मोदीले अंगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले असहज माने — OSNepal

मोदीले अंगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले असहज माने

LC (KTM) November 02, 2021 0

लन्डन, १६ कात्तिक- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अंगालो हाल्दा उनले असहज अनुभव गरेका छन् ।

स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटेरेसलाई अंगालो हालेका थिए ।

कार्यक्रममा सार्वजनिक भएको तस्विरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटेरेस पछाडि तर्किन खोजेको देखिन्छ । सो तस्विरलाई मोदीले नै सार्वजनिक गरेका छन् । यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर