OSNepal आइतबार, मंसिर १२ २०७८

कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख मंगललाई दुर्गा केसीले गरे पराजित!

कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख मंगललाई दुर्गा केसीले गरे पराजित!

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख मंगललाई दुर्गा केसीले गरे पराजित!
Reading Time: < 1 minute

कपिलवस्तु, ५ मङ्सिर -नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् । मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् । निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई राम चन्द्र पौडेल समूहको समर्थन रहेको थियो ।

वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा (क) मा वाणगंगाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड