म्याग्दीमा घरको तीनतला माथिबाट खसेर ३२ वर्षीय कृष्णको मृत्यु,शोकमा डुब्यो गाउँ — OSNepal

म्याग्दीमा घरको तीनतला माथिबाट खसेर ३२ वर्षीय कृष्णको मृत्यु,शोकमा डुब्यो गाउँ

LC (KTM) January 04, 2022 0

म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर सोमबार एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२र३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिनुभयो । मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्नुहुन्थ्यो । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर