OSNepal बिहिबार, मंसिर २३ २०७८

विश्वकी सबैभन्दा अग्ली २४ वर्षिया महिलाको उपाधि जित्न सफल भइन रुमेस्या

विश्वकी सबैभन्दा अग्ली २४ वर्षिया महिलाको उपाधि जित्न सफल भइन रुमेस्या

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


विश्वकी सबैभन्दा अग्ली २४ वर्षिया महिलाको उपाधि जित्न सफल भइन रुमेस्या
Reading Time: < 1 minute

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट शुन्य दशमलव सात इन्च अग्ली रुमेस्या गेल्गी नामक ति महिलालाई या उपाधि प्रदान गरेको हो ।

उनी अहिले सम्मकै विशवको सबैभन्दा अग्ली जिवित महिला भएको बताइएको छ । यस अघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अगली याओ देफेन नामक महिलाले यो उपाधी कायम राखेकी थिइन् ।उनको चालिस वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो ।नेपाल समचारपत्रमा खबर छ । गेल्गीले यसअघि पनि आफ्नो शारिरीक उचाईकै कारण किर्तिमान कायम गरिसकेकी छन् ।

सन् २०१४ मा गिनिज वल्र्ड रेकर्डस्ले उनलाई संसारकै सबैभन्दा अग्ली किशोरीको उपाधी प्रदान गरेको थियो । विभर सिन्ड्रोम नामक अनौठो किसिमको शारिरीक समस्याका ेकारण उनको उचाइ अप्रत्यासित रुपमा बढेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड