OSNepal सोमबार, मंसिर २० २०७८

पेरिसमा पुगेरअभिनेत्री प्रियंका चोपडाले गरिन कमाल

पेरिसमा पुगेरअभिनेत्री प्रियंका चोपडाले गरिन कमाल

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


पेरिसमा पुगेरअभिनेत्री प्रियंका चोपडाले गरिन कमाल
Reading Time: < 1 minute

ग्लोबल आइकन प्रियंका चोपडाले शनिबार ग्लोबल सिटिजन लाइभ इभेन्टको होस्ट गरेकी छिन् । यो इभेन्ट फ्रान्सको एकदमै सुन्दर शहर पेरिसमा आयोजना गरिएको थियो । इभेन्टका लागि पेरिस पुगेकी प्रियंकाले आफ्नो लागि पेरिसको यादहरुको एल्बम भेला गरेकी छिन् ।

उनले एफिल टावरको अगाडी उभिएर सिंगल फोटो खिचेर शेयर गरेकी छिन् । प्रियंकाले यस फोटोलाई सार्वजनिक गर्दै शर्मिला टैगोर तथा राज कपुरको फिल्मको नाममा एन इभिनिंग इन पेरिस लेखेकी छिन् । एफिल टावरको चार्म, सुहाएको मौषम तथा ब्लु ड्रेसमा प्रियंकालाई एकदमै ग्ल्यामर्स देखिएको छ ।

उनको यो फोटोले खुब चर्चा बटुलिरहेको छ । उनको यो फोटोमा धेरैले प्रतिक्रिया दिएका छन् । प्रियंकाको पति निक जोनसले हर्ट इमोजीको साथमा आफ्नो पत्नीको कम्प्लीमेन्ट गर्दै वाउ लेखेका छन् ।

अजुंला अचारिया, पेरिस हिल्टन, प्रियंकाको ड्रेस डिजाइनर प्रबल गुरुंग, बीजे अनुषा, फराह खान अली लगायतका सेलिब्रेटीहरुले समेत उनको फोटो र ड्रेसको तारिफ गरेका छन् । प्रियंकाले यस इभेन्टमा न्युयोर्क बेस्ट डिजाईनर प्रबल गुरुंगले डिजाईन गरेको ड्रेस प्रियंकाले लगाएकी थिईन् । उनको यो फोटोले सबैको ध्यान खिचेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड