रोल्पामा बस पल्टियो, चार जनाको मृत्यु — OSNepal

रोल्पामा बस पल्टियो, चार जनाको मृत्यु

LC (KTM) November 19, 2021 0

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस बिहिबार बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताउनुभयो । जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेकोे माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर