OSNepal बिहिबार, मंसिर १६ २०७८

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल
Reading Time: < 1 minute

काठमाडौँ, ७ मङ्सिर -नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताउनुभयो । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताउनुभयो । वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उहाँको भनाइ थियो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड