आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङको सामना गर्दै — OSNepal

आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङको सामना गर्दै

LC (KTM) November 21, 2021 0

आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङको सामना गर्दैछ । नेपाली महिला क्रिकेट टोलीले दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङको सामना गर्दैछ । यी दुबै टीमबीचको खेल नेपाली समय अनुसार आज बिहान पौने ११ बजे तिर छैन ।

नेपालको आज पहिलो खेल भएकोले जितेर सुखद सुरुवात गर्ने दाउमा रहेको छ । तर, हङकङ शक्तिशाली टीम रहेकोले उ विरुद्ध नेपाललाई जित निकाल्न भने सहज हुनेछैन । हपछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैंककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर