अध्यक्ष ओली बैठकको बिचमै बाहिर निस्किएपछि एमालेको स्थायी कमिटिको बैठक स्थगित — OSNepal

अध्यक्ष ओली बैठकको बिचमै बाहिर निस्किएपछि एमालेको स्थायी कमिटिको बैठक स्थगित

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटिको बैठक केहि समयका लागि स्थगित भएको छ । पार्टीको १० औं महाधिवेशनको विषयमा छलफल हुने भनि बसिएको बैठक डेढ घण्टाको लागि स्थगित भएको हो ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार बैठकको बिचमै अध्यक्ष केपी ओलीलाई अर्को कार्यक्रममा जान परेकाले बैठक स्थगित गरिएको हो । अब बैठक ३ बजे फेरि बस्ने भएकोह छ ।

केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाइएको बैठकह अध्यक्ष ओलीको कारण स्थगित भएकोम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर