आफ्नी प्रेमिकाको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने सुजन पाँचखालबाट पक्राउ — OSNepal

आफ्नी प्रेमिकाको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने सुजन पाँचखालबाट पक्राउ

LC (KTM) September 13, 2021 0

काठमाडौं, २८ भदौ-सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसी उक्त अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र ह  त्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर