लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिवार्चन सुरु, आजै नतिजा आउने — OSNepal

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिवार्चन सुरु, आजै नतिजा आउने

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि उपनिवार्चन सुरु भएको छ । उपनिवार्चनको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदान स्थल बनाइएको छ । सरकारको तर्फबाट एमालेका चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले नौ बाट सुरु भएको मतदान अहिले दिउँसो तिन बजे सम्म मतदान हुनेछ भने मतदानको अन्तिम नतिजा आज नै सार्वजनि हुने पनि जनाइएको छ । चयनका मतदान सुरु भएको छ । घोराहिस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्महुनेछ । आज नै नतिजा घोषणा हुनेछ ।पाण्डलेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा पाण्डेलाई सम्मेदवार उठाइएको हो ।

जम्मा ८३ प्रदेश सांसद रहेका लुम्बिनी प्रदेशमा एमाले गठबन्धनमा ४२ जना सांसद रहेका छन् । भने, विपक्षी गठबन्धनका ४१ छन् सांसद रहेका छन् । मतदानमा सहभागी सबै मतदाताहरूले अनिवार्य रुपमा पिसिआर परीक्षण रिपोर्ट लिएर जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । कोरोना पोजेटिभ मतदाताको लागि भने छुट्टै मतदान स्थल बनाइएको छ ।लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर