बाजुराका मूर्तिकार जैसीलाई जुम्लामा सम्मान — OSNepal

बाजुराका मूर्तिकार जैसीलाई जुम्लामा सम्मान

LC (KTM) January 03, 2022 0

जुम्ला, १९ पुस-बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ६ का ४६ वर्षीय मूर्तिकार कर्ण प्रसाद जैसीलाई जुम्ला प्रशासनले सम्मान गरेको छ । जुम्ला जिल्लामा रहेर आफ्नो सिपमार्फत योगदान पुर्‍याएको भन्दै मूर्तिकार जैसीलाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

उनलाई प्रशासनको तर्फबाट कदर पत्र र चन्दननाथ भौरबनाथ गुठी व्यवस्थापनको समितिको तर्फबाट नगद पाँच हजार दिई सम्मान गरिएको छ । जैसीले जुम्लामा आएर बहुमुल्य मूर्ति निर्माण गरी अमूल्य कार्य गरेको भन्दै उनको योगदानलाई कदर गर्दै सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ ।

उनी २०६७ सालदेखि नै ढुंगामा कला भर्न सिपालु थिए । उनी अहिले सिमेन्ट मूर्तिकारका रूपमा परिचित छन् । जैसीको बाजुरा जिल्लामा मूर्तिकला केन्द्र उद्योग छ । उनले जुम्लामा आएर आफूले बनाएका भगवतीमाइको दुई वटा मूर्ति उपहार स्वरूप दिइएका छन् । उनले दिएको एक वटा मूर्ति प्रशासन भित्रको दरबारमालिका मन्दिरमा छ । अर्को मूर्ति चन्दननाथको मन्दिरमा छ ।

उनले यी मूर्ति आफ्नो कला पहिचानको लागि नि:शुल्क दिइएका हुन् । मूर्तिकार जैसीले एक मूर्ति १० हजारदेखि ४० हजारसम्म बेच्ने गरेको बताएका छन् ।जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले उनको कलालाई राज्यले सम्मान गर्न आवश्यक रहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर