OSNepal बिहिबार, मंसिर १६ २०७८

कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा

कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा
Reading Time: < 1 minute

सिन्धुपाल्चोक, ९ मंसिर-नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा विजयी भएका छन् । चार सय ६४ मत पाएका शेर्पाले प्रतिस्पर्धी कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५४ मत मात्र पाए ।

प्रदेश सभा कार्यसमितिमा उपसभापतिमा च्याङा शेर्पा र टेकबहादुर गुभाजु विजयी भएका छन् । उनीहरूले तीन सय ९७ र तीन सय ५२ मत ल्याउँदा प्रतिस्पर्धीहरू घ्युकाजी खड्का र श्याम तामाङले क्रमश: ७८ र ८८ मत पाए ।

सचिव पदमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । सहसचिव पदमा उमेश सुवेदी र राजेन्द्रविक्रम थापा निर्वाचित भए । उनीहरूले क्रमश: तीन सय ९५ र तीन सय ७४ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड