बसमा सवार पोखराका यी युवक बिच बाटैबाट पक्राउ — OSNepal

बसमा सवार पोखराका यी युवक बिच बाटैबाट पक्राउ

LC (KTM) December 03, 2021 0

नवलपरासी(पूर्व) १७ मंसिर । नियन्त्रित लागु औषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-९ बसपार्क बस्ने २३ वर्षीय विकाश गुरुङ रहेका छन् ।

उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ६ एम्पुल नुफिन बरामत गरेको छ । लु।१ ख ४१९५ नम्बरको बसलाई प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निजको साथबाट उक्त लागु औषध बरामत गरेको हो ।

उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर