गर्लफ्रेण्ड संगको ब्रेकअप पछि अधिक शारीरिक सम्बन्ध बनाएका कारण बिरामी भएका थिए यी हलिउड कलाकार — OSNepal

गर्लफ्रेण्ड संगको ब्रेकअप पछि अधिक शारीरिक सम्बन्ध बनाएका कारण बिरामी भएका थिए यी हलिउड कलाकार

LC (KTM) November 24, 2021 0

हलिउडका चलेका कलाकार विल स्मिथ आफ्नो बायोग्राफीका कारण सामाजिक सञ्जालमा छाईरहेका छन् । स्मिथले आफ्नो बायोग्राफीमा दाबी गरेका छन् कि गर्लफ्रेण्ड संग ब्रेकअप भए पछि यस्तो समय आएको थियो उनको जिवनमा उनी हरेक पटक धेरै महिलाहरु संग सम्बन्ध बनाएका कारण बिरामी नै परेका थिए ।

विल स्मिथको यो किताब यस महिनाको सुरुआतमै रिलीज भएको थियो जसमा यी कलाकारले आफ्नो याद तथा अनुभव शेयर गरेका छन् । किताबमा स्मिथले लेखेका छन् कि– एक मेलानिई नामकी केटी जो संग १६ बर्षको उमेरमा रिलेशनसिप टुटे पछि मैले धेरै जना संग सेक्सुअल रिलेशन बनाउन थाले । ब्रेकअप मेरो लागि एकदमै असहनिय भएको थियो ।

त्यसपछि मैल धेरै महिलाहरु संग शारीरिक सम्बन्ध बनाउन थाले । यसका कारण मलाई साइकोमेटिक डिसअडर बिकसित भयो । सेक्स गरिरहेको बेला कयौ पटक मलाई उल्टी हुने गथ्र्याे । उनले आफ्नो अनुभव लेख्दै भनेका छन्– मलाई राहतको सख्त जरुरी रहेको थियो । किनकि मेरो दिल टुटेको थियो यसको कुनै दबाई थिएन ।

मैले शपिंग तथा ठुलो मात्रामा सम्बन्ध बनाउनका लागि सेक्सलाई उपचारको सहारा बनाए । उनले आफनो गर्लफ्रेण्ड हुन्जेल उसै संग मात्र सम्बन्ध बनाएको तर ब्रेकअप पछि आफु पुरै बिरक्तिएर धेरै जना संग सम्बन्ध बनाउन थालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर