OSNepal बिहिबार, माघ १३ २०७८

करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, करोडौं पारिश्रमिक खोजेर बनिँदैन हिरो

करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, करोडौं पारिश्रमिक खोजेर बनिँदैन हिरो

  • OSNepal
  • बुधबार, पौस १४ २०७८


करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, करोडौं पारिश्रमिक खोजेर बनिँदैन हिरो
Reading Time: < 1 minute

काठमाडौं, १४ पुस । बलिउडका प्रतिभाको कुरा गर्ने हो भने फिल्म मेकिङमा करण जौहरको नाम सबैभन्दा अगाडि आउँछ । फिल्म मेकिङमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । करणले ९० दशकको समयमा ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’ र ‘माई नेम इज खान’ जस्ता फिल्म दिइसकेका छन् । यसबाहेक उनले स्टार किड्स र नयाँ अनुहारलाई फिल्म उद्योगको अवसर दिइरहेका छन् । जसमा वरुण धवन, आलिया भट्ट, अनन्या पाण्डे, सिद्धार्थ मल्होत्रा र जाह्नवी कपूर जस्ता नाम अगाडि आउँछन् ।

अहिले करण नयाँ पुस्ताका सन्तानलाई फिल्म उद्योगको हिस्सा बनाउने योजना बनाइरहेका छन् । तर उनी नयाँ पुस्ताको मागप्रति चिन्तित छन् । नयाँ पुस्ताका कलाकारहरूले निर्मातालाई मोटो रकम पारिश्रमिक माग्न थालेपछि करण उनीहरुको कार्यशैलीप्रति रुष्ट छन् ।‘बिजनेस मेगास्टार र ए–लिस्टर्स लिएर आउन् । तर नयाँ र युवापुस्ताका अनुहारले मोटो रकम पारिश्रमिकको माग गरेको देख्दा म चकित छु । कोरोना महामारीपछि कलाकारले चर्को पारिश्रमिक माग्न थालेका छन् । उनीहरूले पछिल्लो फिल्म नचलेपछि पारिश्रमिक बढाएको मसँग बताउने गरेका छन् । केही फिल्म रिलिज नै भएका छैनन्’, करण भन्छन् ।

करणको बुझाईमा नयाँ पुस्तालाई बक्स अफिसमा आफूलाई प्रमाणित गर्न बाँकी नै छ । त्यसका बाबजुद पनि उनीहरु २० देखि ३० करोड पारिश्रमिक मागिरहेका छन् । ‘उनीहरूलाई फिल्मको रिपोर्ट कार्ड देखाउनुपर्छ । अनि ‘हेल्लो, हेर, तिम्रो फिल्मको ओपनिङ यति भएको छ र तिमी मसँग यति करोड माग गर्छौ’ भन्ने अवस्था आएको छ । बक्स अफिसमा जिरो छन्, पारिश्रमिक चाहिँ करोडौं माग्छन्’, करण अगाडि भन्छन् । करणका अनुसार उनी राम्रो फिल्म बनाउनेलाई डलरमै रुपैंयाँ दिन तयार छन् ।करण पाँच वर्षपछि फिल्म निर्देशन गर्दैछन् । उनले पछिल्लोपटक ‘ये दिल है मुस्किल’ निर्देशन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड