OSNepal बिहिबार, माघ १३ २०७८

भारतमा एकैदिन आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमणका बिरामी देखा परे

भारतमा एकैदिन आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमणका बिरामी देखा परे

  • OSNepal
  • शनिबार, मंसिर १८ २०७८


भारतमा एकैदिन  आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमणका बिरामी देखा परे
Reading Time: < 1 minute

भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

शुक्रबार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड