताल अहिले पूर्ण‘डिजिटल’ प्रणालीबाट सञ्चालन हुने गरेको बताइएको छ ।
माथिल्लो कर्णालीका पाँच जिल्लासहित बझाङ, बाजुरा, अछाम र जाजरकोटका जिल्ला अस्पतालले दिने सेवासमेत अहिले कर्णाली प्रतिष्ठानकै विशेषज्ञबाट सहयोग भइरहेको छ । दुर्गम जिल्ला मुगुदेखि कालिकोटको रासकोट, जुम्लाको सिंजा, दैलेखको राकममासमेत प्रतिष्ठानबाट खटिएका विशेषज्ञ एमडिजिपी चिकित्सकले सेवा दिइरहेका छन् । प्रतिष्ठानका चिकित्सकले पालैपालो यहाँका दुर्गम जिल्लामा पुगेर सेवा दिइरहेका छन् ।
समग्रमा कर्णाली प्रदेशका ३८ भिन्न ठाउँमा प्रतिष्ठानका चिकित्सकले सेवा दिइरहेका छन् । जारी कोरोना महामारीका समयमा पनि कर्णाली प्रतिष्ठानले पुर्याएको सेवा राष्ट्रिय तहमै उल्लेखनीय बन्यो । कुनैबेला एनपिएचएलपछि सबैभन्दा बढी नमूना परीक्षण कर्णाली प्रतिष्ठानमै भयो । गाउँगाउँमा क्वारेन्टिन बने र प्रतिष्ठानका चिकित्सकले त्यहीँ पुगेर सेवा पनि दिए । तीस हजारभन्दा बढीको नमूनाको पीसीआर परीक्षण यही प्रतिष्ठानको समन्वयबाट नै भयो । तीन सयभन्दा बढी सङ्क्रमितको प्रतिष्ठानबाट उपचार भयो । सम्भवत यस्तै सेवाको विस्तारको कारण पनि हुनसक्छ यहाँ कोरोनाजन्य मृत्यु पनि लगभग शून्य नै रह्यो ।
तत्कालीन काउन्सिल र अहिलेको चिकित्साशिक्षा आयोगका मापदण्डलगायतका कारणले प्रतिष्ठानमा एमबीबीएस सञ्चालन ढिला भएको छ । आयोगसँग समन्वय गरी शैक्षिक कार्यक्रमको विस्तारमा लागेको प्रतिषठनले पिजीमा बालरोग, एनेस्थेसिया र एमडिजिपीमा पढाउने अनुमति पाएको छ ।
अस्पतालका शयया, वेसिक साइन्स भवन, होस्टल, जग्गासहित फ्याकल्टी पनि थपिएका कारण अब छिट्टै एमबीबीएस पढाई शुरु हुने उहाँले बताउनुभयो । थप स्त्री तथा प्रसूति रोग, अर्थोसर्जरीमा पिजी शुरु गर्ने अनुमतिका लागि प्रस्तावसमेत बनाएर पेश गरिएको छ । एमबीबीएसका लागि पनि आवेदन दिइएको छ ।
प्रतिष्ठान ऐनअनुसार पठनपठान शुरु हुँदा एमबीबीएसमा कर्णालीका नौ जिल्लाका विद्यार्थीलाई चिकित्सा शिक्षामा ४५ प्रतिशत आरक्षण छ । यसले गर्दा कर्णालीका विद्यार्थीले पढ्ने अवसर पाउने मात्रै होइन पढाइपछि सम्बन्धित जिल्ला र पालिकामै गएर सेवा गर्ने हुँदा यसले समग्र कर्णालीको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।
प्रतिष्ठान देशकै नमूना बन्छ
विसं २०६८ मा स्थापना भएको प्रतिष्ठान जेनतेन चले पनि चिकित्सा शिक्षा क्षेत्रमा प्रतिष्ठानको विकास र स्वास्थ्य सेवा प्रवाहको दिशामा ठोस प्रयासको अभाव महसुस भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेको भनाइ छ । करिब तीन वर्षअघिको नयाँ कार्य समूह र यसका बीचमा थपिएका नेतृत्वका साझा प्रयासले कर्णाली प्रतिष्ठानमा उल्लेखनीय सुधार देखिएको उहाँले बताउनुभयो । त्यो सुधार चिकित्सा शिक्षातर्फ र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा पनि देखिएको हो ।
‘‘कर्णाली प्रतिष्ठान जुल्लाबासीको मात्रै नभएर सुदूर नेपालका केही जिल्ला र कर्णाली प्रदेशकै लागि स्वास्थ्य सेवाको भरोसा र आशाको रुपमा स्थापित भएको छ । अब यसलाई नेपालकै नमूना बनाउँछौँ’’ उहाँले भन्नुभयोे, ‘‘चिकित्सा शिक्षाका साथै अन्य विधामा पनि स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि निर्धारित मापदण्डमा विशेष क्षेत्रका लागि विशेष नीति नहुँदा उत्पन्न कठिनाई त्यसका लागि बाधक बन्यो ।’’
उहाँका अनुसार कम जनसङ्ख्या भएको कर्णाली र काठमाडौँका लागि मेडिकल शिक्षण संस्था सञ्चालनका लागि ‘बेड अकुपेन्सी’सम्बन्धी मापदण्ड, पूर्वाधारसम्बन्धी मापदण्ड एउटै छ । सरकारी अनुदानमा भर पर्नुपर्ने संस्थामा मापदण्डअनुसारका भौतिक, प्राज्ञिक पूर्वाधार बनाएर काम थाल्न त्यो अनुसारको राजनीतिक इच्छाशक्ति पनि कर्णालीले विगतमा नपाएको उहाँको तर्क छ ।
‘‘सङ्घीयताको अभ्यास पछिल्लो समयमा कर्णाली प्रतिष्ठानले पुर्याएको सेवालगायतका कारणले कर्णालीलाई हेर्ने दृष्टिकोण फेरिएको छ । स्थानीय र केन्द्रीयरुपमा पनि राजनीतिक प्रतिवद्धता बढेको छ’’ उहाँले थन्नुभयो, ‘‘अब एमबीबीएस कार्यक्रम सञ्चालनकै लागि ‘बेड अकुपेन्सी’ कम भएमा विद्यार्थीको सिकाइमा फरक नपरोस भनेर हामीले वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै सूर्खेत, नेपालगञ्ज र कैलाली अस्पतालसँग विद्यार्थीलाई इन्टर्नसिप गराउनका लागि सम्झौता समेत गरिसकेका छौँ ।’’
काफ्लेका अनुसार ३०० शययाको अस्पताल भनिए पनि शुरुमा सोअनुसारको संरचना थिएन । नयाँ टीम आएपछि संरचना पूर्ण भयो । ‘बेसिक साइन्स’का लागि निर्माण व्यवसायी सङ्घको भवन भाडामा लिइएको छ । अस्पतालको आगजनीमा परेको भवन जिल्ला प्रहरी कार्यालय हुँदै सीआइबीबाट अनुमति लिएर पुनःनिर्माण शुरु भइसकेको छ ।
थप पूर्वाधार विकासका लागि जमिनको अभाव रहेको अवस्थामा च्यारेचौरमा ३५० रोपनी जमिन प्राप्त गरेर सो ठाउँमा छात्रबास, शिक्षक आवास, कक्षा कोठा, खेल मैदान आदिको डिपिआर बनाउने तयारी छ । सो जग्गासम्म जाने सडक र अन्य प्रारम्भिक चरणको निर्माणका लागि अर्थ मन्त्रालयले हालै ६८ करोड ३० लाखको सहमति दिएपछि अहिले उक्त आयोजना निर्माणका लागि टेण्डर भइसकेको छ । चिकित्सा शिक्षा बाहेकका विषयमा पनि स्नातक तहको पठनपाठन शुरु भइरहेको छ । बिपिएच, एचएच र स्टाफ नर्सको स्नातक तहको अध्यापन शुरु भइसकेको छ । यी सबै विषयका पाठ्यक्रम बनेर अन्य पूर्वाधार पूरा गर्नु प्रगति पनि हो ।
एमडी शुरु भएका बालरोग, एनेस्थेसिया र एमजिपीसँगै थप गाइनाकोलोजी, अर्थोपेडिक्स्को पनि पाठ्यक्रम बनाएर चिकित्सा शिक्षा आयोगमा पेश गरिएको छ । पोषण, फार्मेसी, बिएन कार्यक्रम शुरु गर्न पनि स्वीकृतिका लागि पेश भएको छ । उहाँका अनुसार शुरुका दिनमा जुम्लामा ‘फ्याकल्टी’ पाउनै कठिन थियो । अहिले आवेदन खुलेपछि छानेरै लिन पाइने भएको छ ।
हाल शुरु भएका र गुरुयोजना अनुसारका पूर्वाधार बन्न कम्तीमा चार वर्ष लाग्ने प्रतिष्ठानले जनाएको छ । भौगोलिक र प्राकृतिक आधारसँगै प्रतिष्ठानले लिएको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको नमूना विश्वमै एक उदाहरणीय बन्ने रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार हाल प्रमुखरुपमा अस्पतालको सेवा सञ्चालन, छात्रबास तथा फ्याकल्टी टिकाउन पनि विद्युतको समस्या छ ।
राष्ट्रिय प्रशारण लाइनमा नजोडिएका कारण पावर व्यवस्थापन चुनौतीपूर्ण छ । सोलारबाट कोठा तताउने विधि शुरु भएको छ । माइक्रोहाइड्रोको बिजुलीका भरमा मात्रै धेरै काम गर्न कठीन छ ।
‘‘मुलुक सङ्घीयतामा गएसँगै तीनै तहका सरकारको सहयोगले कर्णाली प्रतिष्ठानलाई कामगर्न सहयोग मिलेको छ’’ उहाँले भन्नुभयोे, ‘‘जनशक्ति जोहो गर्न, पूर्वाधार विकास गर्न हामी सहयोग लिन सक्छौँ तर अहिले चिकित्सा शिक्षा आयोग वा काउन्सिलले जुम्लाजस्तो विकट ठाउँमा खोल्ने प्रतिष्ठानका सन्दर्भमा केही सहजताका विधि अपनाउनुपर्र्ने देखिन्छ ।’’
कुनै सम्भावना नभएको ठाउँमा यति ठूलो प्रयास भइरहेको छ भने सरकारी संस्था नै बन्दैछ भनेर राज्यका निकाय लचक बनिदिनुपर्ने उहाँले बताउनुभयो । विशेषगरी ६० प्रतिशत ‘बेड अकुपेन्सी’को मापदण्ड काठमाडौँ र कर्णालीलाई एउटै हुन नहुने उहाँको भनाइ छ । (रासस)

मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्ने बानी बसालौं
चितवन, १ माघ – मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड
चितवन, १ माघ – मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् । छैटांै राष्ट्रिय योग दिवसका अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन् ।
योगाभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ ।” योगले शरीर र मष्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले योगको प्रचारप्रसार गरेर आम नागरिकसम्म यसको उपयोगिताका बारेमा जानकारी गराउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका प्रमुख डा कोपिला अधिकारी, पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद वस्ती, डा चन्द्रकान्त ज्ञवालीलगायतले योगको महत्वका बारेमा जानकारी गराउनुभएको थियो । (रासस)

आज राष्ट्रिय योग दिवस, दैनिक तीन करोडले योगाभ्यास गर्दै
काठमाडौँ, १ माघ- राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ ।
काठमाडौँ, १ माघ- राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी हुनुहुन्छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताउनुभयो । योगगुरु डा हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताउनुभयो । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।
दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको थियो । (रासस)

मुटुसम्बन्धी समस्याका लागी अचुक औषधी हो तरुल, यस्ता छन् अन्य फाइदाहरु
काठमाडौँ -स्वादका लागि मात्र नभएर स्वाथ्यका लागि पनि उतिकै फाइदा हुन्छ । तरुल मानव सभ्यताको
काठमाडौँ -स्वादका लागि मात्र नभएर स्वाथ्यका लागि पनि उतिकै फाइदा हुन्छ । तरुल मानव सभ्यताको विकासको सुरुवाती चरणमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो ।
तरुल प्राय सबैको भान्सामा पाकिने तरकारीको रुपका पनि लिइन्छ । यसलाई उसिनेर खाने पनि गरिन्छ । तरुललाई मागेसक्रान्तिमा खाने गरिन्छ । तरुललाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यो खानुका धेरै फाईदा छन । यसले छाला तथा स्वासप्रश्वाससम्बन्धी राम्रो मानिन्छ ।
तरुलमा भिटामिन बी पनि पाइन्छ । मुटुसम्बन्धी समस्या लाई निको गराउछ । यसले विभिन्न रोग बाट वच्न सकिन्छ । त्यसैले मस्तिकको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउछ तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुँदा यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा पनि लिने गरिन्छ ।
आज माघे सङ्क्रान्ति पर्व, तरुल र खिचडी खाई धुमधामका साथ मनाईंदै
काठमाडौँ माघ १ – प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।