स्वास्थ्यमा समस्या देखिएपछि नेता पुनलाई थप उपचारको लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगियो — OSNepal

स्वास्थ्यमा समस्या देखिएपछि नेता पुनलाई थप उपचारको लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगियो

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन(अनन्त)लाई थप उपचारको लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ ।

विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका नेता पुनको त्यहाँ थप उपचार हुन नसकेपछि चिकित्सकहरुको सल्लाहमै उनलाई चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको हो ।

पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनका स्वकिय सचिव भएर काम गरिसकेका दुर्गा चापागाँईले उपचारका लागि पुनलाई चीन तर्फ लगिएको जानकारी दिएका हुन् ।

डेढ महिना अगाडी काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको बताएका चापागाँईले जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर