आफ्ना नेताहरुलाई बोल्न नदिएको भन्दै पौडेल पक्षबाट गण्डकी प्रदेशको अधिवेशन कार्यक्रममा नारावाजी — OSNepal

आफ्ना नेताहरुलाई बोल्न नदिएको भन्दै पौडेल पक्षबाट गण्डकी प्रदेशको अधिवेशन कार्यक्रममा नारावाजी

LC (KTM) December 02, 2021 0

पोखरा १६ मंसिर । गण्डकी प्रदेशमा सुरु भएको नेपाली कांग्रेसको प्रदेश अधिवेशनको उद्घाटनमा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाउँदै नारावाजी गरेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा अर्जुन जोशीलाई उक्त प्रदेशमा अघि सारिएको छ ।

उनले मञ्चमा आफ्नो लागि मत समेत मागेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नोत कार्यकर्ताले भने आफ्ना नेताहरुलाई बोल्न नदिएको भन्दै नारावाजी गरेका छन् ।

पौडेल पक्षमा देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मालगायत नेता र कार्यकर्ताहरुले बोल्न मञ्च माग्दै देउवा पक्षविरुद्ध नाराबाजी गरेका हुन् ।

सभापतिमा ९१ हजार, उपसभापतिमा ६१, महामन्त्रीमा ५१,सहमहामन्त्रीका लागि ४१ र सदस्यलाई ३१ हजार शुल्क तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर