लामो समयदेखी प्रेममा रहेका आलिया भट्ट र रणवीर कपरले 'इन्गेजमेन्ट' गर्दै — OSNepal

लामो समयदेखी प्रेममा रहेका आलिया भट्ट र रणवीर कपरले ‘इन्गेजमेन्ट’ गर्दै

LC (KTM) November 15, 2021 0

मुम्बई, कार्तिक २९ – बलिउड अभिनेता रणवीर कपुर र नायिका आलिया भट्टले इन्गेजमेन्ट गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार नोभेम्बर महिनाभित्रै इन्गेजमेन्ट गर्ने छन् । आलिया र रणवीरको प्रेम सम्बन्ध दुई वर्षअघि एक भिडिओमार्फत् सार्वजनिक भएको थियो ।

जहा आर्यन मुखर्जीले आलियालाई रनवीरको गर्लफ्रेन्ड भनेर सम्बोधन गरेका थिए । लामो समय देखी प्रेममा रहेका उनीहरुले ‘इन्गेजमेन्ट’ गर्ने खबर आएसँगै उनीहरुका फ्यानहरु खुशी भएका छन् । रणवीर र आलिया यही महिना भारतको राजस्थानस्थित इन्गेजमेन्ट समारोह आयोजना गर्ने तयारीमा रहेको जनाएको छ।

यद्यपी उनीहरुको बिहेको हल्ला सन् २०१९ देखि नै चलिरहेको थियो । रणवीर र आलिया हाल आगामी फिल्म ुब्रह्मस्त्रुमा एक साथ अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर