OSNepal सोमबार, माघ १० २०७८

नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

  • OSNepal
  • सोमबार, मंसिर २० २०७८


नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
Reading Time: < 1 minute

काठमाडौं, २० मंसिर -नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएको छ । नेप्सेमा सोमबारसम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश पारित गर्न २ पुस साधारणसभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने साधारणसभाकाे एजेण्डा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड