पर्यटनमन्त्री आले चढेको गाडीलाई अर्को गाडीले दियो ठक्कर — OSNepal

पर्यटनमन्त्री आले चढेको गाडीलाई अर्को गाडीले दियो ठक्कर

LC (KTM) January 12, 2022 0

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ ।

धनगढी विमानस्थलबाट कार्यक्रममा जाने क्रममा मन्त्री आलेको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महेन्द्रनगरमा हुन लागेको कार्यक्रममा जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार आले सवार सुदूरपश्चिम प्रदेश ०१(००१ झ ३३३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर प्रस्थान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर