खैरो हेरोइन सहित २३ वर्षीय सागर र उनका दुई साथी मध्य राति समातिए — OSNepal

खैरो हेरोइन सहित २३ वर्षीय सागर र उनका दुई साथी मध्य राति समातिए

LC (KTM) November 21, 2021 0
nepal police

काठमाडौं ५ मंसिर । अवैध लागु औषध खेरो हिरोइन सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको सैनामैना नगरपालिका-७ हरनैया बस्ने ३७ वर्षीय पूर्ण बहादुर थापा, ३३ वर्षीय मनोज थापा र देवदह गाउँपालिका-५ बस्ने २३ वर्षीय सागर सिंह थापा रहेका छन् ।

निजहरुलाई हरनैयाबाट ८ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित शनिबार राति ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर