विश्वासको मतमा जाने वातावरण नभएको भन्दै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने — OSNepal

विश्वासको मतमा जाने वातावरण नभएको भन्दै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

LC (KTM) October 27, 2021 0

हेटौंडा १० कात्तिक । अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । आज बुधबार विश्वासको मतमा मतदान हुनै लाग्दा शाक्यले राजीनामा दिने घोषणा गरेकी हुन् ।

परिस्थिति फरक भएकाले आफुले विश्वासको मत नपाउने अवस्थामा आफुले राजीनामा दिन लागेको शाक्यले बताएकी छन् ।

‘ विश्वासको मतमा जाने वातावरण छैन, अब धेरै झन्झट र टसल गर्ने पक्षमा छैनौ । भोलिको दिन पनि हेर्नुपर्छ’ शाक्यले भनिन् ।

एमाले फु्टेपछि अल्पमतमा परेकी शाक्यलाई सरकार टिकाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । जबकी प्रदेशमा एमालेका ४३ सांसदको मात्र समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर