उपचार गरेको पैसा अस्पतालमा तिर्न नसक्दा ३५ वर्षीय शिवकुमारले अस्पतालबाट हामफालेर गरे आत्महत्या — OSNepal

उपचार गरेको पैसा अस्पतालमा तिर्न नसक्दा ३५ वर्षीय शिवकुमारले अस्पतालबाट हामफालेर गरे आत्महत्या

LC (KTM) November 26, 2021 0

विराटनगर १० मंसिर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका एक बिरामीले अस्पतालबाट हामफाले आत्महत्या गरेका छन् ।

शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलको उपचारको क्रममा ११ बजे ज्यान गएको हो ।

छारे रोगबाट ग्रसित मण्डलले उपचार पछि अस्पतालमा १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको उनी मानसिक रोगबाट पनि ग्रसित भएको अस्पताल स्रोतले जनाएको छ ।

उनलाई उनको सासु करुवा बस्दै आएकी थिइन् । उनी शौचालयको गएको बेला उनले अस्पतालबाटै हामफालेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर