बिग बोस फेम अर्शी खानको कार दुर्घटना, अर्शी अस्पताल भर्ना — OSNepal

बिग बोस फेम अर्शी खानको कार दुर्घटना, अर्शी अस्पताल भर्ना

LC (KTM) November 22, 2021 0

बिग बोस १४ फेम एक्ट्रेस अर्शी खानको दुर्घटना भएको छ । ताजा जानकारी अनुसार उनको दुर्घटना दिल्लीको मालवीय नगरमा भएको हो । उनी आफ्नी असिस्टेन्ट रेखा संग कारमा सवार रहेकी थिईन् । उनको अवस्था अहिले खतरा बाहिर रहेको चिकित्सकले जनाएका छन् । छातीमा चोट पुगेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

उनको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार अर्शी खान आफ्नो मर्सिडीज कारमा सवार थिईन् । सही समयमा एयर ब्याग आपन भएको र अभिनेत्री एक ठुलो दुर्घटना बाट बचेको बताइएको छ । उनी अहिले स्वास्थ्य रहेको बताइएको छ । हालै उनको छातीमा चोट पुगेको र त्यसको उपचार भइरहेको बताइएको छ ।

उनी बिग बोस सिजन १४ तथा सिजन ११ मा समेत प्रतिष्पर्धी बनेर आएकी थिईन् । अर्शी खानले हिन्दी फिल्म द लास्ट एम्परर बाट बलिउडमा डेब्यु मारेकी थिईन् । यसका अलवा उनी टेलिभिजन सिरियल साबित्री देबी कलेज एण्ड हस्पिटल तथा बिषमा समेत खेलिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर