अमेरिकामा भएको रंगभेदी प्रदर्शनमा गोली चलाएर २ ब्यक्तिको हत्या गर्ने किशोरले पाए उन्मुक्ति — OSNepal

अमेरिकामा भएको रंगभेदी प्रदर्शनमा गोली चलाएर २ ब्यक्तिको हत्या गर्ने किशोरले पाए उन्मुक्ति

LC (KTM) November 20, 2021 0

अमेरिकामा रंगभेद अझै पनि कायमै रहेको छ । हरेक पटक रंगभेदको मामिला अमेरिकामा अगाडी आउने गरेको छ । गएको वर्ष प्रहरीले ज्याकोब ब्लेक नाम गरेका अश्वेत अमेरिकीमाथि गोली प्रहार गरेका थिए । त्यसपछि केनोशामा रंगभेदविरुद्ध एकदमै ठुलो प्रदर्शन भएको थियो। सोही क्रममा गोली चलाएर दुईजनाको ज्यान लिने तथा एकजनालाई घाइते बनाउन किशोरले भने हिजो सफाई पाएका छन् ।

राजनीतिक रुपमा विभाजित सुनुवाइपछि विस्कनसिनको अदालतको जुरीले हिजो १८ वर्षका कायल रिटनहाउसलाई सबै आरोपबाट मुक्ति दिएको हो। उनले चलाएको गोली लागेर ३६ वर्षका जोशेप रोसेनबम र २६ वर्षका एन्थोनी हुबरको ज्यान गएको थियो। यस्तै २७ वर्षका गेइगर ग्रोसक्रेट्ज घाइते भएका थिए।

यी किशोरका वकिलले आत्मरक्षाका लागि गोली प्रहार गरेको दाबी अदालतसमक्ष प्रस्तुत गरेका थिए। त्यो बेला १७ वर्षका रिटनहाउस छिमेकी राज्य इलनोइमा रहेको आफ्नो घरबाट केनोशा गएका थिए, ‘सेमी–अटोमेटिक राइफल’ सहित। आफू प्रदर्शनकारीबाट स्थानीयको सम्पत्ति रक्षाका लागि गएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर