२४२ जनामा कोरोना संक्रमण, ४४४ जना निको, एक जनाको मृत्यु — OSNepal

२४२ जनामा कोरोना संक्रमण, ४४४ जना निको, एक जनाको मृत्यु

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १४ हजार ०९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर