डाँका मुद्दाको फरार प्रतिवादी टंक नारायण पक्राउ,फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइयो — OSNepal

डाँका मुद्दाको फरार प्रतिवादी टंक नारायण पक्राउ,फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइयो

LC (KTM) November 18, 2021 0

मोरङ २ मंसिर डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेलबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरी रहेका छन् ।

निजलाई जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर गरेको थियो ।

सजाय ठहर भएपछि फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर