OSNepal मंगलबार, मंसिर १४ २०७८

नागाकै कारण आइटम डान्स गर्ने निर्णयबाट पछि हट्थिन् सामन्था

नागाकै कारण आइटम डान्स गर्ने निर्णयबाट पछि हट्थिन् सामन्था

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


नागाकै कारण आइटम डान्स गर्ने निर्णयबाट पछि हट्थिन् सामन्था
Reading Time: < 1 minute

एजेन्सी-नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुको ४ वर्ष लामो बैबाहिक सम्बन्ध टुटेपछि फ्यानहरु निराश बने तर सम्बन्ध टुट्नुमा नागाको रुढीबादी सोच हाबी रहेको बताइएको छ । सामन्था निकट स्रोतका अनुसार नागा रुढीवादी व्यक्ति भएकाले सामन्थामाथि उनले कैयौं प्रतिबन्ध लगाएका थिए ।

जुन कुराले सामान्थाको जीबनमा ढुलो असर गरेपछि सामान्थाले अलग हुने निर्णय लिएको बताइएको छ । सामन्थालाई अन्य फिल्ममा अभिनयका लागि पनि नागासँग अनुमति लिनुपर्ने नियम रहेको सामन्थाको स्रोतले उल्लेख गरेको छ । सम्बन्धविच्छेदपछि सामन्थाले अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा’मा आइटम गीतमा नाँच्ने निर्णय लिएकी छन् ।

फिल्ममा आइटम नृत्य गर्ने निर्णय सामन्थाले नागासँग अलग्गिएपछि लिएकी हुन् । सम्बन्ध विच्छेद अघि नागाकै कारण सामन्थाले विवाहपछि कुनै पनि फिल्ममा आइटम नृत्य नगरेको बताइन्छ । उनीहरुले यसै वर्षको अक्टोबर २ मा सम्बन्धविच्छेद गरेका थिए ।नागाकै कारण आइटम डान्स गर्ने निर्णयबाट पछि हट्थिन् सामन्था

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड