जाजरकोटमा एकाएक छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द — OSNepal

जाजरकोटमा एकाएक छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द

LC (KTM) December 10, 2021 0

सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस् हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस् हुने, चिच्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयो ।

बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो । केही बेर बेहोस् हुने कराउने गरेपछि आफैँ ठीक हुने गरेको उहाँले भन्नुभयो । केही समयपछि फेरी अरु छात्रालाई यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन् । डा समीक्षा मल्लले छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफँै समाधान हुने बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर