इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

LC (KTM) November 27, 2021 0

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको आज राती भएको खेलमा शानदार जित निकालेको छ । लिभरपुलले साउथह्याम्पटन माथि फराकिलो जित निकालेको हो । लिभरपुलले साउथह्याम्पटनलाई चार शुन्य गोल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि डिएगो जोटाले दुई तथा थियागो अकान्टरा र भिर्गिल भान डाइकले एक एक गोलको योगदान दिएका थिए ।

आजको यो जितसँगै लिभरपुलले १३ खेलमा २८ अंक जोड्न सफल भएको छ । लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन १४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर