रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो — OSNepal

रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

LC (KTM) November 14, 2021 0

दाङ, २८ कत्तिक-रोल्पामा आइतबार बिहान भएको यात्रुवहाक जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा जिप धनी एवं चालक माडी गाउँपालिका–६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन (टंकलाल) छन् ।

उनीहरूको घटनास्थल मै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सोही घटनामा विना घर्ती, लिला पुन र पञ्चना कामी घाइते भएका छन् ।

माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर