OSNepal बिहिबार, मंसिर १६ २०७८

बाबुको एसिड प्रहारबाट छोराछोरी गम्भीर घाइते, एसिड हान्ने बाबु पक्राउ

बाबुको एसिड प्रहारबाट छोराछोरी गम्भीर घाइते, एसिड हान्ने बाबु पक्राउ

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


बाबुको एसिड प्रहारबाट छोराछोरी गम्भीर घाइते, एसिड हान्ने बाबु पक्राउ
Reading Time: < 1 minute

सोलुखुम्बु-सोलुखुम्बुको सल्लेरीमा आफ्नै बुबाको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।गएराति ८ बजे बुवा मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरेका हुन् । एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन्  ।

घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड