OSNepal शनिबार, मंसिर ११ २०७८

एमाले महाधिवेशनको प्रचारका लागि पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइयो

एमाले महाधिवेशनको प्रचारका लागि पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइयो

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


एमाले महाधिवेशनको प्रचारका लागि पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइयो
Reading Time: < 1 minute

काठमाडौँ, ४ मङ्सिर – नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो ।

बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।

आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल ¥याली गरेको छ । सङ्का अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिनुभयो । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड