विश्व इतिहासमा आजः बार्सीलोना फुटबल क्लबको स्थापनादेखि थाइल्यान्डमा कु — OSNepal

विश्व इतिहासमा आजः बार्सीलोना फुटबल क्लबको स्थापनादेखि थाइल्यान्डमा कु

LC (KTM) November 29, 2021 0

आज २९ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

थाइल्यान्डमा साइलेन्ट कु
सन् १९५१ मा थाइल्यान्डको सेनाले देशको सत्ता हातमा लिएरको थियो । सत्ता हातमा लिएपछि सेनाले सन् १९३२ मा त्यहाँको संविधान पुनस्र्थापना गरेको थियो ।

दक्षिणी धु्रवमा पहिलो उडान
अमेरिकी अन्बेषक रिचार्ड बार्ड दक्षिणी पोलमा उड्ने पहिलो व्यक्ति हुन् । उनले सन् १९२९ को २९ नोभेम्बरमा १८ घन्टा लगाएर दक्षिणी पोलमा उडेका थिए । त्यसको तीन वर्षअघि बार्ड उत्तरी ध्रुवमा उडेका थिए । तर, उनले आफ्नो अभियान पूरा गरे वा गरेनन् भन्ने बारेमा अहिले पनि बहस चलिरहेको छ ।

बार्सीलोना फुटबल क्लबको स्थापना
सन् १८९९ मा फुटबलर हान्स ग्याम्परले अहिलेको चर्चित फुटबल क्लब बार्सिलोनाको स्थापना गरेका थिए । बार्कासमेत भनिने यो क्लब विश्वकै पाँच धनी फुटबल क्लबमध्येको एक हो । क्लबले चार पटक युरोपेली कप जित्नुका साथै सन् २०१५ सम्म पाँच पटक च्याम्पियन लिग विजेता बनेको थियो ।

प्यालेस्टाइन विभाजनका लागि संकल्प प्रस्ताव
सन् १९४७ मा राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजनका लागि संकल्प प्रस्ताव गरेको थियो । महासभाले प्यालेस्टाइनलाई अरब र यहुदी गरी दुई राज्मा विभाजन गर्ने प्रस्ताव ल्याएको थियो । तर, सो प्रस्ताव कार्यान्वयनमा भने आएको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर