OSNepal शनिबार, मंसिर १८ २०७८

भारतीय मनोरञ्जनको क्षेत्रमा थपियो अर्काे शोक, कोरोनाका कारण यी कलाकारले गुमाईन् ज्यान

भारतीय मनोरञ्जनको क्षेत्रमा थपियो अर्काे शोक, कोरोनाका कारण यी कलाकारले गुमाईन् ज्यान

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


भारतीय मनोरञ्जनको क्षेत्रमा थपियो अर्काे शोक, कोरोनाका कारण यी कलाकारले गुमाईन् ज्यान
Reading Time: < 1 minute

भारतीय टेलिभिजन शो की एक नक्षत्र जस्ले ५८ बर्षको उमेरमै यो संसारलाई छोडेर गएकी छिन् । यस दुःखद घटनाले भारतीय मनोरञ्जनको क्षेत्रमा शोक छाएको छ । भारतीय टिभी शो ‘अनुपमा’ की माधवी गोगटेको निधन भएको हो । माधवीले अनुपमा अर्थात् रुपाली गांगुलीकी आमाको भूमिका निभाएकी थिईन् । उनको कोरोनाका कारण निधन भएको भारतीय सञ्चार माध्यमको दाबी रहेको छ ।

कोरोना संक्रमण भएपछि माधवीको स्वास्थ्य अवस्था गंभीर बनेको थियो । आइतबार मुम्बईको सेभेन हिल्स अस्पतालमा उनको निधन भएको संचारमाध्यमहरुले जनाएका छन् । रुपाली गांगुलीले शो की आफ्नी आमा लाई इन्स्टाग्राममा मेसेज पोस्ट गरेर श्रद्धाञ्जली दिएकी छिन् । रुपालीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् धेरै कुरा अधुरै रह्यो, सद्गति माधवीजी’ । उनले एकदमै कारुणिक रुपमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड