कांग्रेसको बागमती प्रदेश अधिवेशनमा उम्मेदवारी दिने नेताको लाग्यो टुंगो, कुन पक्षबाट को को हुने भए उम्मेदवार ? — OSNepal

कांग्रेसको बागमती प्रदेश अधिवेशनमा उम्मेदवारी दिने नेताको लाग्यो टुंगो, कुन पक्षबाट को को हुने भए उम्मेदवार ?

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

उनका समुहमा उपसभापतिमा मदनकृष्ण श्रेष्ठ ,र धर्मराज गौतम रहेका छन् । महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवालीले उम्मेदवारी दिने भएका छन् । साथै सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ , महेन्द्र थिङ र निरु खड्काको उम्मेदवार रहने भएको छ । त्यसैगरी उम्मेद्वार रहनेछन् ।

संस्थापन इतर पक्षबाट जगदिश्वर नरसिंह केसीले सभापतिमा उम्मेदवारी दिने पक्का भएको छ । उनको समुहमा उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी रहने भएका छन् ।

महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचन चन्द्र बादेले उम्मेदवारी दिने निश्चित भएको छ । साथै सह-महामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

यी सबैलाई प्रदेश कार्यसमिति चयनका लागि २,१३७ जना प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर