एमालेको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम चार घण्टामा आउने — OSNepal

एमालेको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम चार घण्टामा आउने

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रि महाधिवेशनमा भएको नेतृत्व चयनको मतदानको नजिता अबको चार घण्टा भित्र आउने भएको छ ।

आज मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान अहिले साढे १० बजे सम्पन्न भएको हो ।

निवार्चन आयोगका अधिकृत हरिशरण दाहालले दिएको जानकारी अनुसार दुई हजार १५३ जना प्रतिनिधिले मतदान गरेका छन् ।

एमालेमा भएको निवार्चनमा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

साथै ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर